अध्यादेशको कारक प्रचण्ड
नेपालबहस संवाददाता
बैशाख ११, २०७७ शुक्रबार १:५३:५१
♦ सुरेशकुमार पोखरेल
कुनैपनि घट्नाका पछाडि कारण हुन्छन् । कारण बिना कुनैपनि घट्ना समाजमा घट्दैन । प्रधानमन्त्रीद्वारा जारी अध्यादेश आउनुका पछाडि पनि विविध कारणहरू छन । ती कारणहरू नपहिल्याई प्रवाह गरिएको विचार भ्रामक, गलत र कपोलकल्पित हुन्छन् । त्यस्ता विचारले श्रृंखलाबद्व रूपमा नेपाली राजनीतिक आकाशमा देखिदै आएको अस्थिरतालाई समाधान गर्दैन ।
सरकारको प्रकृति अन्तर्राष्ट्रिय हुन्छ, जसको जालो अन्तर्राष्ट्रिय जगत हुँदै राज्य, समुह र समुदायसम्म फैलिएको हुन्छ ।राज्यको बिकाश, शान्ति, सुब्यबस्था लगायतको गहन दायित्व र जिम्मेवारीमात्र नभई त्यसको जवाफदेहिता समेत सरकारमा निहित रहेकाले जे जसरी जन्म भएपनि सरकार नै राज्यको महत्वपुर्ण र प्राथमिक अंग हो । विश्वमा निश्चित विधि, पद्दति र जिम्मेवारीका साथ कार्यकारी प्रमुख नियुक्त भई सरकार गठन हुने गर्छन ।
नेपालको सन्दर्भमा सरकार गठन पश्चात कार्यकारी प्रमुखलाई जहिले पनि पार्टी संगठनले अधिनस्थ राख्न खोज्ने असहयोगको संस्कृति विकाश भएको पाईन्छ, त्यसकारण संसदीय पद्दति अपनाएको हाम्रो मुलुकमा दोहोरो शक्तिकेन्द्र रहेको छ र तिनै शक्तिकेन्द्रको आपसी टकराब र असहयोगले मुलुकमा अस्थिरता सृजना भईरहेको छ । एक मुलुकमा एकैपटक दुईजना प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मान्यता नपाउने भएकाले आलोपालो अनैतिक र असामान्य द्वैध संस्कृतिको जिकिर गरिआएका प्रचण्डले पार्टीमा सर्बोपरी हुनासाथ सरकारलाई चुनौति दिन बामदेव लगायत विभिन्न कार्ड फ्यालेको र पछिल्लो पटक नेपाल र खनाल खेमालाई आफ्नो प्रभुत्वमा ल्याई गणितीय रूपमा सरकार अल्पमतमा पारि जुनसुकै बेला नेपालमा अस्थिरताको बिजारोपण हुनसक्ने सन्देश दिई आएको प्रस्ट छ ।
जनताबाट बहुमत प्राप्त सरकारलाई असहयोग गर्नु, ढाल्नु, ढाल्न गुटबन्दी गर्नु महान कालिदास प्रवृत्ति हो । यो कालिदास प्रवृत्तिले सरकार असफल होईन पार्टी असफल भएको देखाउँछ । कुनै कोणबाट पनि उपयुक्त नभएको यो संस्कृति तत्काल अन्त्य हुनुपर्दछ ।
नेकपा पार्टी पंङ्ति र पार्टीकर्मीले देश बिकाशमा समर्पित बहुमत प्राप्त आफ्नो सरकारलाई सहयोग गरी कसरी जनमुखी बनाउने ? प्राप्त जनमतलाई कसरी बढोत्तरी गर्ने ? कसरी सरकारलाई स्थिरता प्रदान गर्ने ? कसरी विवादमुक्त बनाउने ? देश बिकाशमा सरकारको अभियानमा कसरी (हैँसे) गर्ने ? भन्ने दायित्व बहन गर्नुपर्नेमा सरकारलाई विवादमा ल्याउने, अल्पमतमा पार्ने, असहयोग गर्ने काम (आलोपालो) को जिकिरको तत्काल पश्चात पार्टी पंक्तिले सहयोगको संस्कृतिलाई लत्याएर मुलुकलाई अस्थिरताको भुमरीमा जाक्ने परिस्थिति निर्माण गरिआएकाले राष्ट्रिय, अन्तर्राष्ट्रिय जिम्मेवारी बहन गरिरहेको सरकार विभिन्न विवाद र अप्ठ्यारोमा पर्नु, परिआउनु स्वभाविक नै थियो ।
अध्यादेश जारी हुनुको पछाडि अन्तरपार्टी भन्दापनि आन्तरिक पार्टीगत परिस्थिति र कारणहरू रहेका छन् । ती परिस्थिति र कारणहरू मध्ये पुर्व माओवादी गुट, माधव नेपाल गुट, झलनाथ गुट र तिनीहरूको समायोजन प्रमुख रहेका छन् । तिनीहरू समेतलाई नजरअन्दाज गर्नु र अन्य कारकहरू नखोजी सरकार मात्रलाई दोष दिनु महाभुल हुनेछ । जनताबाट बहुमत प्राप्त सरकारलाई असहयोग गर्नु, ढाल्नु, ढाल्न गुटबन्दी गर्नु महान कालिदास प्रवृत्ति हो । यो कालिदास प्रवृत्तिले सरकार असफल होईन पार्टी असफल भएको देखाउँछ । कुनै कोणबाट पनि उपयुक्त नभएको यो संस्कृति तत्काल अन्त्य हुनुपर्दछ ।
मुलुकलाई केन्द्रमा राखेर हेर्दा यस्तो प्रवृत्ति र संस्कृतिको पक्षपोषण गर्न हुँदैन । बिगतदेखि झ्याँङ्गिदै आएको यस्तो कृत्यलाई नेपालको राजनीतिमा प्रश्रय दिनुपनि हुँदैन । पार्टी समुहमा रहेका ईतरका गुटहरूबाट प्रधानमन्त्रीलाई सहयोग भन्दापनि असहयोग गर्ने वातावरण भई आएको हो जसका कारण प्रधानमन्त्री रक्षात्मक रूपमा पुगेका हुन । बारम्बारको ईतर समुहको आक्रमणबाट सरकारलाई प्रतिरक्षाको अवस्थासम्म पुर्याउने काम पार्टीतर्फका समुहबाट भईआएको र सरकारद्वारा जारी अध्यादेशको गर्भ त्यहिँदेखि बसेको हो । दुईवटै अध्यादेश गलत हुन, तर परिस्थितिका उपज चाहिँ अवश्य हुन । महामारीको अहिलेको विषम परिस्थितिमा अध्यादेश ल्याउने परिस्थिति निर्माण गर्नु उपयुक्त थिएन । विकसित परिस्थितिले प्रधानमन्त्रीलाई अध्यादेश ल्याउनुको बिकल्प पनि दिएन, अध्यादेश ल्याउनुपर्नाको कारण दोषी हो । ती कारक नेकपा पार्टीभित्र नै छन जसका कारण अध्यादेश सरकारका लागि प्रतिरक्षात्मक बुटी हुन पुग्यो । तिनै परिस्थितिहरूले सरकार प्रतिरक्षाकर्ता भई अध्यादेश जारी गर्न पुग्यो ।
त्यसकारण कारणलाई नजर अन्दाज गरेर परिणाम (अध्यादेश) लाई दोष देख्नु महामुर्ख्याइँ हो । महामारीको यस्तो विषम परिस्थितिमा अस्थिरता सृजना गर्न खोज्ने, प्रधानमन्त्रीलाई जोखिमपुर्ण बाटोमा हिड्न बाध्यपार्ने अध्यादेश उत्प्रेरक तत्व को हो ? कुन संवैधानिक, कानुनी छेद वा प्रवृत्तिका कारण नेपालको सरकार अस्थिर रहन गएको छ ? स्थायित्व निर्माण गर्न के कुन विधि अपनाउनुपर्छ । ती कुराहरूको खोजी र पहिचान मात्र नभई समाधान आजको आवश्यकता हो । जुनकुरा भावी सरकारको स्थायित्व समेतसँग जोडिएर रहेको छ । अध्यादेशको कारक प्रधानमन्त्रीमात्र होईनन् । अध्यादेश जन्मनुको दोष प्रधानमन्त्री मात्रलाई लगाएर सरकार गिराउने पर्दापछाडिका अस्वस्थ खेलका खेलाडीहरूलाई चोख्याउनु, संरक्षण गर्नु उपयुक्त हुदैन, साथै यस्तो संस्कृतिको पक्षपोषण गर्नु नेपाल र नेपाली राजनीति र नेपालको बिकाशलाई भविश्यमा पनि अस्थिर बनाउनु हो । प्रधानमन्त्री जोखिमपुर्ण बाटोमा हिडेकै हुन । त्यो बाटोमा हिड्न बाध्य पार्ने तत्व, पात्र र प्रवृत्तिहरूको खोजी र पहिचान आजको आवश्यकता हो ।
यस्तो अस्थिरताको बादल नेपाली राजनीतिक आकाशमा बि.सं २०४६ सालदेखि मडारीरहेको छ । अध्यादेश जारी गर्ने,मध्यावधि निर्वाचनमा जाने परिस्थितिको कारक पहिचान गरी,आत्मालोचना गराउनुपर्ने भए गराई, पदबाट राजीनामा दिलाउनुपर्ने भए दिलाई, भविश्यका लागि नेपाली राजनीतिक आकाशलाई स्वच्छ बनाउनु आजको आवश्यकता हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार