नेपालको इतिहासकै अन्तिम कम्यूनिष्ट सरकार
नेपालबहस संवाददाता
बैशाख १३, २०७७ आइतबार १:३४:२२
मुलुकले बिस्तारै राजनीतिक यूटर्न लिने अवस्थामा पुगेको देखिन थालेको छ । अब केपी ओलीको पछि लागेर भलो नहुने अवस्थाको मुल्यांकन गर्दै ओलीका विश्वासपात्रहरुले समेत बिस्तारै उनको साथ छोडदै जाने अवस्था देखिदैछ ।यसले आफ्नै काम र आफ्नै व्यवहारबाट अत्तालिएका ओलीलाई आफ्नै छायाँले पनि अध्यारो कोठामा तर्साउने संकेत देखिन थालेको छ । आफ्ना अति नै नजिकका विश्वासपात्रहरु पनि एकपछि अर्को गर्दै बिरोधी खेमामा जाने अवस्था सिर्जना भएपछि ओलीले आफुलाई सम्हाल्न नसक्ने अवस्था सिर्जना हुनसक्छ । सत्ताको उन्माद र सम्पत्तिको राप र तापले मात्तिएका र तात्तिएका ओलीलाई अब सितिमिति निभाउन सक्ने औजार भेट्टाउन गाह्रो हुनसक्छ ।
अब फेरी गरिब जनताको नाममा, सर्वहारा वर्गको उत्थान र प्रगतिको नाममा, निमुखाको न्यायका नाममा, सुकुम्बासीलाई जग्गा दिने नाममा, पूँजीपतिको सम्पत्ति लुटेर गरिबलाई बाँडने नाममा जनताका बीचमा भोट माग्न नआउन पनि नागरिकहरुले अब यी र यस्ता दलहरुलाई खबरदारी गर्ने अभियान सञ्चालन गर्ने तैयारी गरिरहेका छन् ।
नेकपाकै केही बिद्धानहरु अहिले ओलीलाई मुर्खसँग तुलना गर्दै मूर्खसँग पुस्तक बोकेर हिडनु भन्दा विद्धानसँग भारी बोकेर हिड्न उपयुक्त हुने विचार राख्न थालेका छन् । सधै अर्काको घर भाड्ने र आफ्नाे अभिष्ट पुरा गराउन खराब कुराको सोच राख्ने कुविचारका धनी ओलीले भोली आफ्नै घरमा आगो नलाउलान् भन्ने के ग्यारेन्टी भन्दै यसबाट नेकपामा रहेका बिद्धतवर्ग र केही फरक विचार राख्नेहरुबाट बिस्तारै ओली एक्लिएर जाने निश्चित छ ।
केही बिश्लेषकहरुको भनाई अनुसार नेकपाको अहिलेको सरकारलाई नेपालको इतिहासकै अन्तिम कम्यूनिष्ट सरकारको संज्ञा दिदैं यो सरकारलाई जति सक्छौ त्यति खान सुझाईरहेका छन् । जति लुटनु छ अहिल्यै लुटिहाल्न हौसाईरहेका छन् । अब फेरी गरिब जनताको नाममा, सर्वहारा वर्गको उत्थान र प्रगतिको नाममा, निमुखाको न्यायका नाममा, सुकुम्बासीलाई जग्गा दिने नाममा, पूँजीपतिको सम्पत्ति लुटेर गरिबलाई बाँडने नाममा जनताका बीचमा भोट माग्न नआउन पनि नागरिकहरुले अब यी र यस्ता दलहरुलाई खबरदारी गर्ने अभियान सञ्चालन गर्ने तैयारी गरिरहेका छन् ।
जसरी केही समय अघिसम्म देशमा कायम रहेका नेकपा माओवादी र नेकपा एमाले जस्ता नाम गरेका कम्युनिष्ट पार्टी सम्बद्ध दलहरु लोप भएर गए । जसरी देशको प्रधानमन्त्री बनि सकेका बाबुरामजीले खोलेका नयाँ शक्ति लगायतका पार्टीहरु बिलाएर गए । त्यसरी नै नेपालबाट केही समयभित्रै हालको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) पनि लोप भएर जाने अनुमान राजनीतिक वृत्तमा ब्यापक रुपमा छलफल हुन थालेको छ ।
अब उप्रान्त नेपालमा कम्यूनिष्ट नामको पार्टी र सो पार्टीबाट सरकार बन्ने अवस्था अब क्षीण हुदैं गैरहेका छन् । तराई केन्द्रित दलहरु एकपछि अर्को गर्दै एकताबद्ध हुदै जानु र नेपाली कांग्रेसमा नेतृत्वको बैकल्पिक ब्यक्तिको छनौटको अभियानले तिव्रता पाउनुले आगामी दिनमा नेपालमा नेकपा भन्ने राजनीतिक दल अस्तित्वमा नरहन सक्ने अनुमान लगाउन थालेका छन् । जसरी केही समय अघिसम्म देशमा कायम रहेका नेकपा माओवादी र नेकपा एमाले जस्ता नाम गरेका कम्युनिष्ट पार्टी सम्बद्ध दलहरु लोप भएर गए । जसरी देशको प्रधानमन्त्री बनि सकेका बाबुरामजीले खोलेका नयाँ शक्ति लगायतका पार्टीहरु बिलाएर गए । त्यसरी नै नेपालबाट केही समयभित्रै हालको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) पनि लोप भएर जाने अनुमान राजनीतिक वृत्तमा ब्यापक रुपमा छलफल हुन थालेको छ । त्यसका केही बाछिटाहरु यदाकदा फाट्टफुट्ट रुपमा आउन थालेको आभास पनि मिल्न थालेको छ ।
भ्रष्ट्राचार मुक्त देश बनाउँछु भनेर बालुवाटार छिरेका प्रधानमन्त्री ओली भ्रष्ट्राचारीहरुबाटै बेरिए । भ्रष्ट सल्लाहकार र गलत विचारका कारण सत्ताबाट हट्ने दिन नजिक आउनै लागेको देखिदैछ । तिनै भ्रष्टहरुको मलामी जाने क्रममा बदनाम हुंदै बालुवाटार छोडने अवस्थामा उनी पुगेका छन् । यसलाई उनले प्रधानमन्त्रीको बिरोध गरेको रुपमा बुझछन् भने यो उनको केटाकेटीपन मात्रै हुनेछ नत्र समस्याहरु र चुनौतिहरु अगाडि पस्किदिने मिडियाकर्मीहरु सरकार सञ्चालनका अति नै महत्वपूर्ण औजार हुन सक्छन् । तर यसलाई बिरोध मात्रै मान्ने सोच र परिपार्टीको फलस्वरुप अब ओली सरकारमा रहे पनि बदनाम भएका छन् सरकार छाडे पनि बदनाम नै हुनेछन् ।
चुनावताका देश बिकासको अलौकिक सपना सजाएका प्रधानमन्त्री ओलीलाई आफ्नै वरिपरी रहेका सल्लाहकार भनाउँदा आसेपासेहरुले निकम्मा, भुत्ते र बदनाम बनाउदैं लगेपछि आकाशैं छेडुँला भनेर आकासिएको बाँसको छोरो तामाँ अन्नत केही फिटमाथि नपुग्दै निहुरिएर भुई छुन बाध्य भएको देख्दा उखानले जनता नअघाउने रहेछन् र धम्कीले जनता नतर्सिने रहेछन् भन्ने कुराको आभाष प्रधानमन्त्रीलाई हुदैंछ या छैन ? उनका सल्लाहकारहरुले नै सुझाउँदा हुनन् । प्रधानमन्त्री तथा राष्ट्रपति जस्तो गरिमामय पदमा आसिन भएका व्यक्तिहरुका सल्लाहकारहरुका एण्टिबायोटिक औषधिले अब लाज पचाउन सक्ने क्षमतामा बिस्तारै ह्रास आउन थालेको कुरालाई बेलैमा विचार नपुर्याउने हो भने आफ्नाले नै सुरुवालको तुना खुस्क्याउने दिन संघारमै आईपुगेको छ । आफ्ना लागि जे र जस्तोसुकै कुराको प्रयोग गरेपनि आम नागरिकलाई लाज र शरम हुने कुरा नगरिदिन महामहिमहरुमा आम नागरिकको तर्फबाट हार्दिक अनुरोध गरिन्छ ।
जनताका आशा र भरोशामा कुठाराघात गर्दै भ्रष्ट्राचारीहरुलाई ग्वाम्लाङ अंगालो हाल्न पुगेका प्रधानमन्त्रीलाई तिनै गन्हाएका सिनोले बालुवाटारमा बस्नै नसक्ने बनाएको भने कहिल्यै हेक्का राखेनन् । भ्रष्ट्राचार मुक्त देश बनाउँछु भनेर बालुवाटार छिरेका प्रधानमन्त्री ओली भ्रष्ट्राचारीहरुबाटै बेरिए । भ्रष्ट सल्लाहकार र गलत विचारका कारण सत्ताबाट हट्ने दिन नजिक आउनै लागेको देखिदैछ । तिनै भ्रष्टहरुको मलामी जाने क्रममा बदनाम हुंदै बालुवाटार छोडने अवस्थामा उनी पुगेका छन् । यसलाई उनले प्रधानमन्त्रीको बिरोध गरेको रुपमा बुझछन् भने यो उनको केटाकेटीपन मात्रै हुनेछ नत्र समस्याहरु र चुनौतिहरु अगाडि पस्किदिने मिडियाकर्मीहरु सरकार सञ्चालनका अति नै महत्वपूर्ण औजार हुन सक्छन् । तर यसलाई बिरोध मात्रै मान्ने सोच र परिपार्टीको फलस्वरुप अब ओली सरकारमा रहे पनि बदनाम भएका छन् सरकार छाडे पनि बदनाम नै हुनेछन् ।
देशले अब नयाँ नेतृत्व खोजी रहेको छ । पटक पटक भएका प्रयोग र अन्बेषणले आक्रान्त बनेका नेपाली अब विश्व बजारमा बेचिएको आफ्नाे उर्भर श्रम र सीपलाई देशमै उपयोग गरेर देश समृद्ध बनाउन चाहँदैछन् । विदेशमा गएर भोग्नु परेका दुःख र पाएका ज्ञानहरुलाई आफ्नै देशको माटोमा पोख्न चाहिरहेका छन् । यसका लागि उनीहरु मुलुकमा दिगो र विश्वास गर्न लायक राजनीतिक शक्तिको आवश्यकता महशुस गरिरहेका छन् । बर्तमान राजनीतिक ब्यवस्था यति चाँडै यसरी बदनाम र दुर्गन्धित होला र अकालमै मृत्यूवरण गर्ला भन्ने कमै नेपालीले सोचेका थिए ।
तर अहिलेका युवापुस्ता यति लाचार छ कि थानकोटको डाँडो काटेर नौबिसेसम्म झर्न पनि सक्दैनन् । अब देशका चालिस पनि नकटेको युवा पुस्ताहरु एकपटक देशको दिगो बिकासका लागि सडकमा आउन जरुरी भएन र ?? देशको नेतृत्व अबका युवाहरुले लिन ढिलो गर्नु हुदैन । तिसौ बर्षसम्म नेतृत्वमा रहेर खिया लागेर र खिएर भुत्ते भएको औजारलाई अर्चाप्ने भन्दा पनि फेर्ने हैसियत अब युवाहरुले लिन सक्नुपर्छ ।
तर कच्चा राजनीतिकर्मीहरुका खराब आचरण र खराब सोचका कारण देशले कोल्टे फेरेन । बरु उत्तानो चित खायो ।देशले तिसौं बर्षसम्म पाउनुसम्म दुःख पायो । नेताले नागरिकलाई लाउनुसम्म ऋण लायो । जनतालाई बैदेशिक ऋणको भारी बोकाएर नेताले खानुसम्म खायो । अहिलेको अवस्थामा हेर्दा नेपालका राजनीतिक दलका नेतालाई चामल चोर्दा नि घिन लागेन् । जनताका घरका छाना छोप्न बिदेशीले दिएका जस्तापाता चोर्दा पनि शरम लागेन । लोग्ने मान्छेको रुपमा सांसद भवन छिरेका तेश्रोलिङीहरुले सुत्केरी भत्ता खाँदा पनि कुनै पश्चाताप भएन । जनताबाट राहतका लागि पैसा उठाएर कुहिएको चामल र दाल बाडँदा पनि कुनै अनौठो लागेन ।
त्यसैले त अहिलेको नेतृत्वबाट अब जनताको आशा र भरोशा उठदै गैरहेको छ । नेपालको इतिहासमा गणेशमान सिंहले असी बर्षको उमेरमा राजनीतिक परिवर्तनको नेतृत्व गर्दै सडकमा आउनु परेकोे थियो । तर अहिलेका युवापुस्ता यति लाचार छ कि थानकोटको डाँडो काटेर नौबिसेसम्म झर्न पनि सक्दैनन् । अब देशका चालिस पनि नकटेको युवा पुस्ताहरु एकपटक देशको दिगो बिकासका लागि सडकमा आउन जरुरी भएन र ?? देशको नेतृत्व अबका युवाहरुले लिन ढिलो गर्नु हुदैन । तिसौ बर्षसम्म नेतृत्वमा रहेर खिया लागेर र खिएर भुत्ते भएको औजारलाई अर्चाप्ने भन्दा पनि फेर्ने हैसियत अब युवाहरुले लिन सक्नुपर्छ ।
अहिले देशले युवाको नेतृत्वदायी भूमिका खोजिरहेको छ । भ्रष्ट, अपराधी र कालोबजारीलाई ठाउँको ठाउँ कारवाही गर्न सक्ने कानून चाहिएको छ । अहिले देखिएको महामारीले अपराधीहरुलाई हैन अपराधीहरुका गलत सोचलाई बढारेर लैजाओस् । अब युवाको हातमा सत्ता आओस् । बिना स्वार्थ देश बिकास गर्दा देशले कसरी छोटो समयमै कायापलट गर्नसक्दो रहेछ भन्ने कुरा अहिलेका भ्रष्ट नेतालाई अगाडि राखेर देखाउन पाईयोस् । बिकासको मुल फुटाउँदै आफ्ना सन्तानलाई स्वदेशमै रोजगार दिलाएर बुढेसकालमा परिवासँगै बसेर हाँस्न पाईयोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार