नेपालका ७५८ क्षुद्रग्रहले पाए प्रारम्भिक पहिचान
नेपालबहस संवाददाता
बैशाख १८, २०७७ शुक्रबार २:०:३२
१८ बैशाख काठमाडौं । विज्ञान विषयका नेपाली विद्यार्थी तथा शिक्षकले हालसम्म ७५८ क्षुद्रग्रहको प्रारम्भिक पहिचान गरेका छन् । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०१६ देखि नेपालमा सञ्चालन गर्दै आएको राष्ट्रिय क्षुद्रग्रह खोज अभियानमार्फत विज्ञानका नेपाली विद्यार्थी तथा शिक्षकले प्रारम्भिक रुपमा ७५८ क्षुद्रग्रहको प्रारम्भिक पहिचान गरेको अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए ।
हालसम्म सात क्षुद्रग्रहले अस्थायी पहिचान पाइसकेको पनि उनले बताए । अस्थायी पहिचान पाउने क्षुद्रग्रह नेपाली विद्यार्थी तथा शिक्षकले सन् २०१८ र २०१९ मा पत्ता लगाएका हुन् । अस्थायी पहिचान प्राप्त गर्न सफल क्षुद्रग्रहमा २०१८ वाईएस चार, २०१९ एई १८, २०१९ जेएफ ६०, २०१९ केबी १५, २०१९ केके १८, २०१९ केडब्ल्यू नौ र २०१९ केके पाँच छन् । सातमध्ये पहिलो छ क्षुद्रग्रह मेनबेल्ट एस्टेरोइड हुन् । अन्तिम सातौँ एपोलो समूहको नियर अर्थ एस्टेरोइड हो । यी क्षुद्रग्रह कक्षा ८ देखि स्नातकोत्तर पढ्दै गरेका विद्यार्थी एवं माध्यमिक तहमा अध्यापनरत शिक्षक शिक्षिकाले पत्ता लगाएका हुन् ।
खोज अभियानमा भाग लिएका विद्यार्थीले अमेरिकाको हवाईस्थित १.८ मिटरको टेलिस्कोपले खिचेका तस्बिरमा आफ्नो इन्टरनेटसहितको कम्प्युटरमा दिइएको सफ्टवेयरमार्फत खोजी गरेका थिए । यी तस्बिर अमेरिकास्थित सोसाइटीको सहयोगी संस्था इन्टरनेशनल एष्ट्रोनोमिकल सर्च कोलाबोरेशन ‘ईएएससी’ ले प्रदान गर्दै आएको छ ।
सन् २०१८ देखि सोसाइटीले क्षुद्रग्रह खोज तालीम सञ्चालन गरेसँगै कार्यक्रम थप प्रभावकारी बन्दै गएको छ । ईच्छुकले खोज समूह बनाएर अभियानमा भाग लिन आवेदन दिनसक्ने अध्यक्ष भट्टराईले बताए । अभियानमा भाग लिन कुनै शुल्क लाग्दैन । प्राप्त आवेदनमध्ये यस वर्षदेखि प्रत्येक अभियानमा १५ समूह समावेश गरिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार