निर्माण सामग्री र ढुवानीमा मूल्यवृद्धि गरिएकाेमा महासङ्घको आपत्ति
नेपालबहस संवाददाता
जेठ १३, २०७७ बुधबार ०:३०:३५
१३ जेठ, काठमाडौं । निर्माण सामग्री र ढुवानीमा मिलेमतोमा कृत्रिम अभाव सिर्जना गरी अत्यधिक मूल्यवृद्धि गरिएकाेप्रति ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका महासचिव रोशन दाहालले आज विज्ञप्ति जारी गर्दै कोरोनाको कहरबीच सरकारी निर्णय बमोजिम निर्माणमा खटिएका व्यवसायी कालोबजारीले गर्दा थप मारमा परेको उल्लेख गरेका हुन ।
बन्दाबन्दीअघि भन्दा सिमेन्ट प्रति बोरा रु ८० देखि रु १२० र रड प्रति केजी रु १० देखि रु १५ सम्म मूल्यवृद्धि भएको जानकारी महासङ्घलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । निर्माण सामग्री ढुवानीमा पनि बन्दाबन्दीअघिको मुल्यभन्दा डेढ गुणा बढी मुल्यवृद्धि भएको महासङ्घले जनाएको छ ।
विश्व बजार सहित नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहेको अवस्थामा ढुवानीमा चर्को मूल्यवृद्धि हुनु कुनै पनि दृष्टिकोणबाट मान्य हुन नसक्ने महासचिव दाहालले बताए । कोरोना सङ्क्रमणका कारण काम गर्न समस्या भइरहेको समयमा मुल्यवृद्धि गरी कालोबजारी हुँदा विशेष गरी साना निर्माण व्यवसायी १२ महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाको मूल्य समायोजन नहुँदा समस्यामा परेको उनको भनाइ छ ।
सिङ्गो मुलुक र विश्व नै कोरोना सङ्क्रमणका कारण आक्रान्त भइरहेको अहिलेको जटिल समयमा हचुवाको भरमा कृत्रिम रुपमा गरिएको मूल्यवृद्धिको कारण विकास निर्माणमा थप लागत बढ्न गई सरकारलाई नै आर्थिक भार पर्न जाने ठहर महासङ्घले गरेको छ ।
केही व्यक्तिले फाइदा उठाउन गरिएको मूल्यवृद्धिलाई तत्काल नरोके विषम परिस्थितिमा काम नभई ‘ओभरहेड’ खर्च मात्र बढ्ने महासङ्घले जनाएको छ । बन्दाबन्दीको समयमा अति आवश्यक सेवा र कोभिड–१९ सँग सम्बन्धित बाहेकका खरीद प्रक्रियाका बोलपत्र सामान्य अवस्थामा फर्केको सात दिनसम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था हालसम्म लागू नभएकाले त्यसका लागि पुनः सम्पूर्ण सार्वजनिक निकायसमक्ष अनुरोध गरेको महासङ्घले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार