आरडीटी अभावले एकसातादेखि कोरोना जाँच बन्द, क्वारेन्टाइनमा बसेका परीक्षण बिना नै डिस्चार्ज !
नेपालबहस संवाददाता
बैशाख २८, २०७७ सोमबार १:१२:१९
◊ धीरुभाइ
२८ बैशाख सप्तरी । सरकारले कोरोनाबाट बच्न र बचाउन लकडाउन लम्बियाउदै आएको छ । तर, कोरोना परीक्षण कछुवाको गतिमा सञ्चालन गरिरहेको स्पष्ट भएको छ । सप्तरी जिल्लामा आरडीटी किट नहुँदा पछिल्लो एकसातादेखि कोरोना भाइरसको प्रारम्भिक परीक्षण बन्द रहेको छ भने क्वारेन्टाइनमा बसेकाहरुलाई जाँच बिना नै घर पठाउने ‘डिस्चार्ज’ गर्दै आएका छन ।
यसले जिल्लावासीमा कोरोना जोखिमको त्रास बढेको छ भने क्वारेन्टाइनको बसाइ, कोरोना नियन्त्रणका लागि जारी लकडाउन माथि नै प्रश्न उठन थालेको छ । द्रुत गतिमा परीक्षणको दायरा बढाउनु पर्नेमा झन सुस्ताएको छ । सप्तरी स्थित स्वास्थ्य कार्यालय र गजेन्द्र नारायण सिंह अस्पताललाई प्राप्त आरडीटी किट सकिएको एकसाता भइसकेको जानकारी दिदै स्वास्थ्य कार्यालयका निमित प्रमुख दुनियालाल यादवले किट सकिनुअघि नै माग गरेकामा अहिलेसम्म प्राप्त नभएकोले सो प्रविधिको जाँच बन्द रहेको बताए।
कोरोना भाइरस संक्रमणको आशंकामा प्रारम्भिक जाँच आरडीटी किटबाटै नै गरिने उनले भने, आडीटी जाँचमा पोजेटिभ आएमा मात्र पीसीआर परीक्षण गरिदै आएका थियौ । आरडीटी किटका लागि १० दिन अगााडी नै सम्बद्ध माथिल्लो निकाय प्रदेश २ का सामाजिक विकास मन्त्रालय, स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र, स्वास्थ्य निर्देशनालय जनकपुरधाममा माग गरिसकेको उनले तर, आजसम्म किट प्राप्त भइनसकेको बताए । किट नहुँदा क्वारेन्टाइनमा समय पुगेकाहरुको समूहको एक जनाको स्याम्पल लिई पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएमा पुरै समूहलाई डिस्चार्ज गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
यता क्वारेन्टाइनमा बसेकाहरुको समय पुगेपछि अनिवार्य कम्तिमा आरडीटी गर्नु पर्दछ । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि थप सात दिन होम क्वारेन्टाइनमा राख्ने गरी डिस्चार्ज गर्नु पर्ने निर्देशिकामा उल्लेख छ । क्वारेन्टाइनमा दुई सात (१४ दिन) बिताइसकेको भएपनि आरडीटी नहुँदा क्वारेन्टाइनमै थप समय बसाउन नसिकने हुँदा स्याम्पलिङ्गको भरमा डिस्चार्ज गरिरहेको स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।
स्वास्थ्य कार्यालयलाई अहिलेसम्म कूल आठ सय आरडीटी किट प्राप्त भएकोमा सबै नै खर्च भएको एकसाता भइसकेको बताइएको छ । जिल्लाको विभिन्न क्वारेन्टाइनमा गरी आइतबार दिउँसोसम्म ५१ महिला र २०५ पुरुष गरी २५६ जना क्वारेन्टाइनमा रहेको छ ।
भीटीएम किट पनि अभाव
स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि आवश्यक भीटीएम ‘भाइरल ट्रान्सपोर्ट मिडिया’ किट पनि पर्याप्त छैन । कामचलाउन रुपमा प्रयोग भइरहेको छ । एक सय ४० वटा भीटीएम किटमध्ये ५४ वटा खर्च भइसकेको र ८६ वटा मात्र बाँकी रहेकोले पीसीआर परीक्षणका लागि स्वाब संकलन कार्य बिस्तारै भइरहेको स्वास्थ्य प्रमुख यादवले बताए ।
भीटीएम किट पर्याप्त नहुँदा इमरजेन्सी र अति आवश्यक बाहेकको पीसीआर परीक्षणको लागि स्वाब संकलन गर्न नसकिएको उनको कथन छ । न्यूनतम क्वारेन्टाइनमा बसेका र विदेशबाट आएका सबैको आरडीटी र पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने चिकित्सकहरुको कथन छ । जिल्लामा न्यूनत्तम एक हजार जनाको कोरोना परीक्षण गरिने लक्ष्य लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार
दिउँसो २ बजेलाई सारियो प्रतिनिधिसभा बैठक
जेठ ६, २०८१ आइतबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार