वाणिज्य विभागमा दैनिक तीन सयभन्दा धेरै कोरोना गुनासो !
नेपालबहस संवाददाता
जेठ २, २०७७ शुक्रबार १९:४३:३६
समुन्द्रा घिमिरे
२ जेठ काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सञ्चालन गर्दै आएको टोल फ्री नम्बर ११३७ मा लकडाउनका समयमा दैनिक तीन सयभन्दा धेरै गुनासो आउने गरेकामा हाल कमी आएको छ । काठमाडौं उपत्यका र अन्य जिल्लाबाट उपभोक्ताको गुनासो आउने गरेकामा पछिल्लो केही दिनयता दैनिक १० देखि १५ सम्म गुनासो आउने गरेको विभागका अधिकारी बताउँछन् । खाद्यदेखि स्वास्थ्य सामग्रीमा कालोबजारी भएको गुनासो आउने विभागको टोल फ्री नम्बरमा आजकल कोरोना परीक्षणसम्बन्धी गुनासो आउने गरेको छ ।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्य केही दिनयता गुनासो आउने क्रममा कमी आएको बताउनुहुन्छ । “पहिला हामीलाई भ्याइनभ्याइ हुन्थ्यो, आजकल दैनिक छिटफुट मात्र गुनासो आउने गरेका छन्”, उनले भने, “पहिला ग्यास अभावदेखि खाद्यपदार्थमा बढी मूल्य लिएको भन्दै कारवाही गर्न गुनासो दर्ता हुनेगरेको थियो तर आजकल हेलो सरकारमा गरेको गुनासोको सुनुवाइ भएन, कोरोनाको परीक्षण कता गरिन्छ भन्ने गुनासो आउन थालेका छन् ।”
लकडाउन समयमा खाद्य पदार्थमा बढी मूल्य लिने उजूरी बढी आउन थालेपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । उपभोक्ताको गुनासोलाई आधार बनाएर विभागले अनुगमन गरी कारवाहीस्वरुप जरिवाना गर्दै आएको छ । उनका अनुसार गुनासा बाहिरी जिल्लाबाट पनि आउने भएको हुँदा त्यसका लागि सम्बधित स्थानीय तहलाई नै जानकारी दिने र काठमाडौं उपत्यकाका हकमा विभागले नै सुनुवाइ गर्दै आएको छ ।
पछिल्लो समय विभागले आफ्नो नियमित अनुगमनभन्दा पनि टोल फ्री नम्बरमा उपभोक्ताबाट आएका गुनासोका आधारमा अनुगमनलाई तीव्रता दिएको छ । जो कोहीलाई पनि सामग्री खरीद गर्दा समस्या भए वा अन्य कसैलाई ठगी गरेको जानकारी भएमा टोल फ्री नम्बरमा खबर गर्न विभागले उपभोक्तालाई आग्रह गरेको छ ।
विगतमा चाडबाडका समयमा मात्रै अनुगमन गर्दै आएको विभागले अहिले यसलाई नियमित गरिरहेको छ । हाल स्वास्थ्य क्षेत्रमा बढी अनियमितता भएको भन्दै स्वास्थ्यकर्मीका साथमा विभागले अस्पताललगायतमा बजार अनुगमनलाई तीव्रता दिँदै आएको छ ।
एपमा एक हजार गुनासो
विभागले गत चैत १४ गते बेलुकादेखि सञ्चालनमा ल्याएको गुनासो सुनुवाइसम्बन्धी उपभोक्ता अधिकार व्यवस्थापन सूचना प्रणाली ‘सिआरएमआइएस’ तथा कन्जुमर एपमा गत वैशाख मसान्तसम्म एक हजार ५६ गुनासो दर्ता भएका छन् ।
सूचना अधिकारी आचार्यका अनुसार सबै गुनासोको सम्बोधन गरिसकिएको छ । विभागको तथ्यांकानुसार उक्त एप सञ्चालनमा आएपछि अनियमिततासम्बन्धी ११, खाद्य सामग्रीको अभाव १२०, ग्यास अभाव ४९५, इन्टरनेट ढिलोबारे २२, मास्कको कालोबजारी ११, सरसामानको अभाव ६४, ग्यास कालो बजारी १० र बढी मूल्यमा सामान बिक्री गरेको १०८ र अन्यसम्बन्धी गुनासो २१५ आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
उच्च शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बैशाख २४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार