बन्दाबन्दीमा सीमा क्षेत्रमा अस्थायी क्याम्प, भोकै प्यासै सुरक्षामा सुरक्षाकर्मी
नेपालबहस संवाददाता
बैशाख २०, २०७७ शनिबार १५:५४:१७
◊ झलनाथ खनाल
२० बैशाख भजनी । कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा छ । सबै सीमानाका बन्द छन् भने देशभित्र पनि आवागमनमा सरकारले रोक लगाएको छ । बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रमा नेपाल सरकारले थप सुरक्षाकर्मी खटाएको छ । सीमा क्षेत्रमा अस्थायी क्याम्प स्थापना गरी सुरक्षाकर्मी खटाएको भए पनि त्यस क्षेत्रमा खटिएका सुरक्षाकर्मी भोकै प्यासै सुरक्षामा खटिनुपर्ने बाध्यता छ ।
भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको अवस्थामा भारतबाट कोही पनि नेपाल भित्रन नपाउन् भन्दै कैलालीका सीमानाकामा थप अस्थायी बेस क्याम्प निर्माण गरी सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएका छन् । सुरक्षाका लागि खटिने ती सुरक्षाकर्मीहरु विभिन्न समस्याबाट पीडित भइरहेको उनीहरुको गुनासो छ ।
टीकापुर नगरपालिका–७ कालाकुण्डास्थित सशस्त्र प्रहरीको अस्थायी बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मी थुप्रै समस्यासँग जुधिरहेका छन् । मोहना नदीको छेउमा गत चैत २६ गते स्थापना भएको अस्थायी बेस क्याम्पमा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ सुरक्षाकर्मी कार्यरत छन् । बस्तीबाट निकै टाढा रहेको बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मीलाई पिउने पानी, विद्युत्, शौचालय, खानालगायतको समस्या छ । उनीहरु तीन किलोमिटर टाढा टीकापुर–९ खक्रौलामा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टबाट पिउने पानी र खाना बोकेर सुरक्षार्थ तैनाथ छन् । टीकापुर–९ चौगुर्दीस्थित अस्थायी बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मीको अवस्था पनि उस्तै छ । उनीहरुले समेत पिउने पानी र खाना खक्रौलास्थित सीमा सुरक्षा पोष्टबाट बोकेर लैजाने गरेका छन् ।
त्यस्तै भजनी नगरपालिकामा पनि छवटा अस्थायी क्याम्प स्थापना गरिएका छन् । त्यहाँका सुरक्षाकर्मीको अवस्था पनि त्यस्तै छ । एक क्याम्पबाट अर्को क्याम्प देखिने गरी अस्थायी क्याम्प स्थापना गरिएको भए पनि नदीको किनारमा र जङ्गल क्षेत्रमा बस्नुपर्ने भएकाले थुप्रै समस्या झेल्नुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन् । समस्यासंँग जुध्दै आए पनि उनीहरुले कसैको नाम कोड नगर्ने सर्तमा आफ्नो वास्तविक समस्या बताए ।
भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अगाडि बढाएको बताए । “आवश्यक सहयोगका लागि समन्वय भएको छ”, उनले भने, “खानेपानी, विद्युत्, शौचालय आदिको समस्या छ, ती समस्या समाधानका लागि सशस्त्र प्रहरीसँग समन्वय र सहकार्य भइरहेको छ ।” नगर प्रमुख चौधरीले सीमामा खटिएका सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण भएको बताउँदै उनीहरुसंँग निरन्तर समन्वय र सहकार्य भइरहेको बताए। विद्युत् सम्भव भएको ठाउँमा विद्युत् लाइन जडान गर्ने र सम्भव नभएको ठाउँमा सोलारको समेत व्यवस्था गरिने नगर प्रमुख चौधरीले बताए ।
सशस्त्र प्रहरी बल ३४ नं गण कैलालीका सशस्त्र प्रहरी उपरीक्षक कमल तिमिल्सिनाले अस्थायी क्याम्पमा समस्या रहेको बताउँदै पहिलेको तुलनामा समस्या समाधान हुँदै गएको बताए । उनले अन्य क्षेत्रमा जस्तो पूर्व तयारी गरी सुरक्षाकर्मी परिचालन नहुने बताउँदै अस्थायी क्याम्पमा देखिएका समस्या समाधानका लागि स्थानीय र प्रदेश सरकारसंँग समन्वय भइरहेको बताए । “स्थानीय सरकारले सहयोग गर्दै आएको छ । प्रदेश सरकारले पनि स्वास्थ्य सामग्रीको सहयोगका लागि समन्वय गरेको छ”, सशस्त्र प्रहरी उपरीक्षक तिमिल्सिनाले भने, “केही क्याम्पमा समस्या छ तर विस्तारै सबै समस्याको समाधानका लागि हामी लागिरहेका छौँ ।”
उनले सीमा क्षेत्रमा सुरक्षा मजबुत गर्न र आइपरेको समस्याको समाधानका लागि स्थानीय सरकारसंँग समन्वय गर्न भजनी र टीकापुर क्षेत्र हेर्ने गरी सशस्त्र प्रहरी नायब उपरीक्षक खटाइएको बताए । यसअघि भजनी र टीकापुर सीमा क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षकको नेत्तृत्व रहँदै आएको थियो । “धेरै ठाउँमा समस्या छ । हामी समस्याका बाबजुद पनि काम गरिरहेका छौँ”, सशस्त्र प्रहरी उपरीक्षक कमल तिमिल्सिनाले भने, “हामी आवश्यक परेका बेला तत्काल खट्नुपरेकाले समस्या भएको हो । यो विस्तारै समाधान हुन्छ । अहिले प्रहरी नायब उपरीक्षकले स्थानीय तहसंँग समन्वय गरी समस्याको समाधान गर्ने काम भजनी र टीकापुर क्षेत्रमा भइरहेको छ ।”
कैलालीको सीमा क्षेत्र ५२ वटा अस्थायी क्याम्प र १२१ वटा सेन्ट्री पोष्ट रहेको बताउँदै तिमिल्सिनाले १०० किलोमिटरको दूरी कायम हुने गरी क्याम्प स्थापना गरिएको बताए । कतिपय ठाउँमा सुरक्षाकर्मी सीमा क्षेत्रमा रहेका विद्यालय भवन, सामुदायिक भवनलगायतमा बस्दै आएका छन् भने कतिपय ठाउँमा बस्तीबाट निकै टाढा नदी किनारको जङ्गलमा बस्न बाध्य छन् । बस्ती नजिकै बसेका सुरक्षाकर्मीको तुलनामा बस्तीभन्दा टाढा रहेकाहरु निकै समस्यामा छन् । बस्तीभन्दा टाढा रहेका सुरक्षाकर्मी टेण्ट गाडेर बसेका छन् । उनीहरुसँग पिउने पानी र खाना बोक्नका लागि साधन समेत छैन । स्थानीयवासीले दिएको एउटा साइकलमा एकजना सुरक्षाकर्मीले पिउने पानी र खाना बोक्ने गरेका छन् ।
खुल्ला सीमा नाकाका कारण भारतबाट थुप्रै मानिस भित्रिन सक्ने भन्दै सरकारले देशैभर सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेको हो । उनीहरुले भारततर्फ आउने व्यक्तिलाई रोक्ने जिम्मेवारी पाएका छन् । भारतबाट अनियन्त्रित रुपमा आउने मान्छेका कारण कोरोना भित्रिन सक्ने सरकारको अनुमान छ ।
त्यस्तै, टीकापुरमा सत्कार मेडिकल सञ्चालन गर्दै आएका डा हेमन्त स्वाँरले कोरोना नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि पिउने पानीको व्यवस्था गरेका छन् । उनले टीकापुर नगरपालिकाका कालाकुण्डा, चौगुर्दी र श्रीलङ्कास्थित बेस क्याम्पमा १०० जार पिउने पानी उपलब्ध गराए । उनले तीनवटै क्याम्पमा रहेका सुरक्षाकर्मीलाई पिउने पानीका साथै मास्क र सेनिटाइजरसमेत उपलब्ध गराए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद
कात्तिक २०, २०८१ मंगलबार
सशस्त्र प्रहरी बलको मौजुदा कानुन परिवर्तन भएपछि संगठन चलायमान हुन्छः गृहमन्त्री
कात्तिक १३, २०८१ मंगलबार
यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृत भेटिए
कात्तिक १२, २०८१ सोमबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु
कात्तिक २०, २०८१ मंगलबार
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
कात्तिक २०, २०८१ मंगलबार
दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर, ५ वर्ष जेल सजाय
कात्तिक २०, २०८१ मंगलबार
८ वर्षदेखि अलपत्र बुटवलको राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार