कैलाशलाई प्राप्ति गरेपश्चात बलियो देखिएको प्राईम कमर्सियल बैंक कहाँ निर चुक्यो ?
आर्थिक संवाददाता
बैशाख २४, २०७७ बिहिबार ०:२४:३२
२४ बैशाख, काठमाडौं । विकास बैंकमा आफ्नो राम्रो छवि बनाउन सफल कैलाश विकास बैंकलाई (एक्यायर) प्राप्ति गरेपश्चात प्राईम कमर्सियल बैंकले आफ्नो तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कैलाश विकास बैंकलाई प्राप्ति गरेपश्चात आधारभूत रुपमा बैंक बलियो बलियो भएतापनि कोरोना भाइरसले सिर्जना गरेको लकडाउनको असरले गर्दा बैंकको पुँजी वृद्धिको तुलनामा खुद मुनाफा वृद्धि हुन् सकेन । कम्पनीको प्रकाशित रिपोर्ट अनुसार प्रतिशेयर आम्दानी २५.६९ रुपैयाँ बाट घटेर १९.३६ रुपैयाँ पुगेको छ।
बैंक संचालक समितिको अध्यक्षमा राजेशदास श्रेष्ठ छन् । त्यस्तै संचालक समितिको सदस्यमा उदयमोहन श्रेष्ठ , नरेन्द्र बज्राचार्य, गजेन्द्र बिस्ट, डा. मंगला श्रेष्ठ, प्रचन्डमान श्रेष्ठ र मनोज पौडेल छन् । कम्पनी सचिवको रुपमा सन्तोष बराल छन् । त्यस्तै बैंक उच्च व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नारायणदास मानन्धर रहेका छन् । त्यसैगरि महाप्रबन्धकमा संजीव मानन्धर, अमुतचरण श्रेष्ठ, उपमहाप्रबन्धकहरुमा मोतीकाजी तुलाधर, भाईराजा तुलाधर, तारा मानन्धर लगायतका उच्चपदस्थहरु छन् ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को तेश्रो त्रैमास र आर्थिक वर्ष ०७५/७६ को तेश्रो त्रैमासलाई दाँजेर हेर्दा :
खुद ब्याज आम्दानीमा राम्रो वृद्धि :
बैंकको प्रमुख आम्दानीको श्रोतकाे रूपमा रहेको खुद ब्याज आम्दानीमा राम्रो वृद्धि देखिएको छ । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ३ अर्ब ३४ करोड खुद व्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले २ अर्ब ६० करोड खुद व्याज आम्दानी गरेको थियो । यसरी खुद व्याज आम्दानी २८ प्रतिशतले मात्र वृद्धि भएको छ ।
खुद मुनाफामा आकर्षक वृद्धि :
संचालन मुनाफामा ३२ प्रतिशतको वृद्धि भएसँगै कम्पनीको खुद मुनाफा पनि ३१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमासमा १ अर्ब ५४ करोड खुद मुनाफा गरेको कम्पनीले अहिले भने २ अर्ब ३ करोड खुद मुनाफा गरेको छ ।
कम्पनी तेश्रो त्रैमाससम्म आइपुग्दा संचालन जोखिम बापत भने केही थोरै रकम व्यवस्थापन गर्नु परेको छ । गत आर्थिक वर्षको चैत्र महिनासम्म ३४ करोड २३ लाख जोखिम बापत व्यवस्थापन गर्नु परेकोमा यस त्रैमाससम्म आईपुग्दा २० करोड ३२ लाख पुगेको छ । यसरी जोखिमका व्यस्थापन गर्नु पर्ने रकम केही घट्दा बैंकको नाफामा केही सकारात्मक असर परेको देखिन्छ ।
जगेडा कोष वृद्धि हुँदै संचित मुनाफा घट्दै :
कम्पनीको जगेडा कोषमा ११७ प्रतिशतको वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ५० करोड रहेको जगेडा कोष अहिले ५ अर्ब ४५ करोड पुगेको छ । तर संचित मुनाफा भने ५० प्रतिशतले घट्दै ७८ करोड ८४ लाख पुगेको छ । शेयर प्रीमियम शिर्षकमा भने ६ लाख ४५ हजार रकम छ ।
निक्षेप र कर्जा प्रवाहमा बलियो हुँदै :
बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमास र अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन ४९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह ५३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा १ खर्ब १४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ११ अर्ब कर्जा प्रवाह गरेको छ ।
प्रतिशेयर आम्दानी आकर्षक हुन सकेन :
पुँजी वृद्धिको तुलनामा खुद मुनाफामा ठूलो वृद्धि नभएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि हुन् सकेन । कम्पनीको अहिलेको प्रतिशेयर आम्दानी १९ रुपैंया ३६ पैसा मात्र रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानीमा भने भारी गिरावट आउनुलाई सकारात्मक रुपमा लिन सकिदैन ।
मूल्य आम्दानी अनुपात १३ गुणा:
कम्पनीको अन्तिम बजार मूल्य २५२ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १३ दशमलव ०२ गुणा आउँछ ।
खराब कर्जा घटाउन सफल:
गत वर्ष तेश्रो त्रैमासमा १ दशमलव ५८ प्रतिशत रहेको खराब कर्जा अहिले भने १ प्रतिशत भन्दा केही कममा आएको छ । प्रकाशित रिपोर्ट अनुसार कम्पनीको खराब कर्जा ० दशमलव ९७ प्रतिशत रहेको छ ।
आधार व्याजदर घट्यो :
कम्पनीले आधार व्याजदर घटाउन सफल भएको छ । कम्पनीको अहिले आधार व्याजदर ९ दशमलव ८५ प्रतिशत रहेको छ ।
स्प्रेडदर सन्तुलित :
प्राईम कमर्सियल बैंक पहिले देखि नै व्याजदर अन्तरलाई रास्ट्र बैंकले तोकेको सीमा कै वरिपरि राख्दै आएको छ । रास्ट्र बैंकले २०७७ असार मसान्तसम्म ४ दशमलव ४० प्रतिशत गर्ने निर्देशनमा यस बैंकको स्प्रेडदर भने ४ दशमलव ६४ प्रतिशत छ । कैलाश विकास बैंकससँग प्राप्ति प्रक्रिया पश्चात स्प्रेडदर केही बढेको देखिन्छ । स्प्रेडमा ठूलो अन्तर राखेका बैंकलाई एकै पटक स्प्रेड घटाउँदा नाफामा असर पर्ने देखिन्छ तर प्राईम कमर्सियल बैंकलाई भने सो समस्या छैन।
वितरणयोग्य मुनाफा:
कम्पनीको तेश्रो त्रैमाससम्म वितरणयोग्य मुनाफा ६४ करोड १२ लाख मात्र रहेको छ । त्यस्तै गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य मुनाफा १ अर्ब माथि थियो । यसरी वितरण योग्य मुनाफामा निकै ठुलो गिरावट आएको छ ।
निस्कर्ष:
कैलाश विकास बैंकलाई प्राप्ति गरेपश्चात प्राईम कमर्शियल बैंक आधारभूत रुपमा बलियो भएको छ। कैलाश विकास बैंकलाई प्राप्त गरेपश्चात बैंकको वृद्धि भएको पुँजीको अनुपातमा खुद मुनाफा वृद्धि गर्न असफल भएको देखिन्छ । जसको फलस्वरूप प्रतिशेयर आम्दानी आकर्षक आउँन सकेन । वितरणयोग्य मुनाफा घट्नु चाही शेयरधनीको कोणबाट सकारात्मक देखिदैन् ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार