आज राति जापान उड्दै नेपाल एयरलाइन्स
नेपालबहस संवाददाता
जेठ १३, २०७७ बुधबार ०:३३:४०
१३ जेठ, काठमाडौं । नेपाल वायु सेवा निगम ‘नेपाल एयरलाइन्स’ ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ । निगमको वाइडबडी ए–३३० जहाजले आज राति फुकुओका शहरमा चार्टर्ड उडान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ ।
बन्दाबन्दीको अवधिमा निगमको जापानमा यो छैटौँ उडान हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९ः०० बजे उड्ने वाइड बडी जहाज फुकुओका शहर पुगेर भोलि दिउँसो १ः३० बजे काठमाडौं अवतरण गर्नेछ । काठमाडौं–फुकुओका गन्तव्यको उडान करिब ६ घण्टाको हुनेछ ।
निगमक प्रवक्ता अर्चना खड्काले निगमले पहिलो पटक फुकुओका शहरमा चार्टर्ड उडान गर्न लागेको जानकारी दिए । यो उडानमा २६० हाराहारी यात्रु रहेका छन् ।
नेपालमा लकडाउनका कारण रोकिएका केही जापानी र जापानमा बसोबास गर्ने नेपाली जापान फर्किन लागेका हुन् । पछिल्लो पटक यही जेठ ११ गते निगमले नारितामा पाँचौ पटक चार्टर्ड उडान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार