कलाकारका लागि सात हजार किलो चामल सहयोग
नेपालबहस संवाददाता
जेठ २, २०७७ शनिबार १:१९:२५
२ जेठ काठमाडौँ । लकडाउनका कारण समस्यामा परेका कलाकार तथा चलचित्र क्षेत्रका प्राविधिकलाई खाद्यान्न सहयोग गरिएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा आज २७० कलाकारका लागि छ हजार ७५० किलो चामल र ८२५ किलो दाल हस्तान्तरण गरिएको हो ।
उपलब्ध खाद्य सामग्रीबाट कलाकारले एक –एक बोराका दरले चामल र तीन किलोका दरले दाल प्राप्त गर्ने चलचित्र निर्माता सङ्घका अध्यक्ष तथा चलचित्र प्रवद्र्धधन एवं समन्वय समितिका संयोजक आकाश अधिकारीले जानकारी दिए ।कलाकारलाई लकडाउनका कारण ठूलो समस्या परेपछि आफूले मन्त्री मानन्धरमार्फत पहल गरेको जानकारी दिँदै अधिकारीले समस्यामा परेका कलाकारलाई तत्काल खाद्यान्न उपलब्ध गराइने बताए ।
विपद्का बेला चलचित्र क्षेत्रका श्रमजीवीका लागि अतिआवश्यक खाद्यान्न उपलब्ध गराइदिएकामा चलचित्र उद्योग निकै खुशी भएको उल्लेख गर्दै निर्माता उहाँले विपद्का बेला मन्त्रीको पहलमा भएको सहयोग आफूहरुका लागि अमूल्य सहयोग भएको बताए ।
उक्त सामग्री आदिवासी जनजाति महासङ्घका ५०, नृत्य सङ्घका ४०, निर्देशक समाजका तर्फबाट सहायक निर्देशक २५ जनालाई एक–एक बोरा चामल र तीन किलोका दरले दाल उपलब्ध गराइने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार