काेराेनाका कारण अप्रिलमा विश्वव्यापी खाद्य सामग्रीको मूल्यमा गिरावट
नेपालबहस संवाददाता
बैशाख २५, २०७७ शुक्रबार ४:२४:२१
२५ बैशाख, एजेन्सी । विश्व बजारमा खाद्य सामग्रीको मूल्यमा अप्रिल महिनामा पनि गिरावट देखिएको संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन ‘एफएओ’ ले बिहीबार जानकारी गराएको छ । विश्वव्यापी महामारीका रूपमा कोरोना भाइरसको सङ्क्रमणका कारण खाद्यान्नको मागमा देखिएको कमीका कारण मूल्यमा गिरावट आएको हो ।
खाद्य सामग्रीको समग्र सूचकाङ्कमा मार्चको तुलनामा अप्रिलमा ३.४ प्रतिशतले न्यूनता देखिएको र यस बर्ष निरन्तर तेस्रो पटक खाद्य सामग्रीको मूल्यमा गिरावट देखिएको र यसो हुनुमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा कोरोना भाइरसको प्रकोप जिम्मेवार रहेको एफएओले जानकारी गराएको छ ।
अप्रिलमा सबै सह–सूचकाङ्कमा मूल्यमा व्यापक गिरावट आएको छ र यसको अग्रता चिनीको मूल्यले लिएको छ । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा अघिल्लो महिनाको तुलनामा १४.६ प्रतिशतको कमी देखिएको छ । एफएओका अनुसार खाद्य सामग्रीमा आएको गिरावटको एउटा कारण इन्धनको मूल्यमा देखिएको गिरावट पनि रहेको मान्न सकिन्छ ।
खाद्य सामग्रीमध्ये सबैभन्दा कम मूल्य गिरावट समग्रमा धान, गहुँ, मकै र दालजन्य सामानमा गत महिनाको तुलनामा ०.१ प्रतिशतको गिरावट भएको उल्लेख राष्ट्रसंघ खाद्य तथा कृषि संगठनको तथ्याङ्कमा उल्लेख छ । रूसले गहुँको निर्यातमा गरेको कडाईका र विश्वमा धानको बढी मागका कारण धन र गहुँको मूल्यमा यो वर्ष उल्लेख्य वृद्धि हुने बताइएको छ भने यसलाई मकै लगायत अन्य खाद्यबालीको मूल्यमा आएको गिरावटले निकै प्रभावित पार्नेछ । ल्याटिन अमेरिकामा मकै उत्पादन र इथानोलको मागमा देखिएको कमीका कारण मकैको मूल्यमा गिरावट आएको हो ।
अप्रिलमा अघिल्लो महिनाको तुलनामा खासगरी पाल्म बनस्पती तेलको मूल्यमा ५.२ प्रतिशतको गिरावट आएको एफएओले जनाएको छ । यस्तै मागमा आएको कमीका कारण दुघ्धजन्य पदार्थको मूल्यमा ३.६ प्रतिशत मासुको मूलयमा २.७ प्रतिशतको गिरावट देखिएको छ । तर यी सामानहरूको माग चीनमा भने बढेको छ । एफएओको खाद्य मूल सूचकाङ्क आधारवर्षको तुलनाका लागि विभिन्न ७३ खाद्य उत्पादनमा भूमिका खेल्ने २३ महत्वपूर्ण खाद्य उत्पादनमा आधारित भएर गरिएका हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार