आजदेखि स्वास्थ्य मन्त्रालयमा पत्रकारलाई प्रवेश निषेध !
नेपालबहस संवाददाता
बैशाख ३१, २०७७ बुधबार २१:३९:५५
३१ बैशाख, काठमाडौं । काेराेना भाइरस नियन्त्रण तथा राेकथामका लागि सरकारले जारी गरेकाे लकडाउनलाई थप कडाई गरेपछि स्वास्थ्य मन्त्रालयमा पत्रकारलाई प्रवेश निषेध गरिएकाे छ । यसअघि दिनहुँजसो समाचार संकलनका लागि परिचय पत्र देखाएर स्वास्थ्य मन्त्रालयमा प्रवेश गर्ने गरेका पत्रकारलाई बुधबारदेखि भने सुरक्षाकर्मीले गेटमा रोकेका छन् ।
आज स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा वरिष्ठ अधिकारीहरुले पत्रकारलाई नभेट्न र सूचना नदिन कर्मचारीहरुलाई निर्देशन नै दिएका थिए । अब पत्रकारले स्वास्थ्य मन्त्रालयमा प्रवेश पाउनका लागि मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की र प्रवक्ता डा. विकास देवकोटालाई सम्पर्क गर्नुपर्नेछ । उनीहरुलाई आफ्नो काम र भेट्ने व्यक्तिबारे जानकारी गराएपछि भेट्ने व्यक्तिको फुर्सद भएमात्र पत्रकारले भित्र जान पाउनेछन् ।
मन्त्रालयमा अरु मानिसहरुको आवतजावत नरोकिए पनि पत्रकार भने गेटमै रोकिएका हुन् । मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले कोरोना संक्रमण बढ्दै गएकाले भेटघाटमा कडाई गर्नुपरेको प्रतिक्रिया दिएका छन् ।
पछिल्लो समय मन्त्रालयका प्रवक्ताले दिनमा एकपटक गर्ने नियमित अपडेटबाहेक अन्य माध्यमबाट सूचना दिन कडाई गरिएको छ । तर मन्त्रालयले अझै सूचना चुहिएको भन्दै पत्रकारको प्रवेश नै निषेध गर्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार