दुई सङ्क्रमणमुक्त भएसँगै बागलुङमा कोरोना जोखिम टर्दै
नेपालबहस संवाददाता
बैशाख १४, २०७७ आइतबार १९:७:३
१४ वैशाख, बागलुङ । कोरोनाको उच्च जोखिममा रहेको पुष्टि भएका दुई सङ्क्रमित कोरोनामुक्त भएर घर फर्केपछि बागलुङमा कोरोनाको जोखिम टर्दै गएको छ । भेटिएका सङ्क्रमति उपचारपछि निको भएर जानु र नयाँ सङ्क्रमण फेला नपर्नुले बागलुङमा कोरोनाको जोखिम हटेर गएको सर्वसाधारणले महसुस गर्न थालेका छन् । बागलुङ नगरपालिका–४ कुँडलेकी १९ वर्षीया अंशु सापकोटा र बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल अस्पतालबाट कोरोनामुक्त भएर घर फर्कनु र नयाँ सङ्क्रमित फेला नपरेका कारण कोरोनाको जोखिम टर्दै गएको दुई कोरोना सङ्क्रमितको सफलतापूर्वक उपचार गराइसकेको धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।
पोखरेलले बागलुङमा थप कोरोना सङ्क्रमित पुष्टि नहुनु र भइसकेका डिस्चार्ज हुनुले जोखिम हट्दै गए पनि उद्धारका नाममा बागलुङ भित्रिएकाले चुनौती सिर्जना गर्न थालेको गुनासो गर्नुभयो । “अब बागलुङमा कोरोनाको जोखिम टर्दै गएको हो”, डा पोखरेलले भने, “उद्धारका नाममा बागलुङ भित्रिएकाबाहेक अरुमा कोरोना सङ्क्रमण नहुन सक्छ, किनकि धेरै एक महिना अगाडि नै बागलुङ आएका थिए ।” पोखरेलका अनुसार लकडाउनपूर्व आएकाको सबैको द्रुत परीक्षण गर्नु र होम क्वारेन्टाइनमा बस्दा कोरोना सर्ने जोखिम कम भएको थियो ।
हालसम्म एक हजार ३० जनामा कोरोनाको द्रुत परीक्षण र १०० बढीको स्वाब परीक्षण सम्पन्न गर्दा दुई जनाबाहेक कसैलाई पनि कोरोना पुष्टि हुन नसकेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए । दुईबाहेक थप सङ्क्रमितको पुष्टि हुन नसकेको अवस्था र सङ्क्रमितका परिवारलाई समेत कोरोना नसरेको अवस्थामा बागलुङ ‘सेफल्यान्डिङ’तर्फ गइरहेको बागलुङमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन् । कोरोनाको जोखिम हट्दै गएको सन्दर्भमा विभिन्न व्यक्तिले उद्धारका नाममा काठमाडौँ, पोखरा तथा भैरहवादेखि मानिस बागलुङ भित्र्याउन थालेपछि कोरोनाको जोखिम हट्दै गएको बागलुङमा थप समस्या पैदा हुनसक्ने डा पोखरेलको भनाइ छ । बागलुङमा पछिल्लो एक हप्तामा झण्डै एक हजार ६०० मानिस भित्रिएका छन् ।
सत्र दिनको अस्पताल बसाइपछि मनकुमारी पौडेल र २८ दिनको बसाइपछि अंशु सापकोटा कोरोनामुक्त भएर घर फर्केसँगै बागलुङका नागरिकलाई राहत मिलेको छ । नेपालमै पाँचौँ र छैटौँ सङ्क्रमित बागलुङमा पुष्टि हुँदा निकै भयानक स्थिति पैदा हुने आशङ्का गरे पनि दोस्रो व्यक्तिमा कोरोना सर्न नपाएका कारण थप जोखिम बढ्न नपाएको हो । गत चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आउनुभएका बागलुङका दुई सङ्क्रमितमध्ये चैत १५ गते सापकोटा र चैत २० गते पौडेलमा कोरोना पुष्टि भएको थियो । उनीहरुले आत्मबलका कारण कोरोना जितेर घर फर्केको प्रतिक्रिया दिएका छन् । दुई कोरोना सङ्क्रमित अस्पतालबाट सकुशल घर फर्कनु र थप सङ्क्रमितको पुष्टि नहुनुले बागलुङमा कोरोनाको जोखिम हट्दै गएको हो ।
चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत
चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई जिल्ला प्रशासन कार्यालयल बागलुङले राहत रकम हस्तान्तरण गरेको छ । गत वैशाख ९ गते परेको चट्याङ लागेर मुत्यु भएका गलकोट नगरपालिका–१ दुदिलाभाटीका बिजुला खत्रीको परिवारलाई जिल्ला प्रशासन कार्यालयअन्तर्गतको दैवी प्रकोप उद्धार कोषबाट शनिबार राहत रकम हस्तान्तरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको कोषमार्फतको रु एक लाख र गलकोट नगरपालिका विपद् व्यवस्थापन कोषको रु ३० हजार गरी रु एक लाख ३० हजार राहत रकम हस्तान्तरण गरिएको छ ।
राहत हस्तान्तरणका लागि प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजु, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेलगायतले घरमै पुगेर खत्रीको परिवरलाई राहत रकम हस्तान्तरण गराएको थियो । मृतकको परिवारलाई घरमै पुगेर सरकारले व्यवस्था गरेअनुरुपको राहत प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सैँजुले जानकारी दिए । खत्रीको वैशाख ९ गते घरमै बसेको समयमा चट्याङले लागेर ज्यान गएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गरिने
बैशाख २३, २०८१ आइतबार
मापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि मन्त्रालयले कारबाही गर्ने
बैशाख २१, २०८१ शुक्रबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार