लकडाउनका बेला नर्भिक र मनमोहन अस्पतालको ठगी
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ बुधबार १:१७:५६
३० वैशाख, काठमाडौं । विश्वव्यापी कोरोना महामारीले नेपालमा आज ५० औं दिन पनि लकडाउन जारी छ । सरकारी अस्पताल बाहेक अधिकांश निजी स्वास्थ्य संस्थाहरु बन्द प्राय छन् । अरु बेला चर्को शुल्क लिएर स्वास्थ्य परीक्षण र उपचार गर्ने निजी अस्पतालहरु संकटका बेला भने गुमनाम छन् । गरिब, मजदुर र निम्न वर्ग बिहानबेलुकी खान नपाएर राहतको खोजीमा भौतारी रहेका छन् ।
हरेक नागरिक कोरोना महामारीबाट आक्रान्त भैरहेको बेला केही निजी स्वास्थ्य संस्थाहरु भने कमाउने धन्दामा सामेल भएको खबर छ । अरुबेला पनि चर्को शुल्क असुलेर सेवाग्राही ठग्न माहिर मानिएको नर्भिक इन्टरनेशनल हस्पिटल र सत्तारुढ नेकपाका उच्च नेताहरु संलग्न रहेको मनमोहन मेमोरियल अस्पताल भने यही मौकामा जनता ठग्न तल्लीन रहेको पाइएको छ । नर्भिक अस्पताल अर्बपति व्यापारी बसन्त चौधरीको हो ।
आफुलाई कवि, साहित्यकारको उपमा भिराएर हिड्ने बसन्त चौधरीको सो अस्पताल बेलाबेला विभिन्न विवादमा फस्ने गरेको छ । मापदण्ड विपरित अस्पताल भवन बनाएर शक्तिकेन्द्रको भरमा अस्पताल चलाइरहेका चौधरीले यही कोरोना महामारी शुरु भएको केही समय अघि पनि सेवारत नर्सहरुलाई बेतलबी बिदामा बस्न दवाव दिएको तथा केहीलाई जागीरबाटै निश्काशन गरेको समाचार सार्वजनिक भएको थियो ।
यही मेसोमा आज सेवाग्राहीसँग चर्को शुल्क लिएर ठगी गरेको भन्दै वाणिज्य विभागले मनोमोहन मेमोरियल अस्पताल ठमेललाई जरिवाना तोकेको छ । यस्तै चर्को शुल्क असुली ठगी गरेको उजुरीपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालसँग विभागले हिजो ३ दिने लिखित स्पष्टीकरण माग गरेको छ । आज मंगलबार गरिएको अनुगमनमा अल्ट्रा साउण्ड (यूएसजी) सेवा दिँदा धेरै नाफा लिएको पाइएपछि दुई लाख पचास हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । अस्पतालले ९ सय रुपैयाँमा शुल्कमा सेवा दिनुपर्नेमा १६ सय रुपैयाँ लिएको थियो ।
स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनमा निस्किएको विभागले बिरामीबाट यी दुई अस्पतालले पहिलेभन्दा चर्को शुल्क लिएको भेटेको थियो । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार आफ्ना पुराना नियमित बिरामीका लागि वैकल्पिक व्यवस्था गरिएको इमर्जेन्सी ओपिडी सेवामा रु ७५० लिएको भेटिएपछि जवाफ माग गरिएको हो ।
लकडाउनपूर्व हस्पिटलले सेवाग्राहीबाट आकस्मिक सेवाका लागि रु एक हजार २५० र बहिरङ्ग सेवाका लागि रु पाँच सय लिँदै आएको थियो । लकडाउनका कारण सरकारले नै बहिरङ्ग सेवा बन्द गर्ने निर्देशन दिएपछि आकस्मिक बहिरङ्ग सेवा सञ्चालन गरेर रु ७५० लिएर ठगी गरेको अनुगमनका क्रममा भेटिएको उनले जानकारी दिएका छन् ।
दुई पसललाई कारवाही
नियमित बजार अनुगमनका क्रममा आज दुई पसललाई कारवाहीस्वरुप जरिवाना गरिएको छ । बढी मूल्यमा खाद्यपदार्थ बिक्री गरेको भन्दै हात्तीगौँडास्थित बिगमार्टलाई रु तीन लाख र म्याद नाघेका सामान बिक्री गरेको भन्दै बुद्धनगरस्थित हाम्रो किनमेल सपलाई रु दुई लाख जरिवाना गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।
उनका अनुसार बिगमार्टले एक किलो मासको दालमा रु २७१ लिएको भन्दै उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरी उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार