दुई पत्रकारमा कोरोना पुष्टि भएपछि महासंघद्वारा पीसीआर परीक्षणको व्यवस्था गर्न माग
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ बुधबार १:५६:५२
३० बैशाख, काठमाडौं । कोरोना भाइरसविरुद्ध फ्रन्टलाइनमा काम गर्ने सञ्चारकर्मी पहिलोपटक यसको शिकार भएका छन् । आज पुष्टि भएका ५७ कोरोना संक्रमितमध्ये कम्तिमा दुईजना पत्रकार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पर्सा जिल्लाको वीरगञ्ज कार्य क्षेत्र बनाएर खटिएका चारजना पत्रकारहरुको पीसीआर परीक्षण गर्दा दुई जनामा पोजेटिभ रिजल्ट आएको बताइएको छ ।
पर्सामा आज भेटिएका ३९ जना संक्रमित मध्य दुईजना पत्रकारमा कोरोना पोजेटिभ रिजल्ट आएपछि स्थानीय अरु पत्रकारले समेत स्वास्थ्य परीक्षण गराउन थालेका छन् । यसबाट पत्रकार जगत् नै आतंकित बनेको अवस्था छ– स्थानीय पत्रकार राम सरार्फले नेपालबहस डटकमसँग भने । केही दिन अघि पर्सा प्रहरीले पत्रकारमाथि गरेको हातपात र दुव्र्यवहारको बिरुद्ध पत्रकारहरु चरणबद्ध आन्दोलनमा उत्रेका थिए । आजै पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारासहितको पत्रकारको टोलीले दोषी प्रहरीलाई कारवाहीको माग गर्दै सीडीओलाई ज्ञापनपत्र बुझाएको थियो ।
आजै मात्र दर्जन बढी पत्रकारले पीसीआर टेस्ट गराएको जानकारी पनि उनले दिए । बीरगञ्जमा करिब डेढसयको हाराहारीमा पत्रकार रहेका छन् । यसैबीच नेपाल पत्रकार महासंघले आजै प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारसमेत कोभिड–१९ को चपेटामा परेको भन्दै दुख प्रकट गरेको छ ।
महासंघका महासचिव रमेश विष्टद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– कोरोनाको उच्च जोखिमका बीच अग्रभागमा रहेर आमनागरिकलाई सुसूचित र सचेत गराउने गहन जिम्मेवारी बहन गरिरहेको सञ्चार क्षेत्र पनि यतिखेर आफैं प्रभावित हुनु दुखद र चिन्ताको विषय हो । यो संवेदनशील घडीमा सीमित स्रोत, साधन र अनेक कठिनाईका बाबजुद कार्यस्थलमा खटिएर पेशागत धर्म निभाइरहेका पत्रकारहरु अझ बढी गम्भिर र सचेत हुनु जरुरी छ – विज्ञप्तिमा उल्लेख छ ।
महासंघ यस्तो विषम परिस्थितिमा पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अबलम्बन गर्न सबै पत्रकारमा अपिल गर्दछ– विज्ञप्तिमा भनिएको छ । साथै कोरोना संक्रमणबाट अति प्रभावित क्षेत्रमा फ्रण्टलाइनमा खटिइरहेका पत्रकारका लागि तत्कालै पीसीआर प्रविधिबाट परीक्षणको व्यवस्था गर्दै आवश्यक पीपीईको समेत प्रबन्ध मिलाउन सरकारसँग माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार