व्यवहारिक बजेट बनाउन अर्थमन्त्रीलाई एनआरएनको सुझाव
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार २१:३१:३५
९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. यूवराज खतिवडा र पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई आगामी बजेटबारे सुझाव दिइएको छ । अर्थमन्त्रालय तथा महत निवासमा बेग्लाबेग्लै भेटमा बुझाइएको उक्त सुझाव हालै एनआरएनका नेता एवं विज्ञ युवा नेताहरुले आयोजना गरेको तीन दिने विश्व सम्मेलनको निचोड रहेको नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीले जानकारी दिए ।
नेता भण्डारीका अनुसार यही जेठ ३ देखि ५ गतेसम्म जुम मिटिङ्गमार्फत विश्व सम्मेलनको आयोजना गरिएको थियो । सो अवसरमा एनआरएन अगुवाले नेपालमा रहेका युवानेताहरुसँग कोरोना संकट केन्द्रित बजेट आवश्यक रहेकोमा जोड दिएका थिए । बार्षिक ९ खर्बको रेमिट्यान्स भित्र्याउने प्रवासी नेपालीप्रति राज्यको दुर्व्यवहारको पीडाहरु, बिद्यार्थीको बिचल्ली अवस्था, उद्योगधन्दा, व्यवसाय, शेयरबजार र बैकिङ क्षेत्र धरासायी हुनबाट बचाउनेबारे विश्वव्यापी अनुभव र ज्ञान समेटेर बजेट आउनुपर्नेमा सरोकारवालाले सुझाएका थिए ।
सम्मेलनको आयोजक नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीका अनुसार, प्राप्त सुझाव अर्थमन्त्री डा. खतिवडा र नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई समेत बुझाइएको छ । प्रतिवेदन बुझ्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट गठित आर्थिक समितिका संयोजक एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्षको वार्षिक बजेट तयार गरिरहेको नेपाल सरकारलाई प्रवासी नेपाली, एनआरएन तथा विज्ञ यूवा नेताहरुका तर्फबाट जुन प्रतिवेदन तयार पारिएको छ, त्यो निकै स्तरीय र व्यवहारिक रहेकोमा धन्यवाद दिए । डा. महतले आफ्नो सुझाव पार्टीमार्फत सरकारलाई दिइने बेला एनआरएनको यो सुझाव पनि समावेश गर्ने विश्वास दिलाउँदै कार्यान्वयन गर्नुपर्ने मुख्य जिम्मेवार पक्ष सरकार रहेको बताए ।
सुझावमा नेपाली अर्थतन्त्र उकास्नका लागि कोरोना संक्रमण न्युनीकरण बजेट निर्माण नै पहिलो प्राथमिकता हुनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा यूवा नेता गुरुराज घिमिरेले बताए । नेता घिमिरेले सुझावमा हरेक नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्दै प्रत्येक स्थानीय तहमा अत्याधुनिक अस्पताल निर्माणमा बजेटको ५० प्रतिशत रकम खर्च गर्नुपर्ने बताएका छन् । नेपाललाई बिदेशिएको नेपालीको खर्बौ रेमिट्यान्स चाहिने तर नागरिक नचाहिने ? भन्ने कुप्रचार गलत हो भनी उद्धार गरेर रणनीतिक उत्तर दिनु जरुरी रहेको घिमिरेले बताए ।
त्यस्तै नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णले नेपाली जनतालाई तत्काल अल्पकालिन र दीर्घकालिन अत्यावश्यकीय राहत दिनेबारे रणनीतिक योजना नै आगामी बजेटको प्राथमिकता हुनुपर्छ भन्दै ठूला परियोजना निर्माणका लागि कोरोना नियन्त्रणपछि सर्वदलीय दृष्टिकोण निर्माण गर्नुपर्ने उल्लेख गरेका थिए । साथै, यो महामारीबाट हरेक नागरिक प्रताडित भएकाले प्रतिव्यक्ति रु. ५० हजारका दरले सबैलाई नगदै राहत प्याकेज दिइनुपर्ने पनि नेता कर्णले सुझाएका छन् ।
लामो लकडाउनले सर्वसाधारणको ढाड सेकिएको भन्दै आगामी बजेटले जनतासँग कर बढाएर ढाड सेक्नुको सट्टामा अनावश्यक प्रशासनिक संरचना, आयोगहरु र भीआईपीहरुको सुविधा खारेज गर्दै नयाँ गाडी र फर्निचर खरिद तथा अनावश्यक संरचना निर्माण रोक्नुपर्ने नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले सुझाव दिएका थिए ।नेता पाण्डेले प्रशासनिक खर्च सकेसम्म घटाउन सानो मन्त्रीमण्डल बनाउने उपाय अबलम्बन गरिनुपर्नेमा जोड दिएका थिए ।
नेपाली कांग्रेसका यूवा नेता रमेश महतले कृषकद्धारा उत्पादित कृषिजन्य वस्तुको उचित मूल्यसहित बजारको जिम्मा र निशुल्क बीमा गर्दै अन्न, फलफुल, तरकारी, जटिबुटी, पुष्पसहित पशुपन्क्षी र दुग्धजन्य उत्पादनमुखी तालिम, निशुल्क आर्गेनिक मल र बीउ बितरण गरि नेपालको बजेट प्राबिधिक र कृषिमा बढी केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । नेता महतले कमिशनखोरी, भ्रस्ट्राचार र ढिलासुस्तीको अन्त्य गर्दै सांसद विकास कोष, प्रधानमन्त्री रोजगार कोष र अन्य वितरणमुखी बजेटको अन्त्य हुनुपर्ने बताएका थिए ।
कांग्रेस नेतृ मृदुला कोइरालाले विदेशमा रहेका नेपालीलाई ससम्मान स्वदेश भित्र्याउनु पर्ने उल्लेख गर्दै २०४६ सालदेखि हालसम्म बाहिरिएका सबै भ्रष्ट्राचार काण्डमा निष्पक्ष छानविन र कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक नियुक्ति र हस्तक्षेपबाट मुक्त राख्नुुपर्ने बताएकी छन् । गाँजा उत्पादन खुला गरेर नेपालमा उत्पादन हुने उच्च गुणस्तरीय गाँजालाई बैधानिक तवरले बिदेशमा बेचेर वैदेशिक मुद्रा आर्जनको नीति राज्यले लिनुपर्छ भन्दै नेपालको शिक्षा रोजगारमूलक, वैज्ञानिक एवं नैतिकता, योग, ध्यान, व्यायाम र स्वास्थ्य पोषणसहितको पर्यावरण मैत्री जीवनशैलीसँग सम्बन्धित हुनुपर्ने कार्यदलका सचिव कृष्णप्रसाद सापकोटाले बताए ।
कांग्रेसका यूवा नेता चिन्तन पौडेलले वैदेशिक रोजगारी छोडेर नेपाल फर्किने नेपालीलाई सरकारले उनीहरुको अनुभव र सीप प्रयोग गर्नलाई १ लाखदेखि १५ लाखसम्म बिना धितो ५ प्रतिशत ब्याजमा ऋण दिएर रोजगारीको ब्यवस्था बलियो बनाउनुपर्ने सुझाव दिएका थिए ।
अक्सफोर्ड ईन्जिनियरिङ कलेजका प्रिन्सीपल ई. दीपेन्द्र भट्टले लकडाउनले हाम्रो पठनपाठन प्रक्रिया र प्रणाली नै तहसनहस बनाई दिएकाले विद्यार्थीका लागि हरसंभव उद्दार, राहत र सहयोगको प्याकेज सरकारले ल्याउनुपर्छ भन्दै अब संविधान नै संशोधन गरेर भएपनि एसईई खारेज गर्दै, विद्यार्थीलाई फ्री ईन्टरनेट र सरकारी विद्यालयमा फ्री ल्यापटप दिएर डिजिटल अनलाइन शिक्षा युगमा नेपाललाई प्रबेश गराउनुपर्ने सुझाव दिएका थिए ।
एनआरएनका पूर्व कोषाध्यक्ष हिक्मत थापाले अफ्रिकी मुलुकमा अवैध कामदारका रुपमा फसेका चेलीवेटीको तत्काल उद्धार गर्नुपर्नेमा जोड दिदै कोरोना कोष सुदृढ गर्न मदिरा र चुरोटको मूल्य दोब्बर गर्दै सूर्र्तिजन्य पदार्थको उत्पादन अनि बिक्रीवितरणमा पूर्णतया प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए ।
नेपाली जनसम्पर्क समिति बेल्जियमकी अध्यक्ष सीता सापकोटाले यूरोपमा रहेका नेपालीहरुको पीडालाई संबोधन गर्नुपर्ने बताउँदै उधोग ऋण, बिद्युत, खानेपानी र ईन्टरनेटमा विशेष सस्तो दरहरु तय गर्नु नै नेपाली जनतालाई राज्यले दिनस्क्ने आर्थिक, सामाजिक राहत प्याकेजहरु आगामी बजेटमा राखिनुपर्ने सुझाव दिएकी छन् । दक्षिण कोरियाका अध्यक्ष आस्थाबिन्दु मल्लले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित देशभरी मेचिएको सीमाना फिर्ता गराउनुपर्ने भन्दै सुझावमा सो स्थानमा काडेतार लगाउदै चेकपोस्ट बनाएर सीमा सुरक्षाकोे प्रत्याभूति गर्नसमेत माग गरेकी छन् ।
एनआरएनका लोकप्रिय नेता चिरञ्जीवी थापाले जापानमा झैं नेपालमा पनि होटललाई क्वारेन्टाइन बनाउँदै हरेक नागरिकको कोरोनाको व्यापक परीक्षण गर्नुपर्ने बताए । नेता थापाले आजको कठिन अवस्थामा होटेल, रेष्टुरेन्ट, ट्राभल्स, म्यानपावर, कन्सल्टेन्सीसहित समग्र अर्थतन्त्र टाट पल्टिन नदिन ठूला आयोजनाको बजेटलाई उद्यमी राहत प्याकेजमा डाईभर्ट गर्नुपर्ने माग गरेका छन् । इजरायलकी एनआरएन नेतृ दीपिका भुषाल र साईप्रसकी नेतृ रिता दुलालले बजेट पूणतया स्वास्थ्य सामाग्री, परीक्षण कीट र सयौं भेन्टिलेटर खरिदमा मात्र केन्द्रित गर्नुपर्ने बताएका छन् । उनीहरुले विदेशमा रहेका नेपाली बिद्यार्थीहरु लामो लकडाउनले गर्दा शिक्षा र रोजगारी दुवैबाट बञ्चित भै भोकभोकै बस्नुपर्ने अन्त्यका लागि सरकारसँग तत्काल उद्धारको माग गरे ।
अष्ट्रेलियाका नेता मदनराज पौडेलले प्रधानमन्त्रीले नेपाल फर्किन आग्रह गरेको परिपेक्ष्यमा नेपाल फर्किन चाहने नागरिकलार्ई अबिलम्ब उद्धार गरि नेपाल ल्याउन सरकारले पुर्व सुचना दिई चीनमा झैं जहाज पठाउनु पर्ने बताए । जर्मनीका प्रवक्ता सिजन दाहालले सरकारले एनआरएनलाई सुकुम्बासी र शरणार्थी झै व्यवहार नर्गन चेतावनी दिए ।
जापानका पूर्व अध्यक्ष डीपी कडेलले जापान सरकारले होटेललाई क्वारेन्टाइन र आईशोलेसन वार्ड बनाई डाक्टर र नर्सलाई पनि घर जान नदिएर त्यहि होटेल मै राखिएकोले संक्रमण दरमा निकै कमी आएकोले यस्तो विविध विश्वब्यापी उपाय नेपालले पनि अबलम्बन गर्न अनुरोध गरे । अमेरिकाका नेता एवं व्यवसायी नारायण थापाले नेपालमा अब लकडाउनलाई बिस्तारै खुकुलो पार्दै लैजानु पर्ने बताउँदै बैंकको ब्याज घटाउनेदेखि कर्जाको पुर्नसंरचना गरि कर, जरिवाना मिनाहाको नीतिगत व्यवस्था बजेटमार्फत आउनु पर्नेमा जोड दिएका छन् । कार्यक्रमका संयोजक सुजन सापकोटाले तीन दिनसम्म चलेको एनआरएन छलफलमा सयौं नेताहरु र विश्वविद्यालय प्रतिनिधिहरु सहभागी भएको बताउँदै संकलित सुझावहरु डा. बाबुराम भट्टराई, पशुपतिशमशेर राणा, रविन्द्र मिश्र र विनोद चौधरीलाई पनि बुझाएर आगामी बजेटमा प्रतिवेदनले समेटेका सुझावहरु पारेरै छोड्ने दावी गरेका छन् ।
एनआरएनका अनुसार प्रतिवेदन प्रयोजनका लागि वरिष्ठ पत्रकार एवं नेपालबहस डटकमका प्रधान सम्पादक इन्द्र रिजालको संयोजकत्वमा कृष्णप्रसाद सापकोटा र सुजन सापकोटा रहेको सुझाव संकलन कार्यदल बनाइएको थियो । साथै, सम्मेलन आयोजनाका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे तथा युवानेताहरु बालकृष्ण पाण्डे, रन्जित कर्ण, मृदुला कोइराला, डा. सुनिल शर्मा, रमेशकुमार महत, चिन्तन पौडेल, डा. सुमन नरसिंह राजभण्डारी, गोरखापत्रका सम्पादक शिव भट्टराई, ई.दीपेन्द्र भट्ट सल्लाहकारका रुपमा रहेको पनि आयोजक भण्डारीले बताए ।
यस्तै उक्त सम्मेलनमा सहभागी एनआरएन नेताहरुमा नाईजेरियाबाट हिक्मत थापा, नरेन्द्र भाट (कतार), चिरञ्जीवी थापा (जापान), सुरेन्द्र नेगी(भारत), सीता सापकोटा (बेल्जियम), नारायण थापा(अमेरिका), आस्थाबिन्दु मल्ल (दक्षिण कोरिया), चोलाकान्त पङ्गेनी (मलेशिया), डा. अभिषेक भण्डारी (अमेरिका), मदनराज पौडेल (अष्ट्रेलिया), रिता दुलाल (साईप्रस), हेमन्त कुवर(अमेरिका), ह्यान्सन गौचन (युके), सिजन दाहाल (जर्मनी), डा. गोबिन्द कोइराला (अमेरिका), गोबिन्द रौनियार(चीन),मोहनदेव भट्ट (अस्ट्रेलिया) र दीपिका भुषाल (ईजरायल) रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार