यस बर्ष अन्तराष्ट्रिय पर्यटन ८० प्रतिशतसम्म खुम्चिने
नेपालबहस संवाददाता
बैशाख २९, २०७७ मंगलबार ३:२१:२४
२९ बैशाख, काठमाडौं । अन्तराष्ट्रिय पर्यटनमा यस बर्ष ६० देखि ८० प्रतिशतसम्म गिरावट आउनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व पर्यटन सङ्गठन ‘युएनडब्लुटीओ’ले कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले पर्यटकहरुको सङ्ख्यामा कमी आउने जनाएको हो ।
यस बर्षको पहिलो चौमासिकमै पर्यटकको सङ्ख्यामा २२ प्रतिशत कमी आएको पनि अन्तराष्ट्रिय यस संस्थाले जनाएको छ । विश्व स्वास्थ्य संगठनको अनुमान र अहिलेसम्मको अवस्थालाई हेर्दा अघिल्लो बर्षको तुलनामा यस बर्षभरीमा ६० देखि ८० प्रतिशत पर्यटक घट्ने देखिएको विश्व पर्यटन सङ्गठनले बताएको छ ।
यस क्षेत्रका दशौँ लाख जीवजन्तु खतरामा रहेको र यसले दिगो विकास लक्ष्य ‘एसडीजि’लाई पनि असर गर्ने देखिएको सङ्गठनले जनाएको छ । कोरोना भाइरसका कारण विश्वले अहिले अनपेक्षित रुपमा स्वास्थ्य र आर्थिक सङ्कट झेलिरहेको छ । यसले पर्यटन क्षेत्रलाई पनि नराम्रोसँग असर पारेको राष्ट्रसङ्घीय अधिकारीहरुले बताएका छन् ।
“रोजगारीको धेरै अवसर दिएको पर्यटन क्षेत्रमा कार्यरत दशौँ लाख मानिसको रोजगारी सङ्कटमा परेको छ,” युएनडब्लुटिओका महासचिव जुराब पोलोलिकाश्भीलीले भने । कोरोना भाइरसको सङ्क्रमणको डरले अधिकांश देशहरुले आवतजावतलाई बन्द गरेका छन् भने अधिकांश देशका नाका र हवाई सेवा पनि बन्द रहेका छन् ।
यसले अन्तरदेशीय पर्यटनलाई अत्यधिक धेरै असर पारेको छ भने आन्तरिक पर्यटनलाई कम असर पारेको छ । कोरोना भाइरसबाट सवैभन्दा धेरै एशिया प्रशान्त क्षेत्रमा र युरोपलगायतका देशहरुमा प्रभाव धेरै परेको देखिएको छ । कोरोना भाइरसको प्रभाव बढी परेकै क्षेत्रमा पर्यटन व्यवसायले पनि ठूलो क्षति भोग्नु परेको छ ।
यो बर्षको बाँकी समयमा कति क्षति हुन्छ भन्ने कुरा कोरोना भाइरसको सङ्क्रमण कति फैलिन्छ र कति देशहरुले कहिलेसम्म लकडाउन र सिमाना तथा उडान सेवा कहिलेसम्म बन्द गर्छन् भन्ने कुरामा निर्भर रहने पनि संगठनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार