भारतबाट फर्केकाको आरडिटी शुरु
नेपालबहस संवाददाता
बैशाख १२, २०७७ शुक्रबार १६:५५:२०
१२ वैशाख, बैतडी । चैत महिनामा भारतबाट फर्केका नागरिकहरुको बैतडीमा र्यापिड डाइग्नोस्टिक (आरडिटी) टेस्ट शुरु गरिएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्ला संयन्त्रको बैठकको निर्णयानुसार डिलाशैनी गाउँपालिका र दोगडाकेदारमा र्यापिड टेस्ट शुरु गरिएको हो ।
प्रत्येक वडाका स्वास्थ्य संस्थामा भारतबाट आएका व्यक्तिको र्यापिड डाइग्नोस्टिक टेस्ट शुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने, “कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि यस्तो कार्य शुरु गरिएको हो ।” अहिलेसम्म जिल्लामा ७०० भन्दा बढी नागरिकको र्यापिड डाइग्नोस्टिक टेस्ट र थ्रोट स्वाब सङ्कलन गरेर कोरोना परीक्षण गरिएको छ । अहिले उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । चैत महिनामा जिल्लाभरि चार हजार ८२२ नागरिक भारतबाट फर्केका छन् ।
दशरथचन्द नगरपालिकामा ५३१, पुर्चौंडी नगरपालिकामा ३४३, मेलौली नगरपालिकामा ४४९, पाटन नगरपालिकामा ४८२ र सुर्नया गाउँपालिकामा ४०५ नागरिक भित्रिएका छन् । यस्तै डिलाशैनी गाउँपालिकामा २६५, दोगडाकेदार गाउाँपालिकामा ४०१, पञ्चेश्वर गाउँपालिकामा ८९५, सिगास गाउँपालिकामा १३९ र शिवनाथ गाउँपालिकामा ९१२ जना भित्रिएका बताइएको छ । गत चैत १० गतेअघि जिल्ला भित्रिएका कोही पनि क्वारेन्टाइनमा बसेका छैनन् भने उनीहरुको स्वास्थ्य परीक्षण पनि भएको थिएन्।
अन्य पालिकाहरुमा थप किट आउने बित्तिकै र्यापिड टेस्ट शुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले जिल्लामा ९०० किट मात्रै रहेको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिएका छन् । प्रदेशमा पनि किटको अभाव रहेको र केन्द्रबाट आएपछि मात्रै अन्य पालिकाहरुमा र्यापिड टेस्ट शुरु गरिने जनाइएको छ ।
सामुदायिक वनमा अतिक्रमण
बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा लकडाउनको मौका छोपी सामुदायिक वनमा अतिक्रमण बढेको छ । ग्वाल्लेक दर्शन सामुदायिक वनमा स्थानीयहरु हुलकाहुल जाने गरेका छन्। धेरै मानिस एकै ठाउँमा जम्मा हुन निषेध गरिएको भए पनि धेरै मानिस जम्मा भएर सामुदायिक वनमा जाने गरेको पाइएको वडाध्यक्ष हरिचन्द्र जोशीले जानकारी दिए । सामुदायिक वनमा जान प्रतिबन्ध लगाइएकाले लकडाउनको समयमा सामुदायिक वनमा नजान पनि वडा कार्यालयले आग्रह गरेको छ ।
मदिरासहित दुई जना नियन्त्रणमा
बैतडीको सिमार प्रहरी चौकीले तीन कार्टुन मदिरासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । लकडाउनको उल्लङ्घन गर्दै गन्नादेखि सेल्तडा लगिरहेको अवस्थामा स्थानीय भगीरथ घरेडी र बल्देव भट्टलाई मदिरासहित नियन्त्रणमा लिएको सिमार प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक दिलीपसिंह कार्कीले जानकारी दिए । दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार