आवागमन नियन्त्रण गर्न दशगजा क्षेत्रमा घेराबेरा लगाइँदै
नेपालबहस संवाददाता
जेठ २, २०७७ शुक्रबार १७:५०:३२
२ जेठ, महोत्तरी । लुकीछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ । जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ ‘३८ दशमलव ६’ किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो ।
सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेर आवागमन रोक्न प्रयत्न हुँदै आए पनि दुवैतर्फ एकअर्कासँग जोडिएका बस्तीबीचबाट छिर्ने क्रम नरोकिएपछि बाँसका फट्टा र अन्य काठ ठड्याइएर घेराबेरा लगाइन थालिएको छ । जिल्लाका मटिहानी, जलेश्वर र मनराशिशवा नगरपालिका एवं एकडारा, सम्सी र सोनमासहित छ स्थानीय तहको सीमा भारतसँग जोडिएको छ । भारततर्फ सीमा क्षेत्रसँग मधुवनी र सीतामढी जिल्ला जोडिएका छन् ।
“मधुवनी र सीतामढीमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको समाचार छन्, भारतले रेलसेवा सञ्चालन गरेसँगै यता लुकिछिपी भित्रिनेको सङ्ख्या बढ्दै गएको जानकारी पाइएपछि घेराबेरा शुरु गरिएको हो”, महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, “यो अस्थायी घेराबेराले पनि आवागमन नियन्त्रण गर्न सघाउने विश्वास छ ।”
सीमा क्षेत्रमा घेराबेरा थालिएसँगै सुरक्षा गस्ती पनि बढाइएको जिल्ला प्रशासनले जनाएको छ । पछिल्लोपटक महोत्तरी र धनुषामा पाइएका सङ्क्रमितमध्ये केही भारतको मधुवनी र सीतामढीबाटै यता छिरेका पाइएको छ । जिल्लाको भारतसँगको सीमा क्षेत्रमा कतिपय ठाउँमा जोडिएका बस्ती, दोहोरो सामाजिक–सांस्कृतिक सम्बन्ध र कतिपय सीमा क्षेत्रका दुवैतर्फ रहेका सघन बगैँचाबाट लुकीछिपी आउने जानेलाई सजिलो बनेको देखिँदैछ ।
सीमाबाट भित्रिनेबारे हाम्रातिरका बस्तीमा सचेतना अपनाइएर क्वारेन्टाइन केन्द्रमा पु¥याउन सजिलो हुने भए पनि यसबारे त्यति चनाखोपन र सजगता नअपनाइँदा समस्या कायम नै रहेको राजनीतिक दल र सामाजिक क्षेत्रका कार्यकर्ता स्वीकार गर्छन् । स्थानीय तहका बस्तीबस्तीमा बाहिरबाट आउनेहरुबारे जानकारी लिने र यसमा कडाइ गरिए स्थिति सम्हाल्न सजिलो हुने सीमा क्षेत्रकै बासिन्दा नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का जिल्ला सचिव सौखीलाल यादवले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार