शेयर किनबेच गर्दै हुनुहुन्छ ? कुनै समस्या भए नेप्सेकाे १६६००१२५०२५ मा फोन गर्नुस
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ मंगलबार १८:१७:१६
३० बैशाख, काठमाडौं । धितोपत्रको दोस्रो बजार कारोवारमा आउन सक्ने सम्भावित गुनासो समाधानका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ‘हेल्प डेस्क’ स्थापना गरेको छ । धितोपत्र बोर्डमा यही वैशाख २६ गते भएको सरोकारवालाको बैठकमा लगानीकर्ताको गुनासा सुन्ने र समाधान गर्ने सम्बन्धमा हेल्प डेस्कको व्यवस्था गर्ने विषयमा सहमति भएको थियो ।
कारोवारका क्रममा कुनै पनि समस्या वा गुनासा आएमा उक्त हेल्प डेस्कमा सम्पर्क गर्न सकिने स्टकका सहायक प्रवक्ता आकृति दङ्गालले जानकारी दिइन् । नेप्सेले कुनै समस्या भएमा टोल फ्री नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
लकडाउनका कारण बन्द भएको धितोपत्र बजार आजदेखि नियमित सञ्चालनमा आउँदै छ । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन लकडाउन घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङ्गलबारदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो । बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५०औँ दिनमा खुल्न लागेको हो । दोस्रो बजार कारोवार तत्कालका लागि दैनिक दुई घण्टा ‘बिहान ११ः०० देखि १ः०० बजेसम्म’ सञ्चालन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार