यसरी धरासायी बन्दैछ, बैंक अफ काठमाण्डू ? अधिकांश सुचक ऋणात्मक
आर्थिक संवाददाता
बैशाख २८, २०७७ सोमबार ०:२५:४८
२८ बैशाख, काठमाडौं । वाणिज्य बैंकहरु मध्ये कुनै समयको लिडर बैंककाे रूपमा गनिने बैंक अफ काठमाण्डू केही वर्षयता भने दिन प्रतिदिन खस्किदो अवस्थामा छ । कोरोना भाइरसको कारणले उत्पन्न लकडाउनले मात्र हाेइन अन्य आन्तरिक बेथितिका कारण पनि बैंकलाई नराम्रो असर पुर्याएको छ ।
तेस्राे त्रैमासमा आइपुग्दा बैंक अफ काठमाण्डूकाे संचित मुनाफा र वितरणयोग्य मुनाफा पनि ऋणात्मक भएको छ ।कम्पनीको प्रकाशित रिपोर्ट अनुसार प्रतिशेयर आम्दानी १३ रुपैयाँ ६३ पैसा पुगेको छ । खुद मुनाफामा आएको गिरावटको कारणले गर्दा कम्पनीको प्रतिशेयर आम्दानीमा पनि ठूलो गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९२ पैसा थियो ।
बैंक केही समय अघि ठूलो विवादमा परेको थियो । खोलाको जग्गाको नक्कली लालपुर्जा बनाएर बीओकेले ऋण स्वीकृत गरेको काण्डले सबैको ध्यान केन्द्रित गराएको थियो । यसमा बिओकेका पूर्व प्रमुख कार्यकारी अधिकृतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक लिमिटेड मर्ज भएपश्चात दुई पक्ष बीचको तालमेल नमिल्दा बैंकले बजारमा आक्रामक प्रस्तुति गर्न नसकेको प्रस्ट देखिन्छ । मर्जरपश्चात कर्मचारीहरु बीच गुटबन्दी हावी हुँदा बैंक दिन प्रतिदिन दलदलमा केन्द्रित भएको देखिन्छ ।
यस बैंक संचालक समितिको अध्यक्षमा प्रकाश श्रेष्ठ छन् । त्यस्तै संचालक समितिको सदस्यमा राधेश पन्त, जीतेन्द्र धिताल, हेमराज सुवेदी, गोविन्दप्रसाद शर्मा रेग्मी , मदनलाल जोशी र मोहोना लोहनी छन् । त्यस्तै बैंक उच्च व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृतको रुपमा शोभनदेव पन्त रहेका छन् । त्यसैगरि नायब प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्के छन् ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को तेश्रो त्रैमास र आर्थिक वर्ष ०७५/७६ को तेश्रो त्रैमासलाई दाँजेर हेर्दा :
खुद ब्याज आम्दानीमा सामान्य वृद्धि :
बैंकको प्रमुख आम्दानीको श्रोतकाे रूपमा रहेको खुद ब्याज आम्दानीमा सामान्यमात्र वृद्धि देखिएको छ । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २ अर्ब ८७ करोड खुद व्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले २ अर्ब ७३ करोड खुद व्याज आम्दानी गरेको थियो । यसरी खुद व्याज आम्दानी ५ प्रतिशतले मात्र वृद्धि भएको छ ।
खुद मुनाफामा गिरावट:
संचालन मुनाफामा २८ प्रतिशतले घटेसँगै कम्पनीको खुद मुनाफा पनि २७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमासमा १ अर्ब २० करोड खुद मुनाफा गरेको कम्पनीले अहिले भने ८७ करोड ३४ लाख मात्र खुद मुनाफा गरेको छ ।
कम्पनी तेश्रो त्रैमाससम्म आइपुग्दा संचालन जोखिमवापत भने निकै धेरै रकम व्यवस्थापन गर्नु परेको छ । गत आर्थिक वर्षको चैत्र महिनासम्म २४ करोड ९५ लाख जोखिमवापत व्यवस्थापन गर्नु परेकोमा यस त्रैमाससम्म आईपुग्दा ८० करोड ६५ लाख पुगेको छ । जोखिमवापत निकै ठुलो रकम व्यवस्थापन गर्नु पर्दा बैंकको नाफामा ठुलो असर परेको देखिन्छ ।
जगेडा कोष वृद्धि हुँदै संचित मुनाफा घट्दै :
कम्पनीको जगेडा कोषमा १५ प्रतिशतको वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ अर्ब ५२ करोड रहेको जगेडा कोष अहिले ५ अर्ब २० करोड पुगेको छ । तर संचित मुनाफा भने १०६ प्रतिशतले घट्दै ८ करोड ५९ लाख ऋणात्मक भएको छ । शेयर प्रीमियम शिर्षकमा भने कुनै रकम छैन ।
निक्षेप र कर्जा प्रवाहमा सामान्य वृद्धि :
बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमास र अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन ९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह १२ प्रतिशतले मात्र वृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ८९ अर्ब ७७ करोड निक्षेप संकलन गरी ७८ अर्ब ७२ करोड कर्जा प्रवाह गरेको छ ।
प्रतिशेयर आम्दानी आकर्षक हुन सकेन :
खुद मुनाफामा ठूलो गिरावट आएसँगै कम्पनीको प्रतिशेयर आम्दानी निकै कम भएको छ । कम्पनीको अहिलेको वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैंया ६३ पैसा मात्र रहेको छ ।
मूल्य आम्दानी अनुपात १६ गुणा:
कम्पनीको अन्तिम बजार मूल्य २१८ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १६ आउँछ । धेरै वाणिज्य बैंकसँग दाँजेर हेर्दा यो अलिकता महँगो देखिन्छ।
खराब कर्जा घटाउन सफल:
गत वर्ष तेश्रो त्रैमासमा २ दशमलव १२ प्रतिशत रहेको खराब कर्जा अहिले भने २ प्रतिशत भन्दा कममा आएको छ । प्रकाशित रिपोर्ट अनुसार कम्पनीको खराब कर्जा १ दशमलव ५३ प्रतिशत रहेको छ ।
आधार व्याजदर घट्यो :
कम्पनीले आधार व्याजदर घटाउन सफल भएको छ । कम्पनीको अहिले आधार व्याजदर ९ दशमलव ३३ प्रतिशत रहेको छ ।
स्प्रेडदर सन्तुलित :
बैंक अफ काठमाण्डू पहिलेदेखि नै व्याजदर अन्तरलाई रास्ट्र बैंकले तोकेको सीमा कै वरिपरि राख्दै आएको छ । राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म ४ दशमलव ४० प्रतिशत गर्ने निर्देशनमा यस बैंकको स्प्रेडदर भने ४ दशमलव ८० प्रतिशत छ । स्प्रेडमा ठूलो अन्तर राखेका बैंकलाई एकैपटक स्प्रेड घटाउँदा नाफामा असर पर्ने देखिन्छ तर बैंक अफ काठमाण्डूलाई भने सो समस्या छैन ।
वितरणयोग्य मुनाफा:
कम्पनीको तेश्रो त्रैमाससम्म वितरणयोग्य मुनाफा ९ करोड ८ लाख ऋणात्मक मात्र रहेको छ । त्यस्तै गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य मुनाफा ७३ करोड माथि थियो । यसरी वितरण योग्य मुनाफामा निकै ठुलो गिरावट आएको छ ।
निस्कर्ष:
कोरोना भाइरस र आन्तरिक विवादले बैंक अफ काठमाण्डूलाई ठूलो असर गरेको छ । वितरण योग्य मुनाफा र संचित मुनाफा ऋणात्मक हुँदा लगानीकर्ताकाे हात शुन्य हुने अवस्था देखिएको छ । खुद मुनाफामा ठूलो गिरावट आउँदा बैंकको प्रतिशेयर आम्दानी लाजमर्दो भएको छ । अब चौथो त्रैमासमा बैंकले निकै ठूलो चुनौतीको सामान गर्नुपर्ने देखिएको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार