तीन आइल्याण्डका नेपालीको नेपाल फर्कने चाहना
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ मंगलबार १३:५२:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/images_S0UkxHNuDz.jpg)
३० बैशाख, काठमाडौं । विभिन्न देशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल फर्काउने नेपाल सरकारले बताइरहँदा बेलायतको प्रवासी क्षेत्रको रूपमा रहेका तीन आइल्याण्डमा रहेका नेपालीले समेत आफूहरुलाई नेपाल फर्काउन आग्रह गरेका छन् ।
के म्यान आइल्याण्ड, टर्क एण्ड केइकस आइल्याण्ड र बर्मुडा आइल्याण्डमा कामदारका रूपमा गएका नेपालीले आफूहरुलाई नेपाल फर्काउन आग्रह गरेका हुन् । के म्यान र टर्क आइल्याण्ड क्यारेबियन सागरको बीचमा पर्छ भने बर्मुडा नर्थ एटलान्टिक सागरको बीचमा पर्दछ ।
तीनवटै आइल्याण्ड बेलायतको ‘टेरिटोरी’ आइल्याण्ड भए पनि दूरीका हिसाबले अमेरिकाको नजिक पर्दछन् । विश्वकै उत्कृष्ट पर्यटकीय क्षेत्रभित्र पर्न आउने तीन आइल्याण्डमा होटल, रेष्टुरेण्टलगायत पर्यटनसँग सम्बन्धित क्षेत्र र कम्पनी, सुरक्षा कम्पनी, ब्यूटिपार्लरमा काम गर्ने नेपाली त्यहाँ रहेका छन् । के म्यानमा लकडाउनका कारण काम ठप्प भएको र ठूला तथा अन्तर्राष्ट्रिय ब्राण्डका होटलमा कार्यरत नेपालीलाई न्यूनतम तलब दिइएको भए पनि अन्य होटल तथा रेष्टुरेण्ट र ब्यूटिपार्लरलगायतका क्षेत्रमा रहेका नेपाली बेतलबी अवस्थामा रहेको के म्यान आइल्याण्डबाट रविन श्रेष्ठले जानकारी दिए । पूर्ववतरूपमा काम सञ्चालन हुने तत्काल सम्भावनासमेत नदेखिएकाले कम्पनीहरुले समेत देश फर्कन सके फर्कन सूचित गरेको काठमाडौँका श्रेष्ठले बताए ।
उता बर्मुडाबाट नरेन्द्र मर्हजनले दिएको जानकारीअनुसार त्यहाँ रहने अधिकांश नेपाली होटलमा कार्यरत छन् । लकडाउनपश्चात होटलले १२ हप्तासम्मका निम्ति न्यूनतम तलब दिने जनाएअनुसार पाँच हप्ताको तलब नेपालीले लिइसकेका छन् । अबको सात हप्तापछि के हुने हो भनेर आफूहरु चिन्तित बनेको कीर्तिपुरका महर्जनले बताए ।
यस्तै टर्क एण्ड केइकसमा रहेका लीला उप्रेतीले त्यहाँ पनि अधिकांश नेपाली होटल क्षेत्रमा कार्यरत रहेको भन्दै केही समयका लागि लकडाउनको अवधिमा आधा तलब होटलले दिइरहेको बताए । अब यो अवस्था कहिलेसम्म जाने हो यकिन नभएकाले भविष्यमा आउन सक्ने सङ्कटले टर्क एण्ड केइकस आइल्याण्डमा रहेका कतिपय नेपाली नेपाल फर्कन खोजेको धादिङका उप्रेतीले जानकारी दिए ।
ती आइल्याण्डहरुमा नेपालीको यकिन सङ्ख्या थाहा नभए पनि के म्यानमा ३०० देखि ३५०, बर्मुडामा ६० देखि ७० र टर्क एण्ड केइकस आइल्याण्डमा ५० देखि ६० नेपाली कामदारका रूपमा रहेको बताइन्छ । यी आइल्याण्डहरु पयर्टकीय गन्तव्यभित्र पर्ने हुँदा त्यहाँ बसोबास गर्न निकै महङ्गो पर्दछ । यता बेलायतस्थित नेपाली दूतावासका मिसन उपप्रमुख एवं प्रवक्ता शरदराज आरणले आइल्याण्डमा रहेका नेपालीसँग दूतावासको सम्पर्क भइरहेको जानकारी दिए । उनले नेपाल जाने अवस्था निर्माण भए उनीहरुलाई आवश्यक पर्ने सहयोग दूतावासबाट गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
कलाकार संघले भन्यो- स्वस्तिमा-साम्राज्ञीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार