रुकुम हत्या प्रकरण : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शब फेला !
नेपालबहस संवाददाता
जेठ १४, २०७७ बिहिबार ०:४९:१८
१४ जेठ रूकुम । रुकुम पश्चिमको सोतीबाट बेपत्ता जाजरकोटका युवा लोकेन्द्र सुनारको शब दुबै हात बाधेको अवस्थामा भेरी नदीमा भेटिएको छ । बुधबार सुर्खेतबाट आएको तालिमप्राप्त गोताखोर टोलीले जाजरकोट रानागाउँका युवा लोकेन्द्र सुनारको शब भेटाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
डिएस्पी किशोर श्रेष्ठका अनुसार गोताखोर टोलीले भेरी नगरापालिका १ कुदुस्थित भेरी नदीमा शब भेटाएको हो । यससँगै रुकुम पश्चिमको सोतीमा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । यसअघि नवराज विक, टीकाराम सुनार र गणेश बुढाको शब भेटिएको थियो ।
दुई जना अझै बेपत्ता छन । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा विवाहका लागि प्रेमिकालाई भगाउन गएका नवराज लगायत ६ जना युवाहरुलाई स्थानीयले लखेटेर हत्या गरेका पीडित परिवारको आरोप छ । भेरी नदीमाथिको पुल समेत बन्द गरेर युवाहरुलाई कुटपिट गरेपछि भेरी नदीमा फालिएको पीडितको भनाई छ ।
प्रहरीले युवतीका बुवा आमासहित सोतीका वडाध्यक्ष डम्बर मल्ल लगायत १६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सरकारले घटनाको निष्पक्ष छानबिनका लागि ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार