ओलीको राजनीतिक क्षेप्यास्त्र र बामदेवको रक्षा कवच
नेपालबहस संवाददाता
बैशाख २१, २०७७ आइतबार २१:९:३०
दुई दिन अघि मात्रै बालुवाटारमा भएको प्रधानमन्त्री के.पी.शर्मा ओली र वरिष्ठ नेता तथा नेकपा उपाध्यक्ष बामदेव गौतम बीचको मिडियामा आएको गतिलै चर्काचर्की केही मत्थर हुन नपाउँदै प्रधानमन्त्री ओलीको राजनीतिक क्षेप्यास्त्रले बामदेव रिझाउने निसाना भेट्टाउने हो या चुकाउने हो ? यो त केही समयको राजनीतिक रिहर्सलले देखाउने नै छ । तर राजनीतिमा आप्mनो विचार र भावनालाई स्पष्ट रुपमा दुई दिनसम्म पनि जोगाएर राख्न नसक्ने हतारो प्रवृत्तिले देशमा बहुमतको सरकार भएर पनि स्थिर राजनीतिक अवस्थाको आभाष जनताले गर्न भने पाएका छैनन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पी. शर्मा ओली र पार्टी उपाध्यक्ष बामदेव गौतम बीचको बालुवाटारको दोहोरीले मिडिया समेत व्यापक रुपमा तातेको बेला नेकपाको दुई धारमा देखिएको शक्ति संघर्षले कुनै गतिलै उपलब्धि प्राप्त गर्न सक्ने अनुमान राजनीतिक भुक्तभोगीहरुले अनुमान लगाउँदै थिए । उक्त दोहोरीमा प्रधानमन्त्रीसँग रुष्ट हुँदै बामदेव गौतमले भनेका थिए रे ! प्रधानमन्त्रीज्यु, अब तपाई आफ्नाे हठ त्याग्नुस् । अब तपाई बालुवाटार हैन बालकोट जानुस् र आराम गर्नुस् । यी अभिव्यक्तिमा सिंगो सरकार र सरकारसँग जोडिएका प्रधानमन्त्रीको स्वास्थ्य तथा सक्रियताका बिषयमा गम्भिर कटाक्ष थियो । बामदेवको यस्तो सल्लाहमा प्रधानमन्त्रीको व्यक्तिगत स्वार्थका कारण अहिलेको बिषम परिस्थितिको सिर्जना भएको हो भन्ने स्पष्ट बुझ्न सकिन्थ्यो । अहिले देखिएको राजनीतिक संकटलाई निकास दिन माथि उल्लेखित कुराहरु गर्नु गराउनु नितान्त आवश्यक छ भन्ने बामदेवको स्पष्ट अवधारणा सार्वजनिक भएको पाईन्थ्यो ।
तर बामदेवले सिलाएको बेमौसमी दौरा सुरुवालले बच्चाको जत्तिको अडान पनि देखाउन सकेन । प्रधानमन्त्री ओलीको उधारो उपहार स्वीकार्न मै बामदेवले यत्तिका दिनको प्रचण्ड गुटको प्रयासलाई टुकुचामा बगाईदिए । यस काण्डले बामदेवमा कत्ति पनि राजनीतिक अडान र दुरगामी सोच रहेनछ भन्ने कुरा चाँहि पक्का भएको छ ।
बामदेवको यस्तो बकमफुसे सल्लाहलाई ठाडै ईन्कार गर्दै प्रधानमन्त्री के.पी. शर्मा ओलीले बामदेवलाई यस्ता कुतर्क र कुविचारमा समय खर्च नगर्न सुझाउँदै आवश्यक परे समय आएपछि देखाई दिनेसम्मको चुनौति दिएको कुराहरु राष्ट्रिय समाचार र सामाजिक सञ्जालमा भाईरल बनेका थिए । राजनीतिलाई यति धेरै नजिकबाट बुझेका बामदेवलाई आफ्नै दलका अध्यक्ष तथा प्रधानमन्त्रीको ब्यक्तिगत हठ, दृढ संकल्प र आफुले लिएको अडानमा अडिक रहनबाट कसैले रोक्न सक्दैन भन्नेसम्मको पनि हेक्का गुमाई सकेको आभास हुन थालेको छ ।
दुई दिन अगाडिको बालुवाटारको सवाल जवाफले दुई दिन पछि अर्कै मोड लियो । चकलेटमा लोभिने बच्चा पनि कसैले नराम्ररी गाली गरेको छ भने छेउ पर्न जाँदैन । तर बामदेवले सिलाएको बेमौसमी दौरा सुरुवालले बच्चाको जत्तिको अडान पनि देखाउन सकेन । प्रधानमन्त्री ओलीको उधारो उपहार स्वीकार्न मै बामदेवले यत्तिका दिनको प्रचण्ड गुटको प्रयासलाई टुकुचामा बगाईदिए । यस काण्डले बामदेवमा कत्ति पनि राजनीतिक अडान र दुरगामी सोच रहेनछ भन्ने कुरा चाँहि पक्का भएको छ । उनको सांसद बन्ने यत्तिसम्मको निच सोचलाई आम मतदाता र स्वयं आफ्नै दलका कार्यकर्ताले कसरी लिन्छन, त्यो भने अझै केही दिनको राजनीतिक रिहर्सल पछि मात्रै भन्न सकिने अवस्था आउने पक्का छ ।
सिंगो प्रणालीलाई नै सुधार्ने र दुगन्धित राजनीतिलाई सफाई गर्ने अभियानमा लागेका बामदेवसहितको सिंगो टोलीलाई बामदेवको संसद प्रवेशको बिषयले कसरी पूर्णबिराम लगाउन सफल भयो ? कि यसमा पनि दुबै पुर्वहरुकै यथास्थितिवादी सोच र एकले अर्कालाई सिध्याएर अगाडि बढने अभियानको उत्तराद्र्धको अवस्था हो ?
प्रधानमन्त्री ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने पासा किन प्mयाँके ? फेरी प्रधानमन्त्रीको पासा सेलाउन नपाउँदै उपप्रधानमन्त्रीको झटारो किन हाने ? भन्ने बिषयहरुमा बिस्तारै रहस्यहरु खुल्दै जानेछन् । कहिले महेश बस्नेतलाई उचालेर राजीनामा गरेर बामदेवलाई सांसद बनाउनेदेखि राष्ट्रियसभामा लगेर उप–प्रधानमन्त्री र गृहमन्त्री बनाउनेसम्मका राजनीतिक डिजाईनर सल्लाहकारहरुलाई भने यसपटकको उचित सल्लाहकार पुरस्कार चाँहि पक्कै पनि उपलब्ध गराउनु पर्ने देखिन्छ । नत्र सिंगो ओली गुटको माथापच्चिसी गराई रहेको राजनीतिक बहसको एजेण्डाले कसरी बामदेव मै गएर पूर्ण बिराम लाग्यो ? राजनीतिक प्लेटफर्ममा अत्यन्तै चासो र बहसको बिषय बनेको छ ।
बामदेव जस्तो आफैमा सर्वशक्तिमान नेतालाई ओली कामरेडको बैशाखी कत्तिको सुहाउँदो कुरो हो ? बामदेवले आफै मनन गरेर र बर्तमान राजनीतिको यथार्थपरक बिश्लेषण गरेर अगाडि बढनु उपयुक्त हुन्छ । सिंगो प्रणालीलाई नै सुधार्ने र दुगन्धित राजनीतिलाई सफाई गर्ने अभियानमा लागेका बामदेवसहितको सिंगो टोलीलाई बामदेवको संसद प्रवेशको बिषयले कसरी पूर्णबिराम लगाउन सफल भयो ? कि यसमा पनि दुबै पुर्वहरुकै यथास्थितिवादी सोच र एकले अर्कालाई सिध्याएर अगाडि बढने अभियानको उत्तराद्र्धको अवस्था हो ? नत्र नेपालको राजनीतिमा मुलुकका तीन तीन जना प्रधानमन्त्री भैसकेका राजनीतिक हस्तीहरु (प्रचण्ड, माधव,झलनाथ) समेतले जिल खाने गरी आएको बामदेव ईन्ट्रीको बिषयलाई पूर्व माओवादी पक्षले कसरी मुल्यांकन गरिरहेको होला ?
उपनिर्वाचनमा पार्टीले उम्मेद्धवार बनाउन पहल गर्दा समेत उम्मेद्धवार बन्न अनिच्छा देखाएका बामदेवलाई अहिले के को भूतसवार भयो ? र आफ्नै दलको बहुमतको सरकार हुँदा हुँदै, आफ्नै दलका जनताले मताधिकार प्रयोग गरेर जिताएर पठाएका जननिर्वाचित सभासदलाई राजीनामा गर्न लगाएर जनताले एक कार्यकालका लागि चुनावी मैदानबाटै तिरस्कार गरिसकेका ब्यक्तिलाई पुनः उम्मेद्धवार बनाउनु पर्र्यो ? यत्तिका दिनको नेकपाभित्रको शक्ति संघर्षको राजनीतिक मन्थनबाट निस्किएको नौंनी यही नै हो त ? के यस्ता मन्थनले आम नागरिकहरुमा कुनै चामत्कारिक परिवर्तन गराउने सन्देश दिन सकिएला र ?
नेतृत्वमा देखिएको अपराधिकरण र राजनीतिमा मौलाएको भ्रष्ट्रीकरणको प्रवेशले सिंगो राजनीति र राजनीतिज्ञले परिकल्पना गरेको सिंगो राजनीतिक ब्यवस्था अहिले बदनाम बन्न पुगेको छ । नेताले भ्रष्ट्राचार नगरे कार्यकर्ताले भ्रष्ट्राचार गर्न डराउँछ । नेता र कार्यकर्ताले भ्रष्ट्राचार नगरे सिंगो मुलुकभित्रका कर्मचारीहरुले भ्रष्ट्राचार गर्न डराउँछन् । यस्तो स्थितिको सृजना भए सिंगो मुलुक भ्रष्ट्राचार मुक्त बन्दछ । भ्रष्ट्राचारको समुल अन्त्य भयो भने देशले बिकासको गतिमा तिब्रता ल्याउन सक्छ । यस्तो स्थितिमा जनताले सरकारको विश्वास गर्छन र सरकारलाई आवश्यक परेको सहयोग समेत गर्दछन् । यसले अहिलेको अवस्थामा आमुल परिवर्तन ल्याउन सक्छ । जनताले सरकारको विश्वास गर्न थाल्दछन् । अन्त्यमा जनता सरकारको पूर्ण रुपमा भर पर्दछन् । तर यसको लागि राजनीति शुद्धिकरणको अत्यन्त महत्वपूर्ण हात रहन्छ । नेतृत्वले लगाम छोडदा घोडाले बाटो बिराउनु कुनै अपत्यारिलो सत्य होईन ।
अहिलेको राजनीतिक संकट र राजनीतिक निकासमा प्रचण्ड लगायत माधव नेपाल र झलनाथ खनालको कुनै ठोस राजनीतिक विचार, दृढ संकल्प र सांगठनिक सक्षमता देखिएन । सिंगो मुलुक भ्रष्ट्राचारको दलदलमा फसेको र यस भ्रष्ट्राचारको दलदलबाट मुलुक र पार्टीलाई बाहिर निकाल्न भनेर थालिएको सांगठनिक शुद्धिकरण अभियान बामदेवको सांसद प्रबेशमा गएर पूर्णबिराम लाग्यो । बामदेव कै अभावमा सिंगो संसद अपुरो थियो भने यत्तिको बर्ष के हेरेर बस्यो त नेकपा ? उपनिर्वाचनमा पार्टीले उम्मेद्धवार बनाउन पहल गर्दा समेत उम्मेद्धवार बन्न अनिच्छा देखाएका बामदेवलाई अहिले के को भूतसवार भयो ? र आफ्नै दलको बहुमतको सरकार हुँदा हुँदै, आफ्नै दलका जनताले मताधिकार प्रयोग गरेर जिताएर पठाएका जननिर्वाचित सभासदलाई राजीनामा गर्न लगाएर जनताले एक कार्यकालका लागि चुनावी मैदानबाटै तिरस्कार गरिसकेका ब्यक्तिलाई पुनः उम्मेद्धवार बनाउनु पर्र्यो ? यत्तिका दिनको नेकपाभित्रको शक्ति संघर्षको राजनीतिक मन्थनबाट निस्किएको नौंनी यही नै हो त ? के यस्ता मन्थनले आम नागरिकहरुमा कुनै चामत्कारिक परिवर्तन गराउने सन्देश दिन सकिएला र ?
जब भकुण्डोको हावा खुस्किन्छ दुवै टीमले उक्त भकुण्डोलाई फालिदिन्छन् । अहिलेको बामदेवरुपी भकुण्डो प्रवृत्ति पनि दुवै तर्फका खेलाडीका लागि उपयुक्त पात्र मात्र हुन । जब यिनको हावा खुस्काईन्छ तब यिनी कतैको पनि काम नलाग्ने अवस्थामा पुर्याईन्छन् । राजनीतिमा स्पष्ट अडान र दीर्घकालिन सोच नभएका व्यक्तिहरुलाई राजनीतिका कुशल गोठालाहरुले यसरी नै जोताई रहने हो ।
कसैले आफुलाई मुतेको न्यानो था∙नामा सुताएको पनि थाहा नपाउने वरिष्ठले के राजनीति गर्छन होला ? मलाई अचम्म लाग्छ । अझै पनि नेपाली राजनीतिमा केटाकेटीपनको हठ गै नसकेको देखिन्छ । यसले मुलुकमा अझै राजनीतिक स्थिरता आउन समेत समस्या देखिन्छ, विकास र शान्तिको कुरा त कोशौं दुरको बिषय भो । देशमा प्रधानमन्त्री बन्न, मन्त्री र सभासद बन्न के के प्रक्रिया पुरा गर्नु पर्छ भन्ने कुराको सामान्य ज्ञान समेत नभएका वा भएर पनि राजनीतिक शुद्धिलाई टुकुचामा बगाएका अझ भनौ हिजोको पेलाहा, हेपाहा प्रवृत्तिको समेत कुनै प्रवाह नगरी चुनावबाट जितेर प्रधानमन्त्री बन्ने या संविधान संशोधन गराएर प्रधानमन्त्री बन्ने होडमा बामदेव कमरेडले अहिलेसम्म बचे खुचेको राजनीतिक ईमान समेत ओलीका पोल्टामा लगेर खन्याईदिएका छन् । विचरा प्रचण्ड अर्काको बाछो चाट्दा मुखभरी रौं मात्रै बनिए । पूर्व माओवादी पार्टीको हविगत वर्तमान नेकपामा राम्रै देखिने यो भन्दा दर्बिलो उदाहरण के हुन सक्ला र ?
हेक्का रहोस्, दुवै गोलपोष्टमा प्रहार गरिने भकुण्डो एउटै मात्रै हुन्छ । आ–आफ्ना टीमको निजी भकुण्डो बोकेर कोही पनि खेल मैदानमा जाँदैनन् । जबसम्म भकुण्डो मजबुत हुन्छ दुवै तर्फका खेलाडीले सक्दो प्रहार गर्छन् । जब भकुण्डोको हावा खुस्किन्छ दुवै टीमले उक्त भकुण्डोलाई फालिदिन्छन् । अहिलेको बामदेवरुपी भकुण्डो प्रवृत्ति पनि दुवै तर्फका खेलाडीका लागि उपयुक्त पात्र मात्र हुन । जब यिनको हावा खुस्काईन्छ तब यिनी कतैको पनि काम नलाग्ने अवस्थामा पुर्याईन्छन् । राजनीतिमा स्पष्ट अडान र दीर्घकालिन सोच नभएका व्यक्तिहरुलाई राजनीतिका कुशल गोठालाहरुले यसरी नै जोताई रहने हो ।
पार्टीमा सधैं संघर्षशिल नेताका रुपमा आफुलाई अब्बल दर्जामा उभ्याउन सफल राजनीतिज्ञ नेकपाका उपाध्याक्ष वरिष्ठ नेता बामदेव गौतमलाई प्रधानमन्त्री के.पी. शर्मा ओलीको यसपटकको चारोले आफ्नाे जालमा पार्न सक्ने हो या होईन ? केही समयपछि नेपाली राजनीतिक आकाशमा देख्न पाईएला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार