कोरोना परीक्षणको दायरा बढेसँगै सङ्क्रमित थपिँदै : प्रवक्ता डा देवकोटा
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ बुधबार ३:७:१७
३० बैशाख, काठमाडौं । कोभिड–१९ को परीक्षणको दायरा बढेसँगै सङ्क्रमित पनि देखा पर्न थालेका छन् । पछिल्लो दिनमा कोभिड–१९ को परीक्षण बढाएसँगै सङ्क्रमित पनि देखा पर्न थालेका हुन् । सोमबार मात्र २४ जना सङ्क्रमित देखापरेका थिए भने आज मात्र ५७ जनामा सङ्क्रमण देखिएको हो ।
नेपालमा आज देखिएको अहिलेसम्मको सङ्क्रमित सङ्ख्या सबभन्दा ठूलो हो । यसअघि यति ठूलो सङ्ख्यामा सङ्क्रमित देखिएका थिएनन् । अहिलेसम्म १९१ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले परीक्षणको दायरा बढेकाले सङ्क्रमित पनि बढेको बताए । “पहिलेको तुलनामा परीक्षणलाई धेरै नै गरेको छाँै,” उनले भने, “परीक्षणको दायरा बढेकाले सङ्क्रमित पनि बढेका हुन् ।”
नेपालमा पहिलोपटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा माघ ९ गते सङ्क्रमण देखिएको थियो । त्यसपछि दोस्रो सङ्क्रमण त्यसको दुई महिनापछि चैत १० गते देखिएको थियो । ती दुवै सङ्क्रमित पूर्णरुपमा निको भई घर फर्किसकेका छन् । अहिलेसम्म ३३ जना घर फर्किसकेका छन् ।
अहिले १९ ठाउँमा पिसिआर र ७७ जिल्लामा आरडीटी परीक्षण गर्न थालिएको छ । अहिले दैनिक पीसीआरबाट एक हजार परीक्षण गरिएको छ । आजमात्र दुवै विधिबाट दुई हजार २३६ जनाको परीक्षण गरिएको छ । अहिलेसम्म पिसिआरबाट १८ हजार ९६४ जना र आरडीटीबाट ५९ हजार ६२७ जनामा परीक्षण गरिएको छ । प्रवक्ता डा देवकोटाले परीक्षणको दायरा बढिरहेकाले अझै सङ्क्रमित देखापर्ने बताए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले भारतबाट आउने मानिसहरुमा परीक्षण गर्दा सङ्क्रमण देखिएको बताए । उनले सम्भावित मानिसको कन्ट्र्याक टे«सिङ गर्दा सङ्क्रमित बढेको बताए । अस्पतालका निर्देशक डा राजभण्डारीले भारतबाट आएका सम्भावित सङ्क्रमित सबैको पिसिआरबाट परीक्षण गर्नुपर्ने बताउनुहुन्छ । आज ५७ जना देखिएकामा कपिलवस्तुका आठ, पर्साका ३९, रुपन्देहीका नौ र बाराका एक जना रहेका छन् ।
प्रवक्ता डा देवकोटाका अनुसार ती नयाँ सङ्क्रमितको उपचारका लागि अस्पताल लगिएको छ । अहिलेसम्म वीरगञ्जमा २७, राजविराज, भरतपुर तथा बर्दियामा एक–एक, विराटनगरमा १९, रुपन्देहीमा २८, नेपालगञ्जमा २४ गरी १०३ जनाको उपचार भइरहेको छ । अहिलेसम्म प्रदेश नं १ मा आठ हजार ६३, प्रदेश नं २ मा पाँच हजार ९३५, वाग्मती प्रदेशमा नौ हजार ३१६, गण्डकी प्रदेशमा ६ हजार ५१४, प्रदेश नं ५ मा सात हजार २२१, कर्णाली प्रदेशमा सात हजार १६३ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ४१५ जनामा आरडिटी परीक्षण गरिएको छ ।
हाल १२ हजार ७८५ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म २२८ जना आइसोलेशनमा रहेका छन् । प्रदेश नंं १ मा आइसोलेशमा रहेकामध्ये १९ जना सङ्क्रमित र ६ जना सम्भावित रहेका छन् ।
यसैगरी प्रदेश नं २ मा ६८ सङ्क्रमित र १२ शङ्कास्पद, वाग्मती प्रदेशमा एक सङ्क्रमित र २४ शङ्कास्पद, प्रदेश नं ५ मा ७० सङ्क्रमित र २८ शङ्कास्पद रहेका छन् । अहिलेसम्म ३४ हजार ९३१ जनाले मोबाइल एपबाट कोभिड–१९ को स्वमूल्याङ्कन फाराम भरेकामा ३४५ जना रेड जोनमा परेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार