वडा अध्यक्ष पनेरुले गरे सांसद विकास कोषको बजेट स्वाहा, १२ लाखको सडक नबन्दै भत्कियो
नेपालबहस संवाददाता
बैशाख २२, २०७७ सोमबार १९:२९:४६
२२ बैशाख, स्याङ्जा । सबैको ध्यान कोरोना महामारीतर्फ केन्द्रित भैरहेको बेला स्थानीय निकायका पदाधिकारीहरु भने विकास बजेट दुरुपयोग गरि कमाउने ध्याउन्नमा उन्मुख हुन थालेका छन् । स्याङ्जाको आधीखोला गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष कृष्णप्रसाद पनेरुले लकडाउनको बेला सांसद विकास कोषबाट निकास भएको बजेटले आफ्नो घर जाने बाटो बनाउनमा खर्च गरेको समाचार प्राप्त भएको छ ।
स्याङ्जा क्षेत्र न. १ का संघीय सांसद नारायण मरासिनीमार्फत मुलसडकबाट प्रद्युम्न पनेरु बहुमुखी क्याम्पस जाने सडक बनाउन प्राप्त भएको १२ लाख रुपैयाँमा एकलौटी गर्दै आफ्नो घरतर्फ जाने सडक मर्मतमा खर्च गरेपछि विवाद उत्पन्न भएको हो । लकडाउनको समयमा वडा अध्यक्ष पनेरुले मनोमानी आफ्ना मान्छेहरु राखेर उपभोक्ता समिति बनाई आफ्नो घरतर्फको सडक पीच गरेर बजेट सकाएका हुन् ।
वडा अध्यक्ष पनेरुले आफ्नै नामधारी तथा पारिवारिक सदस्य कृष्ण पनेरुलाई उपभोक्ता समितिको अध्यक्ष बनाई ढलान गर्नुपर्नेमा कच्ची पीच बनाएर सांसद विकास कोषको बजेट स्वाहा पारेका हुन् । करिब १५–२० दिन अघिबाट शुरु भएको पीच सडकको काम सक्दानसक्दै उक्त पीच भत्कीसकेको जो कोहीले देख्न सक्छ । अझ मुलसडकबाट क्याम्पससम्मको करिब डेढ किलोमिटर बाटो मध्य १२ लाखले ५ सय मिटर पनि निमार्ण हुन सकेको छैन् ।
खासमा मुलसडकबाट क्याम्पसतर्फ बाटो पीच गर्दै जानु पर्नेमा क्याम्पसबाट आफ्नो घर हुँदै मुलसडकतर्फ पीच गरेर वडा अध्यक्ष पनेरुले उल्टो काम गरेको स्थानीय एक व्यक्तिले नेपालबहस डटकमलाई बताए । अझ रोचक कुरा त के छ भने स्थानीय शिक्षक कृष्ण पनेरुलाई उपभोक्ता समितिको अध्यक्ष, अमृता पनेरुलाई सचिव तथा अन्य आफन्तहरुलाई सदस्य बनाएर गठित उक्त समितिको बजेट सकिसक्दा समेत एकपटक पनि वैठक बसेको छैन् । अध्यक्ष बाहेक सचिव तथा अन्य सदस्यहरुलाई उक्त सडक कति खर्च गरेर बनाईएको हो भन्ने सामान्य जानकारी समेत छैन् ।
एकातर्फ आधा बाटो पनि नबन्नु, अर्कोतर्फ १२ लाख सकिसक्दा समेत समितिको वैठक नै नबसी एकलौटी ढंगले खर्च गर्नु र उक्त पीच भत्किदै जानुले यहाँ गम्भीर भ्रष्ट्राचार र अनियमितता भएको आशंका स्थानीयहरुले गर्न थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार