एक लाख क्विन्टल चामल खरीदका लागि बोलपत्र आह्वान गरिँदै
नेपालबहस संवाददाता
बैशाख २९, २०७७ सोमबार २०:१३:५२
२९ बैशाख, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मौज्दात सकिनै लाग्दा एक लाख क्विन्टल चामल खरीदका लागि तेस्रो पटक बोलपत्र आह्वान गर्दैछ । यसअघि दुई चोटि बोलपत्र आह्वान गरिँदा पनि पर्याप्त आवेदन परेन ।
पछिल्लो बोलपत्र आह्वान गरेको १९ दिन हुँदा पनि खरीद प्रक्रिया शुरु हुन सकेको छैन । कम्पनीले भण्डारण खाली भएको जनाउँदै पहिलो पटक गत चैत ५ गते ३० दिनको समयसीमा राखेर बोलपत्र आह्वान गरेको थियो । उक्त समयमा कुनै आवेदन नपरेपछि पुनः यही वैशाख १० गते १५ दिनको अवधि राखेर दोस्रो बोलपत्र आह्वान ग¥यो । उक्त अवधिमा दुई जनाको आवेदन परे पनि अन्तिम दिन सम्पर्कमा नआउँदा चामल खरीद अन्योलमा परेको कम्पनीले जनाएको छ ।
दोस्रो पटकको बोलपत्रमा समेत चामल खरीदको प्रक्रिया शुरु हुन नसकेपछि कम्पनीले बजारको अवस्थालाई अध्ययन गरेर पुनः बोलपत्र आह्वानको तयारी गरेको छ । तेस्रो पटक बोलपत्र आह्वानको तयारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए।
उनका अनुसार लकडाउनका कारण बजारमा खाद्यान्न मूल्य वृद्धि भएको र पुरानो दरमा कुनै पनि संस्था तथा व्यक्तिले आवेदन दर्ता नगराएपछि बजारको अवस्था अध्ययन गरेर पुनः बोलपत्र आह्वान गरिने तयारी भएको हो ।
सम्भवतः एक दुई दिनमा नै मूल्यसम्बन्धी अध्ययन सकेर बोलपत्र आह्वान गरिने कम्पनीले जनाएको छ । कम्पनीले सात कार्यालय विराटनगर, लहान, काठमाडौंं, नेपालगञ्ज, धनगढी तथा शाखा कार्यालय वीरगञ्ज र सुर्खेतका लागि बोलपत्र आह्वान गरेको हो । काठमाडौंसहित १४ जिल्लामा कम्पनीसँग चामल र धान ‘चामल बन्ने अनुमान’ दुवै गरी हाल अठार हजार १३८ मेट्रिक टन चामल मौज्दात छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार