त्रिवि शिक्षणका चिकित्सक १४ दिन क्वारेन्टाइनमा
नेपालबहस संवाददाता
जेठ १, २०७७ बिहिबार २१:१४:४८
१ जेठ काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै अस्पतालले सङ्क्रमितको सम्पर्कमा आएका चिकित्सकलाई १४ दिन ‘क्वारेन्टाइन’ तथा ‘सेल्फ आइसोलेसन’मा राख्ने तयारी गरेको छ ।
अस्पतालको न्यूरो सर्जरी वार्डको शय्या नं ५० मा भर्ना भएकी ६ वर्षीया बालिकामा आज कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती बालिका नाक, कान, घाँँटीको बिरामी रहेको अस्पतालले जनाएको छ । अहिले ती बालिकालाई गणेशमान भवनमा आइसोलेसनमा राखी उपचार शुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जानकारी दिए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी बिरामीको सम्पर्कमा आएका व्यक्तिको कोरोना परीक्षण गर्ने तयारी भइरहेको उनले जानकारी दिए । सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिमा कोरोना पुष्टि भएमा ‘कन्ट्र्याक ट्रेसिङ’ र परीक्षण गरिने अस्पतालले जनाएको छ ।
निर्देशक प्रा डा खड्गाले बाँकी स्वास्थ्यकर्मीलाई आफ्नो नियमित काममा फर्कन अनुरोध गरेका छन् । अस्पतालले अत्यावश्यकबाहेक शल्यक्रिया नगर्न र आकस्मिक शल्यक्रिया गर्दा व्यक्तिगत सुरक्षा सामग्री ‘पीपीइ’ प्रयोग अनिवार्य गर्न सबै चिकित्सकलाई अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार