संक्रमणबाट बच्न ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
नेपालबहस संवाददाता
बैशाख २५, २०७७ बिहिबार १८:३६:४८
२५ बैशाख, प्युठान । कोरोना संक्रमणबाट बच्नका लागि सरकारले गरेको लकडाउनका समयमा पनि जिल्लामा ८४ वर्ष पुगेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिइएको छ । प्युठानका नौ वटै स्थानीय तहका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिइएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताए ।
जिल्लाका ६४ स्वास्थ्य संस्थामार्फत ज्येष्ठ नागरिकसँगै दीर्घरोगीको पनि जाँच गरिएको छ । स्वास्थ्यकर्मीले सुरक्षित तवरले ज्येष्ठ नागरिकलाई नेपाल सरकारमार्फत प्राप्त भएको निः शुल्क औषधि तथा जाँच सेवा परामर्श दिइँदै आएको सुवेदीले बताए। प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य कार्यालय प्युठान मातहतका स्वास्थ्य संस्थामार्फत यो सेवा सञ्चालन गरिएको हो । सेवाअन्तर्गत महिनामा कम्तीमा दुई पटक ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिन्छ ।
प्युठान ५ जुम्रीकाढाँ पातलकटेरीकी ९१ वर्षीया मनि खड्काले सबै बन्द भएको समयमा पनि यसरी सेवा गर्न स्वास्थ्यकर्मी आएकोमा खुशी व्यक्त गरे। स्थानीय तहका ६४ वटा वडामा एक हजार २०८ जना ८४ वर्ष पुगेका नागरिक छन् । स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीबाटै तिनको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार