पाँचथरको नेपाली भूमी भारतीय सीमा सुरक्षाकर्मीद्धारा कब्जा
नेपालबहस संवाददाता
जेठ १, २०७७ बिहिबार २१:७:४०
Shares
१ जेठ, पाँचथर । पश्चिम नेपालको लिपुलेक कब्जा गरेर सडक बनाएको भारतले पूर्वको पाँचथरमा पनि नेपाली जमिन पनि कब्जा गरेकाे छ । भारतसँग सीमा जोडिएको पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाली भूमि भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ ले कब्जा गरेको हो।
जंगे पिलरभन्दा सय मिटरयता संरचना बनाउन लागेका स्थानीयलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले संरचना निर्माणमा समेत रोक लगाएको छ । भारतले जारी गरेको नयाँ नक्साअनुसार उक्त क्षेत्र भारतमा पर्ने दाबीसहित एसएसबीले जंगे पिलरभन्दा यता आएर दबाब दिन थालेको हो । पछिल्लो समय सार्वजनिक भएको नक्साबमोजिम सीमा क्षेत्रको नेपाली भूमि भारतमा परेको उसको दाबी छ।
एसएसबीले फालेलुङ गाउँपालिका–६ को सन्तकपुर आहालगैरी क्षेत्रको नेपाली भूमिमा आधिपत्य जमाएको छ। उक्त क्षेत्र पाँचथरको फालेलुङ, इलामको सन्दकपुर र भारतको पश्चिम बंगालसँग जोडिएको छ। फालेलुङ गाउँपालिकाका प्रवक्ता जीवन राईले भने ‘एसएसबीले नेपाली भूमि कब्जा गरेको छ तर हामीले , ‘एसएसबीसँग वार्तासमेत ग¥यौं तर हाम्रो क्षमताले भूमि फिर्ता गर्न सकिएन।’ सीमा स्तम्भभन्दा करिब ४ सय मिटर नेपालतर्फको जमिन एसएसबीले कब्जा गरेको हो। अतिक्रमित जमिनमा तीन वटा पिलर ‘सीमास्तम्भ’ छन्। एउटा जंगे पिलर पनि छ। दुई सीमा स्तम्भबीच एउटा हटाइएको छ। जंगे पिलरभन्दा करिब ४ सय मिटर नेपालतर्फको जमिनमा एसएसबीले कब्जा जमाएको छ ।
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार