बालुवाटारमा बजेटबारे दुई छुट्टाछुट्टै बैठक
नेपालबहस संवाददाता
जेठ १५, २०७७ बिहिबार १९:१३:४०
१५ जेठ, काठमाडौं । कोरोना कहरका बीच धेरैले चासोका साथ प्रतिक्षा गरिरहेको आर्थिक बर्ष २०७७/०७८ को बजेट बारे अन्तिम निर्णय लिन आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई छुट्टाछुट्टै बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अहिले १ बजेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसिरहेको छ । सो बैठक समापनको लगत्तै २ बजे मन्त्रीपरिषदको बैठक बसेर बजेटबारे निर्णय गर्ने बताइएको छ । आजै ४ बजे संसदको सयुक्त बैठकमा अर्थमन्त्री डा. यूवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट भाषण गर्दैछन् ।
बिगतमा राष्ट्रप्रमुख वा राष्ट्रपतिलाई बजेट पेश गर्ने अघिल्लै दिन बजेटबारे सारांशमा अर्थमन्त्रीले बिफ्रिङ गर्ने प्रचलन थियो । तर यसपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बजेटबारे ब्रिफिङ भएको छैन । राष्ट्रपति कार्यालय स्रोतका अनुसार बजेटको ब्रिफिङ भनेर अर्थमन्त्रीले अहिलेसम्म समय लिएका छैनन् । बजेटबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गर्नैपर्ने अनिवार्य व्यवस्था भने छैन ।
अर्थमन्त्री खतिवडाले कोरोनापछिको अर्थतन्त्र, निजी क्षेत्रलाई विशेष राहत प्याकेज, स्वास्थ्य, पूर्वाधार, रोजगारी सिर्जना, कृषि तथा प्रविधिमा नयाँ कार्यक्रमका साथ बजेट आउने अपेक्षा गरिएको छ । जेठ १५ मै बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार