नेकपाका प्रवक्ता श्रेष्ठ कोराेनाले चिन्तित ! सुरक्षाकर्मी फिर्ता लैजान आग्रह
नेपालबहस संवाददाता
बैशाख ३१, २०७७ बुधबार १९:१३:१३
३१ बैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षाका लागि सरकारले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन् । आफूलाई कुनै सुरक्षाको खतरा महसुस नभएको उल्लेख गर्दै उनले राज्यको आवश्यकताका लागि सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका हुन् ।
पछिल्ला दिनमा सीमा सुरक्षाका लागि विशिष्ट व्यक्तिको सुरक्षामा खटिइएका सशस्त्र प्रहरी बल परिचालन गर्ने समाचार सार्वजनिक भइरहेका बेला प्रवक्ता श्रेष्ठको उक्त भनाइ बाहिर आएको हो । प्रवक्ता श्रेष्ठले आज सामाजिक सञ्जालमार्फत निर्वाचनअघिदेखि राज्यले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता गर्न अनुरोध गरेका छन् ।
उनले भने, “मैले पूर्वगृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा शुरुदेखि नै लिइनँ, सशस्त्र प्रहरी बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ, तर गत चुनावअघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाका कारणले राख्न अनुरोध गरेकाले राखिएको हो”, प्रवक्ता श्रेष्ठले आफूले नियमितरूपमा सशस्त्रको पछुवा गाडी प्रयोग नगर्ने पनि उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार