अर्थतन्त्रको चिन्ता गर्दा कोरोना फैलिने अमेरिकी विज्ञको चेतावनी
नेपालबहस संवाददाता
बैशाख ३१, २०७७ बुधबार २२:४६:२२
३१ बैशाख, एजेन्सी । अमेरिकाका एक प्रमुख सङ्क्रामक रोग विशेषज्ञले अर्थतन्त्र चलायमान बनाउने विषयमा हतार गरिए कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने चेतावनी दिएका छन्।
डा. एन्थोनी फाउचीका अनुसार लकडाउन खुकुलो पार्दै लाने विषयमा सङ्घीय सरकारले जारी गरेको नियमहरूको पालना नगरिए साना वृद्धिका घटनाहरू चाँडै प्रकोप बन्न सक्ने उनले बताएका हुन् । अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या आधिकारिक तथ्याङ्कभन्दा बढी हुनसक्ने सम्भावना छ।
पछिल्लाे जानकारी अनुसार अमेरिकामा हालसम्म ८० हजारभन्दा बढीले ज्यान गुमाइसकेको बताइएको छ। उनको कुरा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्थतन्त्र चलायमान बनाउने उत्सुकतासँग बाझिएको छ।
फाउचीले भिडिओमार्फत रिपब्लिकनहरूको नेतृत्व रहेको सिनेटको एउटा समितिसँगको अन्तरक्रियाका क्रममा त्यस्तो बताएका हुन। अमेरिकामा हालसम्म अर्थतन्त्र चलायमान बनाइएका विभिन्न राज्यहरूमा कोरोना भाइरस सङ्क्रमण बढ्दो क्रममा रहेको बताइएको छ।
उनले नियन्त्रण नै गर्न नसक्ने किसिमको प्रकोप सुरु हुनसक्ने चेतावनी समेत दिएका छन्। त्यस्तो भएमा आर्थिक सुधारमा झन् धेरै बाधा पुग्ने र त्यसले धेरै ‘मृत्यु र पिडा’तर्फ धकेल्ने बताएका छन्। ह्वाइट हाउसले लकडाउन खुकुलो पार्ने विषयमा नियम बनाएको भए पनि त्यसतर्फ कसरी कदम चाल्ने भन्ने विषयमा निर्णय राज्यका गभर्नरहरूको हातमा रहन्छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म १३ लाख ५० हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन्। मृत्यु हुनेहरूको सङ्ख्या ८२ हजार नाघेको छ। विश्वव्यापी रूपमा सङ्क्रमितहरूको सङ्ख्या ४२ लाख ५० हजार नाघेको छ भने दुई लाख ९१ हजारभन्दा बढीको ज्यान गएको छ।
यस वर्षको पहिलो त्रैमासिकको तथ्याङ्क अनुसार अमेरिकाको अर्थतन्त्रमा एक दशकयताकै सबैभन्दा गम्भीर सङ्कुचन देखा परेको छ। कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि लकडाउन लगाइएपछि अर्थतन्त्रमा यस्तो सङ्कुचन पैदा भएको हो।
हालसालै सार्वजनिक गरिएको विवरणका अनुसार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रमा ४.८ प्रतिशतको वार्षिक गिरावट आउने देखिएको छ। यसले सन् २०१४ पश्चात् पहिलोपटक ठूलो आर्थिक सङ्कुचनलाई देखाएको छ र कीर्तिमानी विस्तारलाई रोकेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार