नक्शा प्रकरण : नेकपामा जस लिने होड
नेपालबहस संवाददाता
जेठ ८, २०७७ बिहिबार १७:३२:३४
८ जेठ, काठमाडौं । नेपालले नयाँ नक्शा जारी गरेपछि त्यसको जस प्रधानमन्त्री केपी ओली पक्षले मात्र लिनेगरी प्रचार हुन थालेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु असन्तुष्ट भएका छन् । पार्टी उपाध्यक्ष बामदेव गौतमले त सामाजिक सञ्जालबाटै त्यसको कडा प्रतिवाद गरिसकेका छन् । यस्तै, पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पनि ओली पक्षको उत्ताउलोपनबाट आजित भएका छन् ।
मन्त्रिपरिषद बैठकबाट नेपालको नयाँ राजनीतिक नक्शा जारी गरिएपछि ओली पक्षले प्रधानमन्त्रीलाई देबत्वकरण गर्न थालेकोमा धेरै नेतालाई भाउन्न भएको छ । पूर्व माओवादी एक केन्द्रीय सदस्यले भने– हामीले जनयुद्ध गर्दादेखि नै यो मुद्धा उठाएका हौं, त्यसको जस ओलीजीले मात्र लिन खोज्नु भनेको राजनीतिक बेइमानी हो ।
उपाध्यक्ष गौतमले त यसबारे सामाजिक सञ्जालमा लेखेका छन्– यसको असली हकदार त म पो हुँ । मैले नै पार्टीमा पटक–पटक यो मुद्धा उठाएको हुँ भन्दै उनले ओलीलाई त्यसको जश नजाने धारणा राखेका छन् । पार्टी निर्णयलाई कार्यान्वयन मात्र गरिएको हो भन्दै उपाध्यक्ष गौतमले अनावश्यक रुपमा व्यक्ति विशेषलाई देवत्वकरण गरिनु गलत भएको स्पष्ट गरेका छन् ।
तर ओली पक्षका एक नेताले भने– हिजो झलनाथ, माधव र प्रचण्ड पनि प्रधानमन्त्री हुनुहुन्थ्यो त, तर कसैले यो हिम्मत गर्नुभएन । अहिले चाँहि जस खोज्न मिल्छ ? सत्तामा टिकिरहन विगतमा हाम्रै नेताले त्यो आँट नगरेकोमा ओलीले भने ठूलो साहस गरेको उनको तर्क छ । पार्टी भित्र पेलान दिएर सरकारलाई कमजोर बनाएकै बेलासमेत प्रधानमन्त्रीले यत्रो बोल्ड निर्णय लिनुभएकोमा नेताहरुलाई इस्र्या लागेको पनि उनले आरोप लगाए ।
तर माधव नेपाल पक्षका नेताहरु भने ओलीले यो नक्शा जारी गर्नुका पछाडि सत्ता जोगाउने खेल मात्र भएको बताएका छन् । भारतीय पक्षलेसमेत ओलीको सत्ता टिकाउनेतर्फ चासो नदिएपछि मात्र यो खेल भएको हामीले बुझेका छौं– एक स्थायी कमिटी सदस्यले भने । पार्टी भित्रको अन्र्तद्वन्द्वलाई विषायन्तर गर्न यो दाउ खेलिएको पनि उनले आरोप लगाए ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबेलासमेत यो विषय प्राथमिकतामा थिएन, सचिवालय बैठकमा नेताहरुले कुरा उठाएपछि मात्र मुख्य सचिवलाई थप्न अह्राइएको थियो भने प्रधानमन्त्रीको असली नियत बुझ्न सकिन्छ– ती नेताले भने । अब यही विषयलाई देखाएर उहाँ (प्रधानमन्त्री) सत्ता लम्ब्याउन चाहनुहुन्छ भन्दै उनले तर यो हतियार पनि ओलीका लागि प्रत्युत्दपादक हुने बताए ।
त्यसैले पार्टी स्थायी कमिटी बैठक ढिलोचाँडो नबसी धरै छैन भन्दै उनले जेठ १५ गते बजेट प्रस्तुत भएपछि यसको छिनोफानो हुने बताए । दलीय प्रणालीमा व्यक्ति गौण हुन्छ । तर ओली भने जस जति आफ्नो पोल्टामा र अपजस जति पार्टीको थैलीमा हाल्न उद्यत देखिएका छन् ।
यो प्रकरणमा सचिवालय सदस्यहरु मध्ये झलनाथ खनालले पनि धारणा सार्वजनिक गरिसके । उनले भनेका छन्– ओलीजी पार्टी अध्यक्ष भएकाले उहाँले गर्ने हरेक कामको जस अपजस सिंगो पाटीलाई जान्छ । यो प्रकरणमा पनि पार्टी बैठकले दिएको निर्देशन बमोजिम नै मन्त्रिपरिषदले निर्णय गरेको हो । कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपालले भने यसबारे व्यक्तिगत धारणा सार्वजनिक गरिसकेका छैनन् । तर पार्टी फोरममा भने कुरा उठाउने निकटवर्तीलाई भन्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार