चीनबाट स्वास्थ्य सामग्री ल्याएर आइपुग्यो हिमालय एयरलाइन्स
नेपालबहस संवाददाता
बैशाख २७, २०७७ शनिबार १५:४०:५६
आजै नेपाल एयरलाइन्सको वाइडबडी जहाजले ग्वान्जाओमा चार्टर्ड उडान गर्दै
२७ बैशाख,काठमाडौं । नेपालबाट अन्तराष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । छोङछिङजियाङबे अन्तराष्ट्रिय विमानस्थलबाट स्वास्थ्य सामग्री बोकेर आएको हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन एएलडब्लु कार्गो जहाज आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
उक्त कार्गो जहाजले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण ‘पीपीई’, मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याएको एयरलाइन्सले जनाएको छ । यी स्वास्थ्य सामग्री चीन सरकारले नेपाल सरकारलाई सहयोग गरेको हो । उक्त जहाजबाट छ हजार ८९२ केजी स्वास्थ्य सामग्री ल्याइएको विमानस्थलले जनाएको छ ।
कार्गो उडानका चालकदलले सरकारी मापदण्डअनुरुप आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा उपायहरु अवलम्बन गरेको पनि कम्पनीले उल्लेख गरेको छ । हिमालय एयरलाइन्सको कार्गो जहाज आज बिहान काठमाडौं अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए । उनका अनुसार आजै नेपाल वायुसेवा निगम ‘नेपाल एयरलाइन्स’को वाइडबडी जहाजले ग्वान्जाओमा चार्टर्ड उडान गर्दैछ । ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याउनका लागि नेपाल एयरलाइन्स त्यसतर्फ जान लागेको हो । सो जहाज नेपाली सेनाले चार्टर्ड गरेको बताइएको छ । त्यसैगरी हिमालय एयरलाइन्सको न्यारोबडी जहाज पनि आजै छोङछिङ उड्नेछ । यी दुवै जहाज कार्गो चार्टर्ड उडान हुन् ।
लकडाउनको अवधिमा हिमालयको चीनमा यो पाचौँ कार्गो उडान हो । यसअघि चीनको ग्वान्जाओ र चाङशामा चारवटा कार्गो उडान गरेको थियो । यी उडानले कोभिड–१९ रोगको नियन्त्रण र रोकथाममा प्रयोग हुने अत्यावश्यक स्वास्थ्य सामग्री ढुवानी गरेका हुन् । बेइजिङमा नियमित यात्रु उडान सञ्चालनपश्चात हिमालय एयरलाइन्सले २३ जनवरी २०२० मा छोङछिङलाई चीनको पाँचौँ गन्तव्य बनाइ प्रतिहप्ता एक सिधा उडानमार्फत नियमित हवाई सम्पर्क स्थापना गरेको थियो ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कोभिडका बिरामी बढेसँगै अनिवार्य स्वास्थ्य सामम्रीको आवश्यकता बढ्दै गएको सन्दर्भमा कार्गो चार्टर्ड उडानको माग वृद्धि भएकाले कम्पनीले चीनका विभिन्न गन्तव्यमा कार्गो उडान गरिरहेको बताए । उनले लकडाउनको अवधिमा चीनका विभिन्न शहरहरुमा थप चार्टड उडानको सम्झौता गर्न सफल भएकामा खुशी व्यक्त गर्दै छोङछिङ कम्पनीका लागि चीनको प्रमुख गन्तव्यमध्ये एक भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार