बाँकेमा भेटिएका सङ्क्रमित उपचारको लागि कोरोना विशेष अस्पतालमा भर्ना
नेपालबहस संवाददाता
बैशाख २२, २०७७ सोमबार १६:५१:४८
२२ बैशाख, बाँके । बाँके जिल्लाको नेपालगञ्जमा एकै दिन कोरोना भाइरसका १५ जना नयाँ सङ्क्रमित भेटिएका छन् । भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापाका अनुसार शङ्काको आधारमा परीक्षणको दायरा बढाउँदै जाँदा पछिल्ला सङ्क्रमित फेला परेको बताएका छन् ।
बाँकेमा नमुना परीक्षण गर्न ढिलो हुँदा एक्कासि धेरै सङ्क्रमित देखिएका हुन्। बाँकेमा गत शुक्रवार एक ६० वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै उनीसँग सम्पर्कमा रहेका अन्य व्यक्तिको पहिचान गरेर परीक्षण गर्न सजिलो भएको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय बाँकेले सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउदै नआत्तिन आग्रह गरेको छ । प्रशासनले लकडाउनको पालना गराउन अनेक प्रयास गरे पनि स्थानीय बासिन्दाले नटेरेका कारण मानिसको चहलपहल बढी देखिएको छ ।
वैशाख ७ गतेदेखि भेरी अस्पतालमा पीसीआर उपकरण सञ्चालनमा आएपछि परीक्षणको दायरा बढाइएको थियो। एक दिनमा बिहान ८ बजेदेखि राति १२ बजेसम्म १०० वटा नमुना परीक्षण गर्न सकिने भए पनि जनशक्तिको अभावमा पूर्ण क्षमताअनुसार परिक्षण गर्न अहिले पनि गाह्रो भएको अस्पतालले जनाएको छ ।
भारतको राजधानी दिल्लीस्थित तबलिगी जमातको कार्यक्रममा सहभागी भएर नेपालगञ्ज फर्किएका तीन जनाको पहिचान भएपछि विभिन्न धर्मगुरुको पनि परीक्षण गरिएको मौलाना अब्दुल जब्बार मञ्जरीले बताए । त्यसै क्रममा शुक्रवार पहिलो सङ्क्रमण पुष्टि भएको हो। लकडाउन अघि नै सबै धर्मका अगुवाहरू एकजुट भएर धार्मिक स्थलहरूमा भिडभाड कम गरिएको छ ।
रमजान पर्व चलिरहँदा नेपालगन्जका मुस्लिम समुदाय आ-आफ्नै घरमा नमाज पढिरहेको भए पनि शुक्रवार अर्थात् जुमाको दिन उक्त धर्मको नियमअनुसार सामूहिक नमाज पढ्नुपर्ने भएकाले बढीमा चार जना जम्मा भएर नमाज पढ्दै आएको मञ्जरीले बताए।
कोरोना भाइरस प्रभावित देशबाट आएका व्यक्तिहरू आफै स्वास्थ्यसंस्थाको सम्पर्कमा नआउँदा प्रशासनले खोज्नुपर्ने अवस्था रहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले ‘जबसम्म त्यस्ता व्यक्तिहरू आफैँ सम्पर्कमा आउँदैनन् तबसम्म सङ्क्रमित पत्ता लगाउन समस्या हुने बताए ।’
नयाँ सङ्क्रमित १५ जना आइतवार राति कोरोना विशेष अस्पताल खजुरामा उपचारको लागि भर्ना भएका छन् । बाँकेका सुनिता पन्तका अनुसार सात महिला रहेको जनाउँदै जिल्ला स्वास्थ्य कार्यालयले एक सात वर्षीया बालिका पनि सङ्क्रमित रहेकी छिन् । सबै नयाँ सङ्क्रमित पहिलो पटक पुष्टि भएका ६० वर्षीय सङ्क्रमितसँग सम्पर्कमा रहेका छन्।
उनीहरू नेपालगञ्ज उपमहानगर वडा नम्बर ८ स्थित मदरसा आसपासका बासिन्दा भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दैनिक नमाजको अजान गर्न महेन्द्र पार्कस्थित धार्मिक स्थलमा पुग्ने गरेका उनीहरु केही दिन अघि भारतबाट नेपाल फर्किएका थिए ।
डा. प्रकाश थापाका अनुसार शनिवार नमुना सङ्कलन गरिएका ६० जनाको मात्र नतिजा आएको, ३० जनाको नतिजा आउन बाँकी रहेको र आइतवार थप १५ जनाको स्वाब सङ्कलन गरिएको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार