परीक्षण दायरा बढाउन विभिन्न प्रदेशमा स्वास्थ्य सामग्री पठाइयो
नेपालबहस संवाददाता
जेठ १, २०७७ शुक्रबार ०:२१:२८
१ जेठ काठमाडौं । कोभिड–१९ को परीक्षण दायरा बढाउने उद्देश्यले सरकारले विभिन्न प्रदेशमा हवाई तथा स्थलमार्गबाट १४ हजार ७०० थान ¥यापिड डाइग्नोष्टिक टेष्ट ‘आरडीटी’ किट पठाएको छ ।
प्रदेश नं १, प्रदेश नं २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हवाई तथा स्थलमार्गबाट आरडिटीसहित सात हजार थान भीटीएम र पीपीईलगायत स्वास्थ्य सामग्री पठाइको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
प्रदेश नं १, प्रदेश नं २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश गरी विभिन्न २८ जिल्लामा परीक्षणको दायरा बढाउने सरकारको योजना रहेको उनले बताए । त्यसैगरी आज थप तीन व्यक्तिमा कोरोना पुष्टि भएको छ । काठमाडौंका ३२ वर्षीय पुरुष, कपिलवस्तुकी छ वर्षीया बालिका र नवलपरासीका ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसहित कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या २४६ पुगेको छ । सोमा ३५ जना निको भएर घर फर्किएका छन् ।
सरकारले हालसम्म २२ हजार ६६४ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन ‘पीसीआर’ विधिबाट कोभिड–१९ को परीक्षण गरेको छ । आरडीटी विधिबाट ६२ हजार ३२७ मा नमूना परीक्षण गरेको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १५ हजार ६०० रहेको छ । अहिलेसम्म आइसोलेशनमा २७२ जना रहेका छन् । तीमध्ये काठमाडौं उपत्यकामा ६ जना छन् भने उपत्यका बाहिर २६६ रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार