खाद्य कम्पनीबाट पाँच हजार मेट्रिक टन खाद्य पदार्थ बिक्री
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार १७:४५:७
९ जेठ, काठमाडौं । बन्दाबन्दी अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पाँच हजार ४१४ मेट्रिक टन खाद्य पदार्थको बिक्रीवितरण गरेका छन् । स्थानीय तहको मागअनुसार राहतस्वरुप कम्पनीले चार हजार ३३३ मेट्रिक टन चामल र कर्पोरेशनले एक हजार ८१ मेट्रिक टन खाद्य पदार्थ बिक्रीवितरण गरेको जनाइएको छ ।
बन्दाबन्दीमा साल्ट ट्रेडिङले छ लाख ८८ हजार ९८० किलो चामल, एक लाख नौ हजार ९५५ किलो दाल, ७८ हजार २१३ किलो नुन र ५३ हजार ८८६ लिटर तेल बिक्री गरिएको सूचना अधिकृत कुमार राजभण्डारीले जानकारी दिए । उनका अनुसार ६८ हजार ३७० किलो चिउरा, १७ हजार ४०० किलो चिनी, ४०० ब्याग पिठो, ६३ हजार ८२ साबुन, १०० किलो चिया, ५५० किलो मस्यौरा गरी जम्मा १० लाख ८० हजार ६४३ किलो खाद्य पदार्थ र अन्य वस्तु राहतस्वरुप वितरण गरिएको हो ।
कर्पोरेशनले लकडाउन अवधिमा ललितपुर, कालीमाटी, सतुङ्गल, कोटेश्वर, भक्तपुर र बनेपास्थित बिक्री केन्द्रका घुम्ती सेवा पसलमार्फत जनघनत्व र उपभोक्ताको माग भएका स्थानलाई प्राथमिकतामा राखेर काठमाडौं उपत्यकाका विभिन्न स्थानका साथै अनलाइनबाट खाद्य पदार्थ तथा अन्य सामग्रीको बिक्रीवितरण गर्दै आएको छ ।
सूचना अधिकृत राजभण्डारीका अनुसार काठमाडौं उपत्यकासहित नजीकका जिल्लामा समेत दैनिक तीन मोबाइल भ्यानमार्फत खाद्य पदार्थ बिक्रीवितरण गरिँदै आएको छ । बन्दाबन्दीका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कर्पोरेशनले मोबाइल भ्यानमार्फत खाद्य पदार्थ होम डेलिभरी गर्दै आएको हो । चौबीस कार्यालय र तिनबाट नियुक्त डिलरका साथै दुर्गम जिल्लामा रहेका ५७ डिपो र बिक्री केन्द्रबाट सरल, सहज र सुपथ मूल्यमा आयोडिनयुक्त नुन बिक्री गरिँदै आएको छ ।
यसैगरी खाद्य कम्पनीले काठमाडौं उपत्यकाका रामशाहपथ, नक्खु, थापाथली, भक्तपुर र ललितपुरस्थित बिक्री केन्द्रका साथै घुम्ती सेवा ‘मोबाइल भ्यान’ र अनलाइनमार्फत उपभोक्ताको मागअनुसार खाद्यान्न बिक्रीवितरण गर्दै आएको छ ।
लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत चैत २६ गतेदेखि अनलाइनमार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको छ । होम डेलिभरीमार्फत चामल, कर्णालीको सिमी, तीन प्रकारका दाल र दुग्ध विकास संस्थान ‘डिडिसी’को घिउ बिक्री गरिँदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार कम्पनीबाट देशका आठ अञ्चल कार्यालयसहित आधुनिक चामल कारखाना, राजापुरलगायत देशका विभिन्न स्थानमा २६ शाखा कार्यालयका साथै दुर्गम जिल्लाका विभिन्न स्थानमा ५९ डिपो कार्यालय-बिक्री केन्द्र एवं सहकारी डिलरबाट खाद्य पदार्थ बिक्रीवितरण हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार