कैलारी गाउँपालिकामा तीन हजार २९६ बालबालिकालाई दादुरा–रुबेलाको खोप
नेपालबहस संवाददाता
जेठ ८, २०७७ बिहिबार २१:५७:६
८ जेठ कैलाली । कैलालीको कैलारी गाउँपालिकामा तीन हजार २९६ बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको छ । नौ महिनादेखि पाँच वर्षमुनिका तीन हजार ८०४ बालबालिकामा दादुरा– रुबेलाको खोप लगाउने लक्ष्य लिएकोमा तीन हजार २९६ बालबालिकालाई सो खोप लगाइएको हो ।
यो लक्ष्यको तुलनामा ८६ दशमलव ७ प्रतिशत रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए ।“चैत १५ देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने तय भएकोमा कोरोना भाइरसका कारण उक्त अभियान स्थगन गरिएको थियो”, उनले भने, “त्यसैले यो अभियान गाउँपालिकाभरि जेठ १ देखि ४ गतेसम्म र बाँकी छुटफुटलाई ५ गते पनि खोप लगाएका छौँ ।” गाउँपालिकामा रहेको छ स्वास्थ्य संस्थाबाट सामाजिक दूरी कायम गरेर १२ स्वास्थ्यकर्मीद्वारा दादुरा–रुबेलाको खोप लगाइएको बताइएको छ ।
छ स्वास्थ्य संस्थामध्ये हसुलिया स्वास्थ्यचौकीमा ८५ प्रतिशत, पवेरा स्वास्थ्य चौकीमा शतप्रतिशत, रतनपुर स्वास्थ्यचौकीमा ९८ प्रतिशत, बसौटी स्वास्थ्यचौकीमा ८४ प्रतिशत, गदरिया स्वास्थ्यचौकीमा ७७ प्रतिशत र उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ९० प्रतिशत बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको स्वास्थ्य महाशाखा प्रमुख सापकोटाको भनाइ छ ।
यसैगरी जन्मेदेखि पाँच वर्षसम्मका चार हजार ७३३ बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य लिइएकामा तीन हजार ९२० बालबालिकालाई पोलियो थोपा खुवाइएको छ । यो लक्ष्यको तुलनामा ८३ प्रतिशत रहेको छ । हसुलिया स्वास्थ्यचौकीमा ८१ प्रतिशत, पवेरा स्वास्थ्यचौकीमा ८९।९ प्रतिशत, रतनपुर स्वास्थ्यचौकीमा ९७ प्रतिशत, बसौटी स्वास्थ्यचौकीमा ७८ प्रतिशत, गदरिया स्वास्थ्यचौकीमा ७४ प्रतिशत र उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ८७ प्रतिशतलाई पोलियो थोपा खुवाइएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार