कर्णालीमा निर्माण सामग्री अभाव, आयोजना अलपत्र
नेपालबहस संवाददाता
जेठ ८, २०७७ शुक्रबार ०:४४:८
◊ मानदत्त रावल
८ जेठ जुम्ला । कोरोना भाइरसले अहिले नागरिक त्रसित छन् । भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि झण्डै दुई महिनादेखि दिनदेखि देश लकडाउनमा छ । यसको प्रत्यक्ष प्रभाव विकास निर्माण देखिएको छ । अहिले कर्णालीमा निर्माण सामग्री अभाव भएपछि लकडाउनअघि सम्झौता भएका आयोजना पनि अलपत्र अवस्थामा छन् । यहाँका स्थानीयवासीले आफ्ना व्यक्तिगत घर बनाउन निर्माण सामग्री पाएका छैनन् ।
कर्णाली प्रदेशको जुम्ला जिल्ला सडक सञ्जालमा जोडिएको एक दशक बढी भयो । यहाँका नागरिक सडक नपुग्नुभन्दा पहिला ढुङ्गामाटोको घर बनाउने गर्ने गरेका थिए तर सडक पुगेसँगै यहाँ पक्की भौतिक संरचना निर्माण हुन थालेका हुन् । अहिले जुम्लामा निर्माण सामग्री सिमेन्ट, छट ‘सरिया’ जस्ता पाताको बढ्दो माग छ ।
कर्णाली प्रदेशको करोडौँ लागतमा जुम्लाको तिला गाउँपालिकास्थित एक मेगावाटको तिला जलविद्युत् आयोजना र पातारासी गाउँपालिकास्थित एक मेगावाट जवानदी चुकेनी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । लकडाउनले दुवै आयोजना प्रभावित भएका छन् । बढीमा दुई वर्षमा सम्पन्न हुने आयोजना लकडाउनले प्रभावित भएका हुन् ।
चुकेनी जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष गोरबहादुर बुढाले भने, “लकडाउनका कारण निर्माण सामग्री ढुवानी सकिरहेको छैन ।” वीरगञ्जबाट विद्युत् सामग्री, पाइपजस्ता सामग्री जुम्ला ल्याउनुपर्ने हो । अहिलेसम्म ढुवानी गर्न सकिएको छैन । फैलिँदो कोरोना भाइरस रोकथाम गर्नका लागि देश ५६ दिनदेखि लकडाउनमा छ । लकडाउनले आयोजनामा कामदार भेला गरी काम गर्न पनि समस्या भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष बुढाले बताए ।
कैलाश जनरल स्टोर जुम्लाका प्रोपाइटर देउऋषि चौलागार्इँका अनुसार अहिले जिल्लामा निर्माण सामग्री अभाव छ । सरकारको अनुदानमा ठूलो चिस्यान घर ९कोल्डस्टोर० निर्माणाधीन अवस्थामा छ । सिमेन्ट ढुवानी नभएर अहिले निर्माण समस्या भइरहेको उनले बताए । लकडाउनले व्यापारी उद्योगी अहिले ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था देखिएको छ । एकातिर बैंकको ब्याजदर बढ्दो अवस्थामा छ ।
अर्कोतिर व्यापार व्यवसाय बन्द अवस्थामा रहेकाले व्यापारीले घाटा व्यहोर्नुपरेको उनको भनाइ छ । उद्योग वाणिज्य महासङ्घले अहिले ब्याज छुटको माग गर्दै आएको छ । ब्याज छुट भएका खण्डमा कोरोना राहत कोषमा रकम जम्मा गर्ने पनि योजना बनाएको उनले बताए। यदि ब्याज छुट भएको खण्डमा राहत कोषमा पाँच लाख रकमसम्म जम्मा गर्ने इच्छा छ ।
उद्योग वाणिज्य महासङ्घ शाखा जुम्ला अध्यक्ष रजवअलि मनियारले भने, “अहिले जुम्ला बजारमा सिमेन्ट, छड सरिया, जस्तापाताजस्ता निर्माण सामग्री कुनै पनि मौज्दात छैन ।” लकडाउनले निर्माण सामग्री ढुवानी हुँदा अभाव भएको हो । फाटफुटरूपमा आएको निर्माण सामग्री गोदाममा नपुग्दै गाडीमै बिक्री वितरण हुने गरेको उनको भनाइ छ ।
फैलिदो कोरोना भाइरस नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरेको हो । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भने, “गृह मन्त्रालयले स्वीकृत गरेका १८ वटा विकास निर्माण आयोजना सञ्चालनका लागि प्रशासनले सहजीकरण गरेको छ ।” निरन्तर निर्माण सामग्री ढुवानी नभए पनि छिटफुटरूपमा निर्माण सामग्री ढुवानी भइरहेको छ । कोरोना भाइरसबाट आम नागरिकलाई जोगाउनकै लागि सरकारले लकडाउन गरेको हो । यसमा सबैले बुझ्न बुझाउनु पर्दछ ।
स्थानीय तहका लकडाउन अगावै सम्झौता भएका विकास निर्माणका काम सञ्चालन गर्न पनि सहजीकरण गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । कुन स्थानीय तहले के कति निर्माण सामग्री आवश्यक हो । निर्माण सामग्रीको सूचीकृत गरी आएमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा छलफल भए बमोजिम सहजीकरण हुने प्रजिअ बञ्जाडेले बताए ।
विपन्नलाई राहत वितरण
लडाउनका कारण प्रभावित नागरिकलाई छाक टार्नका लागि चन्दननाथ नगरपालिकाले राहत वितरण गरेको छ । नगरपालिकाले २ नं वडाका १८६ जनालाई राहत वितरण गरेको हो । उद्योग वाणिज्य सङ्घ जुम्लाबाट १०, आर्ट अफ द नेपाल लिमिटेडबाट १० र १६६ जनालाई नगरपालिकाको तर्फबाट गरी १८६ जनालाई राहत वितरण गरेको नगर उपप्रमुख अप्सरादेवी महतले बताए ।
विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने नागरिकलाई लक्षित गरी राहत वितरण गरिएको नगरउपप्रमुख अप्सरादेवी महतले बताए। उनले भने, “लकडाउनको समयवधि बढेपछि विपन्नको छाक टार्न समस्या भएकाले राहत वितरण गरिएको हो ।” १५ किलो चामल, एक लिटर तेल र एक किलो नुन राहतस्वरुप वितरण भएको वडाध्यक्ष धनरासी भण्डारीले जानकारी दिए । लकडाउनले प्रभावित भएका विपन्न, अपाङ्ग, असहाय, वृद्ध र बेरोजगार व्यक्तिलाई छनोट गरी राहत वितरण गरिएको उनले बताए । राहत वितरण सङ्घीय सरकारले बनाएको मापदण्डअनुसार वितरण गरिएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार