उखु किसानको रकम तत्काल भुक्तानीको व्यवस्था गर्न निर्देशन
नेपालबहस संवाददाता
बैशाख २४, २०७७ बिहिबार ३:५४:३४
२४ बैशाख, काठमाडौं । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको बाँकी रहेको भुक्तानी तत्काल उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले उपभोक्तालाई सुलभ र सुपथ मूल्यमा चिनी उपलब्ध गराउन र चिनी उद्योगका समस्यालाई पनि छलफलका आधारमा समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिएको छ ।
बैठकले कर्कटपातामा मुलुक आत्मनिर्भर भइसकेको हुँदा स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न ककर्टपाता आयातलाई रोक लगाउन सुझाव दिएको सभापति विमाल श्रीवास्तवले जानकारी दिए । गोर्खाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पबाट धेरै घर क्षति भएपछि सरकारले तत्कालको माग धान्न बाहिरबाट जस्तापाता आयात गर्ने र त्यसमा भन्सार छुट दिने नीति बनाएको थियो ।
भूकम्पछिको पुनःनिर्माण अन्तिम चरणमा पुगेको र मुलुकको माग धान्न सक्ने जस्तापाता स्वदेशमै उत्पादन हुने ठहर गर्दै समितिले सरकारलाई उक्त निर्देशन दिएको हो । यसअघि समितिले स्वदेशी उद्योगीसँग छलफल गरी राय सुझाव लिएको थियो ।
बैठकले स्वदेशमै उत्पादन हुने टेलिभिजनका पार्टपुर्जामा लिँदै आएको दोहोरो कर हटाउन सरोकारवालासँग छलफल गरी निर्णयमा पुग्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । विविध कारणले बन्द रहेको टेलिभिजन उत्पादनसम्बन्धी उद्योग सञ्चालनमा ल्याउन सरकारलाई तत्काल पहल गर्न समितिले निर्देशन दिएको छ । त्यस्ता उद्योग बन्द हुँदा हजारौँको सङ्ख्यामा श्रमिक रोजगारी गुमेर अलपत्र परेका सभापति श्रीवास्तवले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार