सीमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती
नेपालबहस संवाददाता
बैशाख २७, २०७७ आइतबार २:३२:५१
२७ बैशाख, बैतडी । अवैधरुपमा भारतबाट नेपाल भित्रिने क्रम नरोकिएपछि भारतसँगको सीमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त गस्ती थालेको छ । भारतसँग सीमा जोडिएको जिल्लाको ६१ किलोमिटर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त गस्ती शुरु गरेको हो ।
भारतबाट महाकाली नदीमा ट्युबमार्फत स्वदेश भित्रिनेक्रम नरोकिएकाले संयुक्त गस्ती शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । सीमाक्षेत्रमा अवैधरुपमा भित्रिन नदिन २४ घण्टा गस्ती गरिन लागिएको उनले बताए । यसअघि भारतसँग सीमा जोडिएका जिल्लाका छ ठाउँमा सशस्त्र प्रहरीले पोष्ट खडा गरी सुरक्षा दिइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिए।
सीमा क्षेत्रमा संयुक्त गस्ती गरेर कडाइ गरिएको भनिए पनि सुरक्षाकर्मी छलेर नेपाल भित्रिनेक्रम भने रोकिएको छैन । गएराति मात्रै दुई जना दैलेखका र एक जना मुगुका गरी तीन जना महाकाली तरेर भित्रिएका छन् । उनीहरु दशरथचन्द नगरपालिका खडेनीबाट महाकालीबाट ट्युबमार्फत आएका प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार