तिलाठी गाउँपालिकाद्धारा सुपथ मूल्यको खाद्यान्न घुम्ती पसल
नेपालबहस संवाददाता
बैशाख १५, २०७७ सोमबार १९:४०:२३
◊ धीरुभाइ
१५ बैशाख सप्तरी । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको पालना गर्न घरमा बसेका जनतालाई लक्षित गरी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले सुपथ मूल्यको खाद्यान्न घुम्ती पसल सञ्चालन गरेको छ । गाउँपालिकावासीलाई दैनिक उपभोग्य सामग्रीको अभावलाई पूर्ती गर्न सो पसल सञ्चालन गरिएको हो । सप्तरीमा यस्तो घुम्ती पसल सञ्चालन भएको पहिलो हो ।
गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहका अनुसार गाउँपालिकाले बजारबाट थोक मूल्यमा दैनिक उपभोग्य सामग्री खरिद गरी वडाहरुमा मूल्य सूचीसहितको बिक्री गर्न शुरुवात गरिएको छ । गाउँपालिकावासीलाई दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सुपथ मूल्यको घुम्ती पसल सञ्चालन गरिएको अध्यक्ष सिंहले बताए ।
गाउँपालिकाको वडा नं. १ तिलाठीबाट शुक्रबादेखि सञ्चालन गरिएको घुम्ती पसल सबै वडामा पु¥याइनेछ । गैर नाफामुलक उद्देश्यले पसल सञ्चालन गर्दा उपभोक्तामा खुशी देखिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए ।
लकडाउनका कारण बजार जाने अवस्था छैन, गाउँको पसलमा सामान पाइदैन तिलाठीका सन्तोष झाले भने, बजारमा पाइने मूल्यमा गाउँमै सामान उपलब्ध हुँदा खुशी लागेको छ । घरैसम्म सामान पु¥याउने सकारात्मक सोच बोक्नुभएका गाउँपालिका अध्यक्षलाई धन्यवाद दिदै उहाँले लकडाउन लागू गरेर मात्र हुदैन, जनताको समस्या पनि गाउँपालिकाले बुझेको महशुस भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार