स्याङ्जामा पहिलो कोरोना संक्रमित, के छ ट्रयाक रेकर्ड ?
नेपालबहस संवाददाता
जेठ १४, २०७७ बुधबार २३:५७:२२
प्रकाश डोटेल
१४ जेठ, स्याङ्जा । स्याङ्जामा मंगलबार २ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । भारतबाट जेठ १० गते आएर वालिङ नगरपालिकाले निर्माण गरेको क्वारेन्टीनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएसँगै उनीहरु कसरी यहाँसम्म आईपुगे, को–कोसँग सम्पर्कमा रहे, किन नेपाल प्रवेशमा नै परिक्षण भएन भन्नेमा चर्चा भईरहेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार २ जना कोरोना संक्रमित पुष्टि नगर्दै निक्कै हल्ला भईसकेको थियो । सामाजिक सञ्जालमा बिहानैबाट संक्रमणको कुराले जिल्लामा निक्कै चर्चा पाएको थियो । स्याङ्जामा पहिलो पटक कोरोना संक्रमित व्यक्ति फेला परेकाले नि यो चर्चाको बिषय बन्नु स्वभाविक थियो ।
संक्रमित युवाहरु भारतको गाजियावादबाट गोरखपुरसम्म ट्रेनमा त्यसपछि सुनौलीसम्म गाडीमा आएको बुझिएको छ । उनीहरु परिक्षण बिनानै नेपाल प्रवेश गर्न पाएका थिए । सुनौलीबाट मिनी ट्रक मार्फत संक्रमित २ जनासहित ९ जनाको टोली स्याङ्जा आई पुगेको हो । वालिङका ४ जना र हरिनास गाउँपालिकाका १ जना वालिङमा नै थिए भने चापाकोट नगरपालिकाका ४ जना चापाकोटको क्वारेन्टीनमा रहेका छन् ।
वालिङमा बसेका मध्ये वालिङ नगरपालिका वडा नम्वर ७ का २० र २९ बर्षका पुरुषमा मात्रै कोरोना भेटिएको हो । चापाकोटमा बसेकाहरुको परिक्षण नै गर्न बाँकी रहेको बताईएको छ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माका अनुशार बुधबारबाट नै सम्पर्कमा आएका व्यक्तिको खोजी गर्नुका साथै सँगै आएका व्यक्तिहरुको स्वाव संकलन गरिनेछ । प्रदेशले विज्ञको टोली खटाउने पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।
वालिङ आउनसाथ उनीहरुलाई नगरपालिकाले बनाएको क्वारेन्टीनमा सुरक्षित तरिकाले राखिएको थियो । भारतबाट आउने तथा क्वारेन्टीनमा रहेका संकास्पदहरुको अनिबार्य पिसिआर परिक्षण गरिने गरिएको र सोही क्रममा उनीहरुको पनि स्वाव संकलन गरि पठाईएको थियो ।
संक्रमितहरुलाई जिल्ला अस्पतालको आईसोलेसनमा राखिएको छ । भारतबाट वालिङमा आएका २० जनाको स्वाव कोरोना परिक्षणका लागि पठाईएकोमा २ जनाको पोजेटिभ आएको हो । त्यस्तै एउटै समुहमा आएका अन्य ३ जनाको भने पिसिआर नेगेटेभि आएको छ ।
को–कोसँग सम्पर्कमा आए
भारतबाट आएका युवाहरु सुनौलीसम्म अस्तव्यस्त तरिकाबाट आएको भए पनि नेपाल प्रवेश गरेपछि उनीहरु अन्य धेरै व्यक्तिको सम्पर्कमा नआएको बताईएको छ । उनीहरु १० गते आउना साथ स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्वारेन्टीनमा राखिएको थियो ।
उनीहरु वालिङका कोही कसैसँग पनि सम्पर्कमा नआएकाले डराउनु पर्ने अवस्था नरहेको बताईएको छ । चापाकोटमा रहेकाहरु पनि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेको नगरपालिकाले जनाएको छ । संक्रमितहरुसँग एउटै सवारी साधनमा आएकाले पनि उनीहरुलाई बिशेष निगरानीमा राखिएको नगरपालिकाले जनाएको छ ।
अब के के गरिन्छ ?
कोरोना संक्रमित २ जनालाई जिल्ला अस्पतालको सुबिधा सम्पन्न आईसोलेसनमा राखेर उपचार शुरु भईसकेको छ । संक्रमितसँग सम्पर्कमा आएकाहरुको खोजी गरिन्छ र उनीहरुलाई क्वारेन्टीनमा राखिन्छ । त्यस्तै उनीहरुको पीसीआर परिक्षण पनि गरिन्छ ।
अर्काे तर्फ जिल्ला अस्पतालले उपचारका लागि बिशेष टोली तयार गरेको पत्रकार सम्मेलनमा डाक्टर शर्माले जानकारी दिए । त्यस्तै अस्पतालले सुचना अधिकारी मार्फत उपचारको र संक्रमितको अवस्थाका बारेमा जानकारी गराउने डाक्टर शर्माले बताए । संक्रमितको अवस्था भने सामान्य छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार