सात पहाडी जिल्लाको एक मात्र विशेषज्ञ अस्पताल, पानी चुहिएर बिरामी र चिकित्सकको बेहाल
नेपालबहस संवाददाता
बैशाख १३, २०७७ शनिबार १८:४:३४
भूपेन्द्रसिंह विष्ट
१३ वैशाख, डडेल्धरा । सुदूरपश्चिम प्रदेशकै एक मात्र विशेषज्ञ अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालमा पानी चुहिने समस्या भएपछि बिरामीलाई समस्या भएको छ । बिहीवार राति परेको पानीले अस्पतालको छाना चुहिएपछि अस्पतालमा भर्ना भएका बिरामीलाई समस्या भएको हो ।
बिरामी रहेको कक्षको शय्यामा बाहिरजत्तिकै पानी चुहिएपछि अन्तरङ्ग बिरामीलाई निकै समस्या भएको बिरामीका कुरुवा धर्मराज भट्टले जानकारी दिए । कक्षभित्र पानी चुहिने समस्याका कारण करीब ६ शय्यामा रहेका बिरामीलाई अन्यत्र सारिएको भट्टले बताए । उनले भने, “अस्पतालभित्रै पानी जमेपछि हामी पानी छल्दै बेडमा बस्नु परिरहेको छ ।” विशेषज्ञ अस्पताल डडेल्धुरा अस्पतालमा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाबाट बिरामी आउँछन् ।
लकडाउनका समयमा समेत दैनिक एक सयदेखि १५० बिरामीको उपचार गर्ने डडेल्धुरा विशेषज्ञ अस्पतालको यो अवस्थाले बिरामीलाई मात्र होइन चिकित्सकलाई समेत हैरान पारेको छ । नयाँ भवनको पानीसमेत पुरानो भवनको छानामा पर्ने र बाहिर निकास नभएपछि पानीभित्र पस्ने समस्या रहेको अस्पतालले जनाएको छ । भौतिक संरचनाको अभावमा एचडिसिएस नामक गैरसरकारी संस्थाले अस्पताल स्थापनाका बेला निर्माण गरेको पुरानो जीर्ण भवनबाट सेवा सञ्चालन गर्नुपरिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए ।
“यहाँ केही समयदेखि पानी चुहिने समस्या छ । नयाँ भवनको पानी पनि यही पुरानो भवनमा झर्छ”, उनले भने, “प्राविधिकहरू बोलाएर पनि समस्या समाधान गर्न खोजेका हौंँ तर नयाँ भवन निर्माण गर्दा ध्यान नपुगेकाले यो समस्या आएको हो ।” पानी रोक्नका लागि विभिन्न प्रयास गरिए पनि धेरै पानी जम्मा हुने भएकाले समस्या समाधान हुन नसकेको र नयाँ भवन निर्माणका क्रममा रहेकाले सो बनेपछि समस्या पूर्णरुपमा सामाधान हुने डा विष्टको भनाइ छ । संघीय सरकारले सुदूरपश्चिमको केन्द्र भागमा रहेको डडेल्धुरा अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्दै जाँदा भौतिक संरचनाको अभावका कारण वर्षात्मा अस्पतालमा झनै समस्या हुने गरेको स्थानीयवासी महेश श्रेष्ठले बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गरिने
बैशाख २३, २०८१ आइतबार
मापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि मन्त्रालयले कारबाही गर्ने
बैशाख २१, २०८१ शुक्रबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार