कोरोनासँग लड्न सुरक्षाकर्मीको मनोबल उँचो बनाउनुपर्छः पूर्व एआईजी अधिकारी
नेपालबहस संवाददाता
जेठ २, २०७७ शुक्रबार १७:३९:४२
२ जेठ, काठमाडौं । नेपालमा कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी नै संक्रमित हुन थालेपछि नियन्त्रणका लागि गम्भिर चुनौती खडा भएको छ । पछिल्ला दिन फ्रण्टलाइनर नै संक्रमित भएको पाइएपछि सरोकारवालाको चिन्ता बढेको हो । यस्तो अवस्था देखिएपछि सरकार अलि बढी नै सजग हुनुपर्ने पनि औंल्याइएको छ ।
छिमेकी भारतबाट जवर्जस्ती नेपाल छिर्नेहरुबाट कोरोना संक्रमण भित्रिएको पाइएको छ । सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी नै यसबाट सबैभन्दा बढी जोखिममा परेका छन् । हाल भारतीय सीमा क्षेत्रमा करिब २२ हजार सुरक्षाकर्मी तैनाथ छन् । जवर्जस्ती नेपाल भित्रन खोज्नेहरुसँग सुरक्षाकर्मीको भिडन्त नै हुने गरेको छ । यसबाट नै उनीहरुमा समेत संक्रमण फैलने त्रास बढी रहने अवस्था छ ।
ज्यान हत्केलामा राखेर काम गर्ने फ्रण्टलाइनरका लागि सरकारले आकर्षक प्याकेज दिनुपर्ने उनको माग छ । सरकारले सुरक्षाकर्मीका लागि उधारो आश्वासन मात्र दिएको छ– अधिकारी भन्छन् यस्तो बेला विपक्षी राजनीतिक दलले समेत चासो नदिनु दुखद पक्ष हो ।
कोरोनासँग लड्न अग्रपंक्तिमा बस्ने ती सुरक्षाकर्मीको मनोबल खस्काउने काम राजनीतिक तहबाटसमेत भएको पाइन्छ ।सुरक्षाकर्मीहरु जीउज्यान नै दाउमा राखेर लकडाउनको पालना गराउन अग्रसर हुँदा नेताहरु भने भोटको राजनीतिमा व्यस्त हुने गरेका छन् । केही हप्ताअघि राजधानीबाट मानिस पैदलै सयौं किलोमिटर यात्रा गर्न थालेपछि आफ्ना मतदातालाई लैजान केन्द्रदेखि स्थानीय नेताहरु तम्सिएका थिए । अहिले फेरि तिनै नेता आफ्ना मतदातालाई राजधानी भित्रन दवाव दिइरहेका छन् । जसले गर्दा उपत्यकामा समेत कोराना संक्रमित थपिन थालेका छन् । यसले सुरक्षाकर्मीको मनोबल भने खस्किएको छ ।
सुरक्षाकर्मीले कडाइ गर्दा राजनीतिक तहबाट हस्तक्षेप हुन थालेपछि उनीहरुको मनोबल गिरेको छ– सशस्त्र प्रहरीका पूर्व एआईजी सुवोधकुमार अधिकारी भन्छन्– संस्थागत रुपमा नभई व्यक्तिगत रुपमा सुरक्षाकर्मीमा नैराश्यता पलाएको छ ।त्यसैले गर्दा लकडाउन खुकुलो भएको देखिन्छ । सडकमा उभिएर काम गरिरहेका सुरक्षाकर्मीमा हामीले जति गरेपनि पहुँचवालाले चाहेको गरिहाल्दा रहेछन् भन्ने मनोविज्ञानले पनि अलिकति काम गरेको पाइन्छ भन्दै अधिकारीले अग्रभागमा बसेर काम गर्ने सुरक्षाकर्मीको मनोबल नबढाएसम्म कोरोनाविरुद्धको युद्ध प्रभावकारी नहुने नेपालबहस डटकमसँगको कुराकानीमा उनले बताएका छन् । ज्यान हत्केलामा राखेर काम गर्ने फ्रण्टलाइनरका लागि सरकारले आकर्षक प्याकेज दिनुपर्ने उनको माग छ । सरकारले सुरक्षाकर्मीका लागि उधारो आश्वासन मात्र दिएको छ– अधिकारी भन्छन् यस्तो बेला विपक्षी राजनीतिक दलले समेत चासो नदिनु दुखद पक्ष हो ।
अहिले त प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फ्रण्टलाइनमा बसेर काम गर्ने योद्धाको पक्षमा आवाज उठाउनुपर्ने बेला हो भन्दै संसद्मा संकल्प प्रस्ताव नै ल्याउनु पथ्र्याे ,कांग्रेसका लागि अहिले टर्निङ प्वाइण्ट थियो, तर उसले मौका गुमाएको छ – पूर्व एआईजी अधिकारीले भने । यस्तो निरीह अवस्थामा रहेका सुरक्षाकर्मीको मनोबल बढाउन सरकारले कुनै तयारी नगरेको भन्दै उनले आक्रोश पोखे । जबसम्म सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई भरपर्दाे स्वास्थ्य उपकरण उपलव्ध गराइँदैन, तबसम्म संक्रमणको जोखिम कायमै रहने छ – उनी भन्छन् ।
कोरोना संक्रमण निर्मूल पार्न समुदाय नै सक्रिय हुनुपर्ने उनको राय छ । उनी भन्छन्– कोराना प्रतिकार समूह नै बनाएर समुदायले लड्नुपर्ने अवस्था आईसकेको छ । यसका लागि स्वयंसेवक दल गठन गर्न सकिने उनको तर्क छ । साथै,लकडाउनको अवधिमा पर्याप्त सूचना लिनुपर्नेमा सरकार चुक्यो–एआईजी अधिकारीले भन्छन्– कहाँबाट संक्रमण फैलिएको छ र कसरी रोकथाम गर्ने भन्नेमै सरकार अलमलियो । सीमावर्ती क्षेत्र र तराईबाट संक्रमण तीब्र भएको पाइएको छ ।
यो समस्याबाट पार पाउन सरकारले सबैभन्दा पहिला सुरक्षाकर्मीको मनोबल उँचो बनाउने रणनीतिक कार्ययोजना ल्याउनुपर्ने भन्दै उनले फ्रण्टलाइनमा काम गर्नेहरुको तत्कालै परीक्षण र उचित प्रशिक्षणको व्यवस्था हुनुपर्ने बताए । अब सवारी पास होइन, कोरोना भएनभएको पास जरुरी भएको उनको भनाई छ । कोरोनाविरुद्ध यतिबेला सारा विश्व लडिरहेको छ, यो हतियार बिनाको तेस्रो विश्वयुद्ध जस्तै भएको छ– पूर्व एआईजी अधिकारी भन्छन्– यो युद्ध जित्न आवश्यक हतियार भनेको परीक्षण र आइसोलेसन नै हो । त्यसका लागि पीसीआर, पीपीई, थर्मल गन जस्ता हतियारको जोहो गर्न सक्नुप¥यो ।
कोरोनाविरुद्ध संघर्ष गर्न सरकारले लकडाउन पोलिसी अबलम्बन गरेको छ । तर लकडाउनलाई सदुपयोग भने गर्न सकिएको छैन । लकडाउनले मात्रै कोरोनालाई हराउन सकिंदैन । लकडाउनलाई सदुपयोग गरी आवश्यक तयारी बलियो बनाउन सक्नुपर्छ । नेपालमा भने लकडाउन गरी जनतालाई घरभित्र थुन्ने नीति मात्र लिइएको छ । जबकी भारतमा लकडाउनपछि धेरै तयारी गरियो । नरेन्द्र मोदी सरकारले लकडाउनपछि दैनिक दुईलाख पीपीई र एन ९५ मास्क उत्पादन गरेर कोरोनासँगको लडाईं बलियो बनाएको छ ।
नेपाल सरकारले पनि अब लकडाउनको अवधिमा पर्याप्त स्वास्थ्य सामग्रीको जोहो गनुपर्ने अवस्था छ– पूर्व एआईजी अधिकारी भन्छन् । कोरोना संक्रमण निर्मूल पार्न समुदाय नै सक्रिय हुनुपर्ने उनको राय छ । उनी भन्छन्– कोराना प्रतिकार समूह नै बनाएर समुदायले लड्नुपर्ने अवस्था आईसकेको छ । यसका लागि स्वयंसेवक दल गठन गर्न सकिने उनको तर्क छ । साथै,लकडाउनको अवधिमा पर्याप्त सूचना लिनुपर्नेमा सरकार चुक्यो–एआईजी अधिकारीले भन्छन्– कहाँबाट संक्रमण फैलिएको छ र कसरी रोकथाम गर्ने भन्नेमै सरकार अलमलियो । सीमावर्ती क्षेत्र र तराईबाट संक्रमण तीब्र भएको पाइएको छ ।
अब फ्रण्टलाइनमा बसेर काम गर्ने सबैको परीक्षण गर्नै पर्छ – उनले भने । हाल सरकारी अस्पतालमा मात्र हुने गरेको परीक्षणको दायरा बढाएर निजी अस्पतालसम्म पु¥याउनेतिर सरकारको पहल हुनुपर्छ अधिकारी भन्छन्– जति धेरै परीक्षण गर्न सकियो,त्यति संक्रमणको अवस्था थाहा हुन सक्छ । विश्व स्वास्थ्य संगठनले पनि नेपालमा परीक्षण न्यून भएको भन्दै दक्षिण एशियामा नै कमजोर अवस्था रहेको औंल्याएको छ ।
संक्रमण दर बढ्दो छ, परीक्षण गर्ने कीटको चरम अभाव छ । विगतमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा कमिशन र भ्रष्ट्राचार भएकाले अवस्था गम्भिर बनेको हो । कोरोनासँगको युद्ध जित्नका लागि फ्रण्टलाइनलाई साधन स्रोत सम्पन्न बनाउनै पर्ने पनि पूर्व एआईजी अधिकारीको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार