कालीनदी पुलमा लगाइएको छेकबार हटेपछि कृषक खुशी
नेपालबहस संवाददाता
जेठ ८, २०७७ शुक्रबार ०:२७:१८
८ जेठ, तानसेन । कालीनदीको पुलमा लगाइएको छेकबार हटाइएपछि किसानलाई खेतबारीमा काम गर्न जानआउन सहज भएको छ । खेतबारीमा पानी लगाउन र बाँदर लाग्ने खेतमा मकै कुर्नसमेत नपाएर हैरान भएका कृषक छेकबार हटेपछि खुशी भएका छन् ।
स्याङ्जा तथा तनहुँबाट पाल्पा आएर काम गर्ने कृषकलाई पुलमा लगाइएको छेकबारले हिउँदेधान गोड्न तथा मकै कुर्न आउन जान समस्या थियो । “बन्दाबन्दीले कालीनदीको पुल तरेर रामपुरमा रहेको खेतमा आउने अवस्था थिएन, अहिले केही भए पनि सहज भयो”, चापाकोट दामाचौरका टीकाराम परियारले भने। चापाकोट, दामाचौर र प्याक्लुकघाटको पुलमा कृषकका लागि बिहान ६ बजे आउन र बेलुका ६ बजे फर्कने व्यवस्था भएको हो । खेतमा आउँदा खानाको समेत व्यवस्था गरेरै कृषक खेतमा आउने गरेका छन् ।
स्याङ्जाको चापाकोट नगरपालिका तथा पाल्पा रामपुर नगरपालिका प्रहरीसँग गुनासो राखिएको र सञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपछि समस्या समाधान भएको कृषकले बताएका छन् । चापाकोट नगरपालिकाबाट रामपुरमा आएर कृषि काम गर्ने करीब ३० कृषक छन् ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले धेरै बहाना बनाएर मानिस ओहोरदोहोर गर्न नपाइने तर तोकिएको समयमा कृषकलाई खेतमा आउने व्यवस्था मिलाइएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीमा पनि कृषकले खेतीपाती गर्न पाउने भएकाले स्थानीय तहसँगको समन्वयमा कृषि काम गर्न भनेको छ । प्रशासनका सूचना अधिकृत यज्ञेश्वर पन्थीले समस्यामा परे स्थानीय तहसँग समन्वय गर्न अनुरोध गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने, शिखर धवन खेल्दै
मंसिर १७, २०८१ सोमबार
रविकाे बयान आज पनि जारी रहने, सकिए लगत्तै पाेखरा पठाइने
मंसिर १७, २०८१ सोमबार