जुम्लाका अतिविपन्नलाई राहत वितरण
नेपालबहस संवाददाता
जेठ २, २०७७ शुक्रबार १९:१४:५०
२ जेठ सिञ्जा । लकडाउनको समयमा जुम्लाका अतिविपन्न ३५ जना अपाङ्गता भएकालाई राहत वितरण गरिएको छ ।
सिबिएम नेपालको सहयोगमा आइएनएफ तथा अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्रले सञ्चालन गरेको सवलता परियोजनाअन्तर्गत दृष्टिविहीन, ह्विलचेयर र शारीरिक अपाङ्गता भएका अतिअशक्तलाई चामल, दाल, तेल, दुई नुन र आठ डिटोल साबुन वितरण गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पातारासीमा–१३, चन्दननाथमा १४, तातोपानीमा तीन, सिञ्जामा एक र तिलाका एकजनालाई राहत दिइएको छ ।
परियोजना सुपरभाइजर गङ्गा देवानका अनुसार खाना अभाव भएका ती व्यक्तिको तथ्याङ्क सङ्कलन गरी स्थानीय वडा कार्यालयको समन्वयमा सहयोग गरिएको हो । अति आवश्यक व्यक्तिलाई राहत दिएपछि सानो भए पनि राहत गुणस्तरीय र राम्रो भएको पातारासी गाउँपालिका– ४ का अध्यक्ष कालीबहादुर बुढाले जानकारी दिए ।
केन्द्रका अध्यक्ष नन्दराज धितालले स्थानीय सरकारले तथ्याङ्क सङ्कलन गरेर राहत र जीविकोपार्जनमा सहयोग पु¥याउनुपर्नेमा जोड दिए । राहत पाएपछि अपाङ्गता भएका व्यक्ति खुशी भएका छन् । चन्दननाथ नगरपालिका–९ का पशुपति शाहीले खुशी व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार