प्रधानमन्त्रीज्यू ! लकडाउनको औचित्य पुष्टि गर्नुहाेस्
नेपालबहस संवाददाता
जेठ १४, २०७७ बुधबार १८:२५:३१
?पुष्पराज खड्का
१४ जेठ, काठमाडौं । गत डिसेम्बरको अन्त्यतिर चीनको औद्योगिक शहर वुहानमा पत्ता लागेको (कोभीड–१९) कोरोना नामक भाइरसको त्रास र प्रभाव चीनमा घटेको तथ्यांक सार्वजनिक भएपनि विश्वभर अझै भाइरसको महामारी बढ्दो क्रममा छ । सन् २०२० जनवरी ५ मा चीनमा पहिलो पटक यस भाइरसले मानिसको ज्यान लिएको थियो । यो भाइरस चीनको वुहान प्रान्तमा प्रथम पटक मानिसमा सरेको थियो भने हाल यसको प्रकोप विभिन्न देशहरूमा फैलिरहेको छ। यस भाइरसबाट चीनमा अध्ययनरत एकजना नेपाली व्यक्तिलाई समेत सङ्क्रमण भएको पुष्टि भएको थियो ।
चीनबाट यो भाइरसको संक्रमण क्रमशः इटली, स्पेन, अमेरिका, बेलायत, दक्षिण कोरिया, इरान, जर्मनी, स्वीट्जरल्याण्ड, टर्की हुँदै हाल रसिया, ब्राजिल लगायत देशहरुमा व्यापक रुपमा फैलिरहेको छ । दक्षिण एसियाली मुलुक तथा नेपालको छिमेकी देश भारतमा पनि संक्रमितको संङ्ख्या निकै बढिरहेको छ । आजसम्म विश्वभर कोरोना भाइरसको संक्रमण र प्रभावको मुल्याङ्कन गर्दा पहिले नै संक्रमण फैलिएका मुलुकहरु बिस्तारै सामान्य अवस्थातर्फ उन्मुख देखिन्छन् भने पछिल्लो समय संक्रमणको शिकार भएका देशहरुको अवस्था अझै पनि भयाभह नै देखिन्छ । कोरेना संक्रमणमा फसेका विश्वका सबै देशहरुले माहामारीबाट बच्न र त्यसलाई रोकथाम गर्न लकडाउनका अलवा अनेकन प्रयासहरु गर्दै आइरहेका छन् । नेपाल बाहेकका धेरै देशहरुले संक्रमणबाट बच्न लकडाउन र त्यसको कारणबाट मानिसको जनजीवनमा परेको असर र आर्थिक रुपमा पुगेको क्षति न्युनीकरणतर्फ पनि उत्तिकै ध्यान दिएको देखिएको छ ।
प्रधामन्त्री केपी शर्मा ओलीलेसमेत पटक–पटक अन्य देशको तुलनामा नेपालमा कमजोर प्रकृतिको भाइरस संक्रमण भएको र नेपालीहरुको रोग प्रतिरोधी क्षमता अद्भुत रहेको भनी दङ्ग पर्दै गर्दा हालसम्म नेपालमा कोरोनाले ४ जनाको ज्यान लिइसकेको छ । यसल कुराले नागरिकको जीउज्यानको रक्षा गर्न लकडाउन गरिएको हो भन्ने प्रधानमन्त्रीको बोली हावादारी सावित भएको छ । संक्रमित हुनेहरु ८०० नजिक पुगिसकेका छन् र दैनिक थपिने नयाँ संक्रमित सङख्या पनि बढ्दै गइरहेको छ । तैपनि अन्य देशको तुलनामा यी आँकडा नगन्ने छ तर नेपालको लागि भने खतराको घण्टी बजिसक्यो भन्दा अन्यथा नहोला ।
अब चर्चा गरौँ, कोरोना र नेपालको सम्बन्ध अनि अहिलेको अवस्था :
चीन लगायतका मुलकहरुमा कोरोना भाइरसको संक्रमण तथा मानवीय क्षतिको अवस्था डरलाग्दो भैसक्दासमेत नेपाल भने भाइरस पहिचानको विधि, रोकथामका उपाय, आवश्यक स्वास्थ्य सामाग्री तथा सावधानी बारे बेलैमा जागरुक हुन सकेन । अन्य देशको तुलनामा नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि निक्कै पछि भयो तर यसकाविरुद्व लड्न सरकारले देखाएको तत्परता र पुर्व तयारी पनि उत्तिकै सुस्त रह्यो । अन्य मुलुकहरुमा फैलिरहेको माहामारीबाट समयमै सतर्क भई मजवुत तयारीका साथ बस्नु पर्ने सरकार भने भगवान पशुपतिनाथ भरोसा भन्दै रह्यो । स्वास्थ्य सामाग्री खरिद अनियमितताको प्रकरणमा मुछियो र सरकार त्यसको बचाउ र ढाकछोप गर्नमा व्यस्त भयो । फलस्वरुप सरकार कोरोनाविरुद्ध सुरुवातदेखि नै लरखराउन, लर्बराउन पुग्यो । जसका कारण आजको दिनसम्म आइपुग्दा नेपालमा कोरोनाको रफ्तार उकालो लागिरहेको छ । आउने केही दिनसम्म नेपालमा कोरोनाको पिकसिजन चलिरहने निश्चित छ । प्रधामन्त्री केपी शर्मा ओलीलेसमेत पटक–पटक अन्य देशको तुलनामा नेपालमा कमजोर प्रकृतिको भाइरस संक्रमण भएको र नेपालीहरुको रोग प्रतिरोधी क्षमता अद्भुत रहेको भनी दङ्ग पर्दै गर्दा हालसम्म नेपालमा कोरोनाले ४ जनाको ज्यान लिइसकेको छ । यसल कुराले नागरिकको जीउज्यानको रक्षा गर्न लकडाउन गरिएको हो भन्ने प्रधानमन्त्रीको बोली हावादारी सावित भएको छ । संक्रमित हुनेहरु ८०० नजिक पुगिसकेका छन् र दैनिक थपिने नयाँ संक्रमित सङख्या पनि बढ्दै गइरहेको छ । तैपनि अन्य देशको तुलनामा यी आँकडा नगन्ने छ तर नेपालको लागि भने खतराको घण्टी बजिसक्यो भन्दा अन्यथा नहोला ।
अबको चर्चा : लकडाउन, कोरोना नियन्त्रणको अवस्था र जनजीवन
कोरोना नियन्त्रण तथा रोकथाम गर्न भन्दै सरकारले पहिलोपल्ट गत चैत ११ गतेदेखि देशमा पुर्णलकडाउन घोषणा गऱ्यो । सामान्य दैनिकी चलाइरहेका आम नेपाली नागरिकलाई सरकारको सो निर्णयले रातारात कुट्न बाध्य बनायो । गाँस न बासको अवस्था सिर्जना गरिदियो । लकडाउन पहिलाका ९ र १० गते राजमार्ग र बसपार्कमा मानिसहरुको रुवावासी र चिच्याहट सुन्दा लाग्थ्यो मानिसहरुलाई ठूलै चोट परेको छ । तर त्यो चोट सरकारको बचकना र अर्पझटको निर्णयको प्रतिफल थियो ।
सरकारले कोरोना नियन्त्रण र रोकथामको लागि भन्दै रक्षामन्त्री ईश्वर पोख्रेलको संयोजकत्वमा एक जम्बो उच्च स्तरीय समिति गठन गऱ्यो । उक्त समितिमा वरिष्ठ डाक्टर तथा विषय विज्ञ भने कोही परेनन् जसका कारण सो समितिले कोरोनाविरुद्व लकडाउन थपेको थपै गर्ने बाहेक अरु केही पनि प्रभावी काम गरेको छैन । कोरोना भित्रन नदिन भन्दै लामो समयदेखि हवाई उडान बन्द गरिएको छ भने देश पुर्णलकडाउन गरिएको २ महिना बढि भैसक्यो तर न तत्काल कोरोना नियन्त्रणमा आउने लक्षण छ न त मानिसको दिनचर्या सहज हुने छाँटकाँट छ ।
सरकारले २०७६ चैत ११ गतेदेखि चैत १८ गतेसम्मका लागि पहिलो पटक लकडाउनको घोषणा गरेको थियो । त्यसपछि फेरि दोस्रो पटक यसैलाई निरन्तरता दिँदै चैत २५ गतेसम्मका लागि लकडाउन गरेको थियो । तेस्रो पटक समय थप्दै वैशाख ३ गतेसम्मका लागि लकडाउन लम्ब्याएको थियो । अझै अवस्था सामान्य नरहेका भन्दै फेरि चौथो पटक समय थप गर्दै सरकारले वैशाख १५ गतेसम्मका लागि लकडाउनको समय थप गरेको थियो । त्यस पछि फेरि वैशाख २५ गतेसम्मका लागि पाँचौं पटक लकडाउनको समय थपेको थियो । एवं रितले लकडाउन नै सत्ता जोगाउने हतियारको रुपमा सरकार अगाडि बढेपछि पुनः छैठौं पटक लकडाउनको समय थप गरेर जेठ ५ गतेसम्म आम देशका नागरिकलाई बन्दी बनाएको थियो ।
जनजीविका र अर्थतन्त्र पुरै ठप्प राखेको सरकारले पुनः सातौ पटक लकडाउनको समय थपिदै पछिल्लो पटक जेठ २० गतेसम्मको लागि लम्ब्याइएको छ । सरकारले कोरोना नियन्त्रण र रोकथामको लागि भन्दै रक्षामन्त्री ईश्वर पोख्रेलको संयोजकत्वमा एक जम्बो उच्च स्तरीय समिति गठन गऱ्यो । उक्त समितिमा वरिष्ठ डाक्टर तथा विषय विज्ञ भने कोही परेनन् जसका कारण सो समितिले कोरोनाविरुद्व लकडाउन थपेको थपै गर्ने बाहेक अरु केही पनि प्रभावी काम गरेको छैन । कोरोना भित्रन नदिन भन्दै लामो समयदेखि हवाई उडान बन्द गरिएको छ भने देश पुर्णलकडाउन गरिएको २ महिना बढि भैसक्यो तर न तत्काल कोरोना नियन्त्रणमा आउने लक्षण छ न त मानिसको दिनचर्या सहज हुने छाँटकाँट छ ।
सरकारका मन्त्रीहरु, सांसद, भीभीआइपीहरु तथा सरकारी कर्मचारीहरुकाे त लकडाउन भरी होम क्वारेन्टाइनमा बसे पनि तलब पाक्छ । घरभाडामा लगाउनेको घरभाडा डेरावालसँग घरवेटीले जसरी पनि उठाउँछ । घरभाडा दिएन भने घर कोठा खाली गर्न लगाएर पनि घरधनीले आफ्नो भाडा असुल्ने काम छोड्ने वाला छैन । यसले तमाम भाडावाला, भाडामा नै पसल व्यवसाय, उद्योगधन्दा चलाउनेदेखि लिएर बाँकी गरिब, किसान, ज्यालादारी मजदुर तथा श्रमजीवी वर्गका नागरिकहरु मारमा पर्ने छन् ।
प्रधाममन्त्री हप्तै पिच्छे जसो देशवासीको नाममा गफ छाँट्ने र आश्वाशन बाँडिरहन्छन् । यो पनि गरिने छ, त्यो पनि गरिने छ भन्दै, सरकारले गरेको कामको गुणगान दोहोर्याउँछन् । उनी उखानटुक्का र मानिसलाई भुलभुलैयामा पर्नबाट सितिमिति थाक्नेवाला छैनन् । कोरोना नियन्त्रण गर्ने अचुक उपाय लकडाउन बाहेक केही नदेखेको सरकारले लकडाउनको पालना गर्न सम्झाउदै जनताको जीवनरक्षा पहिलाे शर्त भन्दै लामो पाठ पढाई रहनछन् प्रधानमन्री ओली ।
जनताको जीवन रक्षा रोगबाट मात्रै गर्ने हो कि भोकबाट पनि गर्ने हो प्रधानमन्त्री ओलीज्यू ? यसको न त भरपर्दो जवाफ छ उनीसँग, न त काममा नै देखिएको छ । लकडाउन संक्रमण रोक्ने एक उपाय हो तर त्यसबाट सिर्जित जनताका अनगिन्ती समस्याहरुमा आँखा चिम्लेर लाचार भएर बस्ने छुट सरकारलाई छैन । सरकारका मन्त्रीहरु, सांसद, भीभीआइपीहरु तथा सरकारी कर्मचारीहरुकाे त लकडाउन भरी होम क्वारेन्टाइनमा बसे पनि तलब पाक्छ । घरभाडामा लगाउनेको घरभाडा डेरावालसँग घरवेटीले जसरी पनि उठाउँछ । घरभाडा दिएन भने घर कोठा खाली गर्न लगाएर पनि घरधनीले आफ्नो भाडा असुल्ने काम छोड्ने वाला छैन । यसले तमाम भाडावाला, भाडामा नै पसल व्यवसाय, उद्योगधन्दा चलाउनेदेखि लिएर बाँकी गरिब, किसान, ज्यालादारी मजदुर तथा श्रमजीवी वर्गका नागरिकहरु मारमा पर्ने छन् ।
बालुवाटारबाट ढोकाबाहिर पल्लाघरेको समस्या नदेख्ने सरकारले समुन्द्र पारीका जनताको दुःख र समस्या देख्ने ,बोध गर्ने कुरै भएन । जसरी सहज परिस्थितिमा सरकारका उपलब्धिहरुको बयान गर्न प्रधानमन्त्री केपी शर्मा ओली विशेष सम्बोधनमा उपस्थित हुुनुहुन्छ त्यसको विपरित लकडाउनका कारण उत्पन्न असहज परिस्थितिको अपजस लिन र सरकारले चालेका कदम गलत भएको सावित भएमा त्यसको कारबाही भोग्न र राष्ट्रमाथि परेकाे ऋणकाे भार तिर्न प्रधानमन्त्री ओलीसहित क्याबिनेटका सबै मन्त्री तयार हुनै पर्छ ।
लामो समयदेखि लकडाउनको पालना गरेर बसेका तिनै व्यापारी, व्यवसायी, उद्यमी तथा निम्न वर्गका मानिसहरु शिकार हुनेछन् । अनि उनीहरुको चुलो बाल्ने, हात मुख जोड्ने ठेक्का सरकारले पुरा गरिराको छ त ?? लकडाउन लम्बिराख्दा दैनिक ज्यालादारी गरेर गुजारा गर्नेदेखि सबैको आर्थिक गतिविधि ठप्प छ, आम्दानीको स्रोत बन्द भएपनि कोठा भाडा तिर्नेदेखि पसल , होटल तथा आफुले व्यवसाय गरिरहेका ठाउँको भाडा तिर्नुपर्ने समस्याले मानिसहरु बिरामी पर्ने, मानसिक स्वास्थ्य विग्रने अवस्थामा पुगिसकेका छन् । तर सरकार सबै कुरामा आँखा चिम्लेर लकडाउन पालनाको लागि एकोहोरो सुरक्षा निकायलाई जर्वजस्त परिचालन गरिरहेको छ । जनतालाई धम्क्याई रहेको छ । रोगबाट बच्नु पर्छ भन्नुको अर्थ भोकबाट मरे हुन्छ भन्ने पनि होइन होलानी कि कसो सरकार ???
कोरोना भाइरसको संक्रमण रोक्न कै लागि लामो समयदेखी देश लकडाउनमा छ । देशभित्र संक्रमण बढ्ने डरले खाडी लगायतका देशहरुमा अलपत्र परेकाहरु, विविध रोगले ग्रसित, रोजगारी गुमेका, अवैधानिक भएका र कोरोना भाइरस प्रभावको कारण तत्काल स्वदेश फिर्ता ल्याउनु पर्ने करिब २५–३० हजार नेपाली कहिले सरकारले हवाई उडान खोल्छ र घर फर्कन पाइएला भनेर तड्पिरहेका छन्, कु्रिरहेका छन् । बालुवाटारबाट ढोकाबाहिर पल्लाघरेको समस्या नदेख्ने सरकारले समुन्द्र पारीका जनताको दुःख र समस्या देख्ने ,बोध गर्ने कुरै भएन । जसरी सहज परिस्थितिमा सरकारका उपलब्धिहरुको बयान गर्न प्रधानमन्त्री केपी शर्मा ओली विशेष सम्बोधनमा उपस्थित हुुनुहुन्छ त्यसको विपरित लकडाउनका कारण उत्पन्न असहज परिस्थितिको अपजस लिन र सरकारले चालेका कदम गलत भएको सावित भएमा त्यसको कारबाही भोग्न र राष्टमाथि परेकाे ऋणकाे भार तिर्न प्रधानमन्त्री ओलीसहित क्याबिनेटका सबै मन्त्री तयार हुनै पर्छ ।
वस्तु बान्ने खोर जस्ता क्वारेन्टाइनमा वसेर कोरोना संक्रमितले रोगलाई कसरी पर्छालान् ? स्थिति नियन्त्रण भन्दा बाहिर जाँदै छ, संक्रमितहरु घरमै मर्ने अवस्था भैसक्यो, आइसोलेशनमा भएकाहरुको समेत परिक्षण गरिँदैन, क्वारेन्टाइनको नाममा मानिसहरुलाई खोरमा खाँदेर भोक–भोकै राखिएको छ । त्यहीबाट संक्रमण फैलिने डर छ । अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन कुनै कदम चालिएको छैन तर लकडाउनमाथि लकडाउन मात्रै थोपरिएको थोपरेकै छ, जनतालाई दुःख सास्तीमाथि सास्ती । अर्थतन्त्र धरासायी, संक्रमण बढेको बढेकै तैपनि प्रधानमन्त्रीको ठुलाे फुँईले देशवासीको नाममा सम्बोधन गरेको गरे गरेकै छन् । सरकार भन्दै आफ्नो भजन गाएकै छन्, हातमा लाग्यो शुन्य ।
भारत बाहेकका देशबाट तत्काल नागरिक ल्याउँदा उनीहरुलाई क्वारेन्टाइनमा राख्नु पर्ने र त्यसको व्यवस्था गर्न नसक्ने भनेर भागिरहेको सरकारले आजको मितिसम्म विदेशबाट ल्याएर कुन ठाउँमा कति मानिस राख्न सकिने क्वारेनटाइनको तयारी गऱ्यो ? कसैलाई पत्तो छैन । अनि कुवेत लगायतका देशहरुबाट मुलुक फर्किन महिना दिन अघिदेखि पोको उचालेर बसिरहेका नागरिकलाई साँच्चै नेपाल फर्काउँछ यो सरकारले ?? अरु के कुरा भारतबाट दैनिक भित्रिरहेका हजारौँ जनताको ज्वरोसमेत नाप्न सकेको छैन । त्यसको जिम्मा पनि भारत सरकारले लिदिनुपर्ने निकम्मा र निम्छरा कुरा गर्ने प्रधानमन्त्री ओली कुन मुखले कुर्सीमा विराजमान छन् ? यो सरकारले अलि व्यवस्थित चेकजाँच र क्वारेन्टाइन त भन्ने कुरा न हुन् । पछिल्लो समय अन्य देश जस्तै भारतमा पनि कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ । अनि त्यहाँबाट आउने जनतालाई लाचार भएर सिधै आ–आफ्नो घर पठाउँदा हुने सरकारले अरु देशका जनतालाई ल्याउन किन यत्रो नाटक गरिरहेको छ ?? हवाईजहाजबाट आउनेलाई मात्र लकडाउन, भारतको सीमाबाट कोरोनासहित जिल्ला पुग्ने , संक्रमण फैलाउने अनि सरकार लाचार भएर देशमा लकडाउन थपेको थपै गर्ने, भारतबाट आउने जनताको व्यवस्था गर्न नसक्ने सरकारले पुरै देशलाई लकडाउन भन्दै के औचित्य पुष्टि गर्न खोज्दै छ ??
लकडाउन गरेको आज ६५ औं दिन भयो । भारतीय नाकाबाट आउने मानिसहरुका कारण पुरै देशमा कोरोना व्यापक रुपमा फैलिरहेको छ । विरामी मरिसकेपछि मात्र कोरोनाको परिक्षण र पुष्टि हुन्छ त्यो पनि ११ दिनपछि । वा सरकार ! विरामी राख्ने बेडको अभाव भैसकेको छ । वस्तु बान्ने खोर जस्ता क्वारेन्टाइनमा वसेर कोरोना संक्रमितले रोगलाई कसरी पर्छालान् ? स्थिति नियन्त्रण भन्दा बाहिर जाँदै छ, संक्रमितहरु घरमै मर्ने अवस्था भैसक्यो, आइसोलेशनमा भएकाहरुको समेत परिक्षण गरिँदैन, क्वारेन्टाइनको नाममा मानिसहरुलाई खोरमा खाँदेर भोक–भोकै राखिएको छ । त्यहीबाट संक्रमण फैलिने डर छ । अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन कुनै कदम चालिएको छैन तर लकडाउनमाथि लकडाउन मात्रै थोपरिएको थोपरेकै छ, जनतालाई दुःख सास्तीमाथि सास्ती । अर्थतन्त्र धरासायी, संक्रमण बढेको बढेकै तैपनि प्रधानमन्त्रीको ठुलाे फुँईले देशवासीको नाममा सम्बोधन गरेको गरे गरेकै छन् । सरकार भन्दै आफ्नो भजन गाएकै छन्, हातमा लाग्यो शुन्य ।
मन्त्रीपरिषद बैठक बसेको–बसेकै छ तर बरु ढुङ्गो पाक्ला अरु केही होईन लकडाउन थपियो, लकडाउन थपियो, लकडाउन थपियो, सरकार अब लकडाउन थप्नु भन्दा पहिले यसको औचित्य पुष्टि गर होईन भने भोको पेटले सधैं आरती हुँदैन, त्रासले मात्र जनताको जीवन धान्दैन, खवरदार सरकार ! खबरदार प्रधानमन्त्रीज्यू !! आँखा खुलोस !!! चेत खुलोस् !! सबैको जयहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार