चितवनका एक सङ्क्रमित कोरोना भाइरस मुक्त हुँदै
नेपालबहस संवाददाता
बैशाख १३, २०७७ शनिबार १७:१२:२१
१३ वैशाख, चितवन । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् । उनीसँगै रहेकी आमाको दोस्रो पिसीआर परीक्षण भने पोजेटिभ नै देखिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार लगातार दुईपटक गरिएको परीक्षणमा छोराको नेगेटिभ देखिएको हो । उनलाई आज दिउँसो औपचारिकरूपमा डिस्चार्ज र बिदाइ गरिने कार्यक्रम छ ।
आमा अस्पतालमा नै रहनुपर्ने भएकाले उनी आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वारेन्टाइनमा बस्ने वा घरको क्वारेन्टाइनमा बस्ने टुङ्गो नलागेको तिवारीले जानकारी दिएका छन् । उनले भने, “उनलाई हामी आज दिउँसो औपचारिकरूपमा डिस्चार्ज गरेर क्वारेन्टाइनमा बस्न लगाउँछौँ ।” कम्तीमा उनी एक साता क्वारेन्टाइनमा बस्नुपर्ने छ । तिवारीका अनुसार राप्ती नगरपालिका–८ निवासी ६५ वर्षिया आमा र २७ वर्षिय छोरामा कोरोना भाइरस देखिएको थियो । शुरुमा आमामा ¥यापिड डायग्नोष्टिक टेष्टमा शङ्कास्पद देखिएपछि आमा र दुई छोराको पिसीआर परीक्षण गरिएको थियो ।
भरतपुर कोभिड–१९ प्रयोगशालामा आमा र एक छोराको पोजेटिभ देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनमा निगरानीमा राखिएको छ । भरतपुरबाट स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा त्यहाँ पनि नतिजा पोजेटिभ आएको थियो । परीक्षणअघि आमा र दुई छोरा अस्पतालमा रहेको भए पनि एक जना छोरालाई नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको थियो । हाल अस्पतालमा रहेका आमा छोरामा रोगको लक्षण नदेखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उ
नका अनुसार तीन दिनपछि पुनः आमाको स्वाब परीक्षण गरिने छ । शरीरबाट भाइरसमुक्त भए पनि केही समयसम्म एन्टीबडी रहने भएकाले नेगेटिभ देखिएपछि पनि कम्तीमा एक साता क्वारेन्टाइनमा राख्नुपर्ने चिकित्सकको भनाइ छ । चैत ३ गते बेलायतबाट यी आमा छोरा हङकङ हुँदै नेपाल आएका हुन् । दुई दिन काठमाडौँ बसेर उनीहरु घर आएका थिए । परिवारका सदस्य, उनीहरुसँग निकट भएका एम्बुलेन्स चालकदेखि अन्य व्यक्तिलाई हाल राप्तीको ब्रह्मनगरको क्वारेन्टाइनमा राखिएको छ । ¥यापिड डायग्नोष्टिक टेष्टमा सबैको नेगेटिभ देखिएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए ।
जिल्लामा कोरोना रोगको उपचारका लागि भरतपुर अस्पताल र भरतपुर महानगरपालिकाले स्थापना गरी भरतपुर अस्पतालले नै सञ्चालन गरेको भरतपुर कोरोना विशेष (अस्थायी)अस्पताललाई तोकिएको छ । अधिकारीका अनुसार भरतपुर अस्पतालमा रहेका सङ्क्रमितलाई उच्च सावधानीका साथ राखिएकाले अन्य सेवा सञ्चालन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गरिने
बैशाख २३, २०८१ आइतबार
मापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि मन्त्रालयले कारबाही गर्ने
बैशाख २१, २०८१ शुक्रबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार